खोटाङ | खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर-माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राधाकृष्ण माध्यमिक विद्यालय, बाँझेच्यानडाँडाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। प्रतियोगितामा सहभागी छ वटा माध्यमिक विद्यालयमध्ये राधाकृष्ण माविले ८ स्वर्ण, ८ रजत, र ५ काँस्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो।साकेला गाउँपालिका-२, रतन्छामा सञ्चालित साकेला माध्यमिक विद्यालयले ८ स्वर्ण, ७ रजत, र ४ काँस्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्यो भने बालबालिका माध्यमिक विद्यालय, मात्तिम नौलाखर्कले ५ स्वर्ण, ६ रजत, र ७ काँस्य पदकसहित तेस्रो स्थान हासिल गर्यो।राधाकृष्ण म
इटहरी | स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा लोहोरुङ फुटबल क्लब, संखुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पस खेल मैदानमा भएको खेलमा लोहोरुङले चारतारे फुटबल क्लब, लेटाङ (मोरङ) लाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।खेलको ३१औं मिनेटमा सुनील खड्काले एक मात्र निर्णायक गोल गर्दै लोहोरुङलाई अग्रता दिलाए। त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन्। उत्कृष्ट प्रदर्शन गरेका खड्काले "म्यान अफ दि म्याच" घोषित हुँदै नगद ५,००० रुपैयाँ पुरस्कार प्राप्त गरे।अब लोहोरुङले सोमबार दमक एकेड
इटहरी | राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको तेस्रो वार्षिक साधारणसभा इटहरीमा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साधारणसभामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका शैक्षिक परामर्श व्यवसायमा संलग्न व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।साधारणसभामा बोल्दै मन्त्री भण्डारीले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन प्रदेश सरकारबाटै दर्ता, अनुमति, नविकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाइने बताएका थिए। उनले शैक्षिक परामर्श सेवा सही ढंगले सञ्चालन हुन सकेमा विद्या
धरान । २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौे सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराबरी
इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शैक्षिक गुणस्तर खस्किनुको कारण खोज्न सुरु गरेको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने योजनासहित गाउँपालिकाले गुणस्तर खस्किनुको मुख्य कारण खोजी गर्न सुरु गरेकोे हो। गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० सहितका पदाधिकारीले विद्यालय विद्यालयमा पुगेर शैक्षिक गुणस्तर सुधारका उपायबारे सरोकारवालासँग छलफल गर्न थालेको छ। खस्कदो शैक्षिक गुणस्तर उकास्नका लागि स्थानीय सरकार, शिक्षक, अभिभावक लगायतका सरोकारवालाले निभाउनुपर्ने भूमिकाका विषयमा छलफल सुरु गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार वडा ४ इखाबुस्थित सेवालुङ माध्यमिक
इटहरी– सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी छन् ।यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी छन्। भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ जना खेलाडी प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने तयारीमा छन्।अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको उल्लेखनीय प्रदर्शनले गर्दा देशभर यसको आकर्षण बढ्दो छ। यसपटक नेपालका खेलाडीहरूले आफ्नो प्रतिभा
इटहरी – नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरीको तेस्रो उपमहानगर अधिवेशन सम्पन्न भएको छ। संगठनका अध्यक्ष मेदन कुमार घिमिरेको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।"सम्पूर्ण शिक्षक एक हौँ, ट्रेड युनियन अधिकार, पेशागत दक्षता, गुणस्तरीय शिक्षा हाम्रो संलग्नता" भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा शिक्षा क्षेत्रका विभिन्न महत्वपूर्ण विषयहरूमा गहन छलफल गरिएको थियो। अधिवेशनले शिक्षकहरूको पेशागत हकअधिकार, शिक्षाको गुणस्तर अभिवृद्धि, नीति निर्माणमा शिक्षकहरूको भूमिका र विद्यालय व्यवस्थापनका विविध पक्षमा ध्यान केन्द्रित ग
इटहरी । झापामा छ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक(एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच(पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई(दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९ र ८० मा एक सय ६० तथा
इटहरी – इटहरी वितरक संघको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। इटहरी वितरक संघका अध्यक्ष राजेश खनालको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा गरिएको थियोे ।कार्यक्रममा इटहरी वितरक संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खगेन्द्र बिमलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले संस्थाहरूको समस्या समाधान गर्न तथा व्यवस्थित रूपमा अघि बढ्न महासंघ लागिपरेको बताउनुभयो।संघले व्यवसायीका विभिन्न मुद्दा समाधान गर्न तथा सामाजिक कार्यमा समेत योगदान दिँदै आएको अध्यक्ष राजेश ख
इटहरी । खोटाङबाट दुई बेसहारा महिलाको उद्धार गरिएको छ । आफन्त कोही नभएपछि जिल्ला अस्पताल खोटाङमा अलपत्र पर्नुभएका ७२ वर्षीया टिकामाया सार्की र मानसिक रुपमा विक्षिप्त ५१ वर्षीया मनमाया फुँयलको उद्धार गरिएको हो । उहाँहरुको उद्धार गरेर शनिबार मानव सेवा आश्रम विराटनगर पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय खोटाङ, जिल्ला अस्पताल खोटाङ र स्थानीय नागरिकको समन्वय र पहलमा दुई बेसहारा महिलाको उद्धार गरिएको हो । उहाँहरुलाई शनिबार बिहान नगरपालिकाले व्यवस्थापन गरेको सुमो गाडीमा राखेर मानव सेवा आश्रम पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका सार्की बिरामी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.