इटहरीको तालतलैयामा मंगलबार नेपाल मगर संघ, इटहरी उपमहानगर समितिले माघे संक्रान्ति २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा मौलिक सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष ध्वज बहादुर थापा मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको उपस्थिति रहेको थियो । मन्त्री भण्डारीले माघे संक्रान्ति नेपालका सबै जातजाति र भाषाभाषी समुदायका लागि महत्वपूर्ण चाड भएको बताउँदै विशेष गरी थारु समुदायले यसलाई विशेष रूपमा मनाउने परम्परा रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा मगर समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नृत्य तथा अन्य गतिविधिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । यस कार्यक्रमले मगर समुदायको सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धन गर्नुका साथै विभिन्न समुदायबीचको सद्भावलाई प्रगाढ बनाउन सहयोग पु¥याएको छ । कार्यक्रममा तुफान आले मगर, वडा नं. ४ का वडा अध्यक्ष भक्तलामा तामाङ, नेपाल मगर संघकी सह–कोषाध्यक्ष कविता पुलामी मगर, अतिथि तेज बहादुर बुर्जा, नेपाल शेर्पा संघ इटहरीका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


