इटहरी। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना गरेको छ । दिक्तेलमा स्थापना गरिएको सङ्ग्रहालयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ । गत वर्ष दिक्तेलमा मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको थियो । नगरपालिकाले २०८० असोज १७ देखि २० गतेसम्म दिक्तेलमा मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । उक्त कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित १४ देशका ४३ चित्रकारले १०६ थान चित्र तयार पारेका थिए । त्यही चित्रकला कार्यशाला तथा प्रदर्शनीम
इटहरी । मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो । मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले मङ्गलबार उद्घाटन गर्नहुँदै देशको भाषा, संस्कार, संस्कृतिको विकास गरेर खुला सांस्कृतिक सङ्ग्रहालयका रूपमा विकास गर्न सकिने बताउनुभयो । पर्यटनको मध्यमबाट आगामी दिनमा हजारौँ नागरिकलाई स्वरोजगार बनाउन सकिने उहाँ
इटहरी । झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । नागरिक यातायातको यात्रुवाहक बस अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको थियो । दुर्घटनामा परि बसमा सवार ११ विराटनगर ३ का ५४ वर्षीय गुणा कोइराला, ३४ वर्षीया दिपा निरौला, १७ वर्षीया म्यारी निरौला, ३८ वर्षीया निर्मला निरौला, ५९ वर्षीया शर्मिला कोइराला घाइते हुनुभएको छ । यसैगरी, झापा शिवसताक्षी –८ का
इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले सुरु गरेको निकै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नं ६ नेर्पामा रु १२ लाख तथा वडा नं १४ बुइपामा रु पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किइरहेका छन् । बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उप
इटहरी । इटहरी २० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं.५ का ३१ वर्षीय विजय राई मुकेश रहेका छन् । उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं। ५ का अध्यक्ष हुन् । मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं.२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर सडकको दाँहिने तर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । घटनामा राई गम्भीर घाइते भएका थिए । तरहरा प्रहरी च
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन् । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरुले तय गरेका प्राथमिकता र लक्ष्यलाई आधारमा अगाडि बढ्ने बताएका हुन् । भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन समुदायलाई सचेत बनाउँदै अब फेरि विगतकोजस्तो जनधनको क्षति हुन नदिन पूर्व तयारीका लागि सबैले सार्थक प्रयत्न र संकल्प गर
मिक्लाजुङ / मिक्लाजुङ गाउँपालिकाको आयोजनामा "गुणस्तरीय शिक्षाको आधार: सकारात्मक सोच, व्यवहारकुशल सीप र संस्कार" भन्ने विषयमा उत्प्रेरणा कार्यक्रम आयोजना गरिने भएको छ। शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, विद्यार्थी र सरोकारवालाहरूको सहभागिता रहने यो कार्यक्रमले मिक्लाजुङ गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि महत्त्वपूर्ण भुमिका रहने र शिक्षाको मूलभूत आधारहरूको सुदृढीकरण गर्दै आगामी पुस्तालाइ जिम्मेवार नागरिकको रूपमा तयार गर्न योगदान पुर्याउने विश्वास लिइएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राई ले बताउनुनभयाे ।२०८१ साल माघ २ गतेदेखि ५ गते स
भोजपुर / भोजपुरको चखेवा डाँडामा सांस्कृतिक पर्यटन तथा कृषि मेला सुरू भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको सांस्कृतिक पर्यटन तथा कृषि मेलाको उद्घाटन संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नु भएको हो । मुन्धुम पदमार्गको प्रवद्र्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो ।टेम्केमैयुङ गाउँपलिका अध्यक्ष सरोज बस्नेतले मुन्धुम पदमार्ग सम्बन्धि अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियोे । मुन्धुम पदमार्गलाई दिगो विकासको लक्ष्यका साथ मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।मुन्धुम पदमार्गलाई संर
इटहरी । धनकुटाको चौबिसे गाँउपालिकामा सम्पन्न दोस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरले जितेको छ । चौबिसे गाउँपालिकाको वडा नं. ४ र ५ को सिमाना स्थित फलामेटारमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश टे«निङ सेन्टरलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश टे«निङ सेन्टरलाई २६–२४, २५–२२ र २५–२३ को सोझो सेटमा हराउदै उपाधि जितेको हो । विजेता नेपाल प्रहरी रानी विराटनगरले उपाधिसँगै नगद एक लाख २२ हजार २ सय २२ रुपैया हात पारेको छ भने उपबिजेता कोशी प्रदेश टे«निङ सेन्टरले ६६ हजार ६
इटहरीको तालतलैयामा मंगलबार नेपाल मगर संघ, इटहरी उपमहानगर समितिले माघे संक्रान्ति २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा मौलिक सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष ध्वज बहादुर थापा मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको उपस्थिति रहेको थियो । मन्त्री भण्डारीले माघे संक्रान्ति नेपालका सबै जातजाति र भाषाभाषी समुदायका लागि महत्वपूर्ण चाड भएको बताउँदै विशेष गरी थारु समुदायले यसलाई विशेष रूपमा मनाउने परम्परा रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा मगर समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नृत्य तथा अन्य गतिवि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.