भूकम्पको धक्का म्याग्निच्युड ५.३ को भूकम्प शिगात्से, तिब्बत (चीन) नजिक ३५ किमि टाढा केन्द्रबिन्दु भएर स्थानीय समय अनुसार बिहान ०६:५० मा गएको छ।प्रभावित देशहरू:चीन,नेपाल, भारत, बंगलादेश, भुटानमुख्य विवरण:केंद्रबिन्दु: शिगात्से, तिब्बत (चीन)म्याग्निच्युड: ५.३, समय: बिहान ०६:५०भूकम्पले हल्का देखि मध्यम धक्का महसुस l
मोरङ | घृत कौशिक गोत्र सुतार कार्की कुल पुजा समाज इटहरी सुनसरी द्वारा कुल पूजा भवनको शिलान्यास गरिएको छ । सोमबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७, ठडिया स्थित ८ सय वर्ग फिट क्षेत्रमा निर्माण गरिने भवनको शिलान्यास संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्कीले गर्नुभएको हो । संस्थापक कार्कीले आफ्ना बुबा आमा देवीप्रसाद र ललिता कार्कीका नाममा उक्त भवन निर्माण गर्ने हुनु भएको छ । शिलान्यास कार्यक्रममा समाजका अध्यक्ष दिपक कार्कीले भवन निर्माणको उद्देश्यबारे जानकारी गराउँदै यसले परम्परागत मूल्य, धार्मिक सम्पदा, र सामुदायिक एकतालाई सुदृढ बनाउने बताउनुभयो । उहाँका अनुसार यो भवन
इटहरी । विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ । सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोशी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार फाउण्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । जसअन्तर्गत सेवा
इटहरी । भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस ९एचएमपीभी० को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये तीन महिनाकी बालिका उपचारपछि घर फर्किएको र आठ महिनाको बालकको बेङ्गलुरुको अस्पतालमा उपचार भइरहेको छ । उपचाररत बालकको अवस्था स्थिर रहेको र उनलाई डाक्टरहरूले निगरानीमा राखेका खबरमा उल्लेख छ । एचएमपीभी सङ्क्रमणलाई लिएर अहिलेसम्म चिन्ता गर्नुपर्ने अवस्था नरहेको तथा केन्द्र सरकारले विशेष निगरानी र जाँचका लागि राज्यहरूलाई कुनै विशेष निर्देशन नदिएको कर्नाटक
इटहरी । एशियन हाईवे निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्याएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धूलो, धूँवा, दूषित पानी, विकार कच्चा पदार्थ र आवाजले समुदायमा असर परेको उनीहरूले बताएका छन् । स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर निर्माण कम्पनीले प्लान्ट स्थापना गरेर हाईवे निर्माणको काम गरिरहेको छ । आफूहरूसँगको सहकार्यविना र पथरी शनिश्चरे नगरपालिकालाई समेत जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण शुरू गरेको स्थानीयवासीको भनाइ छ । कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित
इटहरी । सोलुखुम्बु प्रशासनले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ । अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयको चेतावनी छ । हेलिकोप्टर उडानले हुने अत्याधिक ध्वनि प्रदूषणका कारण सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ गतेदेखि रोक लगाइएको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत सगरमाथा क्षेत्र भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले मंसिर २२ गते कार्यपालिका बैठकबाट र सगरमाथा राष्ट्रिय निकुञ्ज तथा
इटहरी । उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ देखि २० गतेसम्म विराटनगरको ड्र्ग्रिी क्याम्पस परिसरमा विराट एक्स्पो २०२५ आयोजना हुने भएको छ । डिजिटल कोशी, ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेण्ट भन्ने नारा सहित आयोना हुन लागेको एक्स्पोको बारेमा जानकारी गराइएको थियो । सो एक्स्पोमा २ सय ६८ वटा स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा बिराट बजार बिटुबि, स्टार्टअप भिजन कोशी ह्याकाथुन, रोजगार कोशी, व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्स, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज, खाद्य र प्रायोजक गरी ९ वटा पेभिलियन रहने छन् । रोजगार कोशी पेभिलियन अन्तर्गत युवाहरूलाई करि
इटहरी । धनकुटाका व्यवसायी तथा उद्यमीले ठूला उद्योगसँग प्रतिष्पर्धा गर्न नसकेको तथा बैंकको चर्को ब्याजले उद्योग बन्द गर्न परेको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको धनकुटामा औधोगिक लगानी र रोजगारीको सृजना विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अनुदानका लागि फर्म खोल्ने र अनुदान पछि बन्द गर्ने चलनको अनुगमन नभएको गुनासो गरेका हुन् । आफन्तलाइ अनुदान वितरण गरेको, नविकरण नभएका संस्थालाई अनुदान वितरण भइरहेको बताएका हुन् । सहभागि किसानले बैंकले ऋण लिँदा एउटा व्याजदर निर्धारण गर्ने गरेको र तिर्ने बेलामा दोब्बर बनाउने गरेको गुनासो गरेका छन् । उनीहरुले तराइका बजारबाट सस
इटहरी । सुनसरीको धरान उपमहानगरपालिका ७ बाट ट्रामाडोल ट्याब्लेटसहितका लागुऔषध बोक्ने र कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मध्यरातमा धरान उपमहानगरपालिका वडा नं।७ स्थित कोशी राजमार्गमा विशेष सूचनाको आधारमा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं। १२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १९ का २१ वर्षीय रोहित कार्की र सोही ठाउँ बस्ने १९ वर्षीय अनुराग राईलाई पक्
इटहरी । मोरङको बुढीगङ्गा गाउँपालिकाले सञ्चालन गरेको बुढीगङ्गा पालिका अस्पतालले दैनिक १२ घण्टा बहिरङ्ग ९ओपिडी० सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ओपिडी सेवा सुचारु राख्दा स्थानीय नागरिकलाई उपचार सेवामा सुविधा भएको छ । अस्पतालले सेवाग्राहीको सुविधाका लागि वर्षको ३६५ दिन नै ओपिडी सेवा सुचारु राख्ने निर्णय गरी कार्यान्वयन सुरु गरेको छ । बुढीगङ्गा अस्पतालको ओपिडी सबै सार्वजनिक बिदाका दिनमा पनि खुल्नेछ । सुनसरीको चतरा अस्पतालमा यसअघि कार्यरत अस्पतालका व्यवस्थापक डा। सुरज थापा चार महिनाअघि मात्र बुढीगङ्गा पालिका अस्पतालमा आउनुभएको हो । त्यसअघिबाटै सकारात्मकरुपम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.