इटहरी । साहित्यकार झमक घिमिरे यस वर्षको कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित हुनुभएको छ। प्रदेश खबर डटकमबाट प्रदान गरिने अवार्ड आइतवार झमक निवास धनकुटा ६ कचिंडेमा वितरण गरिएको हो । प्रदेश खबर डटकमका सञ्चालक पवन अधिकारीले अवार्ड प्रदान गर्नुभएको हो । गत फागुन ७ गते उक्त अवार्ड प्रदान गरिने कार्यक्रम भएपनि घिमिरे उक्त कार्यक्रममा जान नसकेपछि आइतबार घरैमा पुगेर अवार्ड प्रदान गरिएको अधिकारीले बताउनु भयो । सो अवसरमा घिमिरेलाई २५ हजार नगद सहयोग गरिएको छ । अवार्ड वितरणमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले पुरस्कृत व्यक्तित
इटहरी । सहिद भीमनारायण श्रेष्ठको सपना पुरा गर्न सबैले ध्यान दिनुपर्ने परिवारजनले बताएका छन् । छैटौ धनकुटेली समागमले सहिद भीमनारायण श्रेष्ठ पत्नी लक्ष्मीदेवि श्रेष्ठलाई अभिनन्दन गरेको कार्यक्रममा परिवारले सहिद भीमनारायण मात्रै होइन सबै सहिदको सपना पुरा हुनुपर्ने बताएका हुन् । भीमनारायणका पुत्रहरु मनोज नारायण श्रेष्ठ र मनोहर नारायण श्रेष्ठले सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान गठन गरेर केही काम हुँदा भीमनारायण श्रेष्ठ प्रति सम्मान भएको अनुभुति भएको बताउनु भयो । लोकतान्त्रिक गणतन्त्रको स्थापना र मानव अधिकारको संरक्षणका लागि आफ्नो जीवन समर्पण गर्ने सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदे
इटहरी । सुक्खा पहिरो खसेपछि कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ । बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग–डाँडा खण्डमा ढुङ्गासहितको पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिनुभयो । सदरमुकाम खाँदबारीबाट १ सय ९ किलोमिटरको दूरीमा रहेको ठाउँमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला–खाँदबारी आउने तथा खाँदबारीबाट गएका गाडी पनि बाटोमै रोकिएका छन् । पहिरोले झन्डै ३० मिटर सडक पुरिएको छ ।
इटहरी । इटहरीस्थित जनता स्कुलको यस वर्षको भर्नामा समेत अभिभावकहरूको उत्साहजनक चासो देखिएको छ । सरस्वती पूजाकै दिन ३५० वटा आवेदन आएकोमा निरन्तर आवेदन दिने विद्यार्थीहरू बढिरहेको प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिएका छन् । उनका अनुसार यस वर्ष सेक्टर १ मा १८५ र सेक्टर २ मा २४० जना विद्यार्थी भर्ना लिन लागिएको छ । जसअनुसार सेक्टर १ मा नर्सरीमा २५ जना र कक्षा ६, ७, ८ र ९ मा ४०–४० जनाका दरले भर्ना लिन लागिएको छ भने सेक्टर २ मा कक्षा ४ देखि ९ सम्म ४०(४० जनाका दरले विद्यार्थी भर्ना लिन लागिएको हो । दुवै सेक्टरमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बताइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीन
इटहरी । मकालु हिमाल आरोहण खुला गरिएको ७०औँ वर्ष पुरा भएकोमा हिमाल नजिक संखुवासभाको मकालु गाउँपालिकाको नुममा दक्षिण एशियाली साहित्यिक, सांस्कृतिक श्रष्टाहरुको भेला हुने भएको छ । नेपाल स्थित मकालु हिमाल विश्वको पाँचौँ अग्लो हिम चुचुरा हो । मकालुको उचाइ ८४६३ मिटर छ । हिमालकै नाममा गाउँ विकास समिति छ । मकालु शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा नुम बजारमा ४ दिने साहित्यिक(सांस्कृतिक महोत्सव आयोजना गरिने भएको हो । महोत्सवमा भारत, बङ्गलादेश र भुटानका श्रष्टाहरू सहभागी हुने छन् । फागुन १४ देखी १७ गते सम्म हुने महोत्सवको तयारी भइरहेको मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले ब
इटहरी। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिमा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको छ । चालु आवमा चार अर्ब ५८ करोड रुपियाँ राजस्व आम्दानी हुने अनुमान गरेकोमा अर्धवार्षिक अवधि माघ मसान्तसम्म ५० प्रतिशतभन्दा बढी दुई अर्ब ४५ करोड रुपियाँ आम्दानी गरेको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो । प्रदेशको आर्थिक अवस्थाबारे मन्त्री रानाले कोशी प्रदेश सभालाई जानकारी गराउँदै राजस्व आम्दानी अझ बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भ्यु टावर, पार्क, रिफ्रेसमेन्ट सेन्टर जस्ता आयोजनालाई निजी क्षेत्रसँग साझेदारी गरेर राजस्व आम्दानी गर्ने आधार बना
इटहरी । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर विरेन्द्रचोकमा नो केबलकार र प्रहरी बिच भएको झडपको क्रममा १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने १५ जना मध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्ला बाहिरका रहेका छन् । जसमा चार जना महिला रहेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं। १ निवासी ४५ वर्षका नवीन पोमू रहेका छन् । यस्तै फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई, फालेलुङ गाउँपालिका
इटहरी । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार सामाजिक विकास मन्त्रालय विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ९पर्शुराम० ले बोर्डको २६औँ बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा विभिन्न खेल सम्मिलित खेलकुद महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको बताउनुभएको छ । बस्नेतले महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने बताउँदै महोत्सव आयोजना गर्न झण्डै १ करोड ७८ लाख रुप
विराटनगर : कोशी प्रदेशमा खेलकुद महोत्सव, २०८१ हुँदैछ। प्रदेश खेलकुद विकास बोर्डले गर्ने ‘प्रथम कोशी खेल महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सवअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता प्रदेश राजधानी विराटनगर र झापामा हुने छन्। बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल र खेलाडीहरूको व्यक्तित्व विकासका खेल प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक खेल महोत्सव आयोजना गर्न लागिएको बताए। उनका अनुसार फागुन १३ देखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने छ। बोर्डका अध्यक्ष एवं प्रदेशका सामाजिक वि
इटहरी । झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–३ का २० वर्षीय सुशील लिम्बू रहेका छन् । बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.