इटहरी। नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न परिषदको सातौं जिल्ला अधिवेशनले भण्डारी अध्यक्ष रहेको १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष सन्त विश्वकर्मा, सचिव माया तामाङ, उपसचिवमा भीष्म बराल र हरि कडरिया, कोषाध्यक्षमा रामबहादुर गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा सरिता लिङ्देन, सञ्जिव मादेन, भीमकुमारी लिङ्देन, बलबहादुर राई, कुशलता सेन्दाङ, नरेन्द्रकुमार गौतम, अञ्जना लिम्बू र रामचन्द्र नेपाल चयन हुनुभएको छ । जिल्ला अधिवेशन परिषद्का केन्द्रीय महासचिव गजेन्द्रप्रसाद थपलियाको उपस्थित
इटहरी । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘ज
इटहरी । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् । आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक सहयोग गरेपछि सहजता भएको स्थानीयको भनाइ छ । यहाँ मौरीको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक ज्ञान, सीप दिँदै आएको छ । मौरीसम्बन्धी आवश्यक तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय मौरीपालक किसान माधवप्रसाद चौलागाईँले बताउनुभयो ।
इटहरी। आगलागीबाट पीडित भएका परिवारलाई पाथीभरा याङवरक गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । अग्निपीडित पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बु ओलकका स्थानीय युवराज तामाङको परिवारलाई गाउँपालिकाले आज राहत सामग्री उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबो स्वयम् उपस्थित भएर राहत सामग्री हस्तान्तरण गरिएको उहाँको स्वकीय सचिव तेजवीर मेन्याङबोले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक उपभोग्य सामग्री अन्तर्गत चामल ५० केजी, दाल ५ केजी, नुन २ केजी, खानेतेल २ लिटर लगायतका वस्तु प्रदान गरिएको छ । त्यस्तै, किचनमा आवश्यक सम्पूर्ण भाँडा, थाललगायतका सामग्रीसमेत एक–एक थान हस्तान्तरण गरिएको पालि
इटहरी । नेकपा ९माओवादी केन्द्र० इनरुवा नगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नगर अध्यक्षमा गोविन्द पौडेल निर्वाचित हुनुभएको छ । पौडेलको अध्यक्षतामा ४७ सदस्य नगर कार्यसमिति चयन भएको हो । अधिवेशनको बन्द सत्रले नगर उपाध्यक्षत्रेयमा शङ्कर सापकोटा,मुक्तार आलम र राजकुमार उराँव, सचिवमा गुणराज सुवेदी, सहसचिवमा गङ्गाराम खत्वे र कोषाध्यक्षमा लीला दाहाललाई चयन गरेको पार्टीले जनाएको छ । अधिवेशनको उद्घाटन सत्र फागुन १५ गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । निवर्तमान इनरुवा नगर अध्यक्ष तोया गिरीले नगरमा पार्टीलाई बलियो ब
इटहरी । फालेलुङ गाउँ पालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गरिएको छ । फालेलुङ ३ को नाम्लुवामा सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा १२ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको अस्पताल भवनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गर्नुभयो । अस्पताल भवन उद्घाटन गर्दै मन्त्री पौडेलले करोडौं खर्च गरेर निर्माण भएको भवनबाट नागरिकलाई भरपुर दिने वातावरण बनाउन लागि पर्ने बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ, शिक्षा र सडकको आधारभुत सुविधा नहुँदा गाउँहरू उजाड बन्दै गएको भन्दै अब त्यो अवस्थाको अन्त्य गर्न स्थानीय सरकारले बनाउने नीती कार्यक्रममा आय मुलक कार्यक्रमलाई
इटहरी । कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै इटहरी नमुना कलेजको टिम नमुना ब्लास्टरले उपाधी जितेको हो । सुनसरीको भोक्राहा स्थित डा. खलिल आजाद खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको आक्रमक अर्धशतकिय इनिङमा ८ बिकेट गुमाउदै प्रतियोगिताकै २ सय ७ रनको उच्च स्कोर खडा गरेको थियो । आक्रमक सुरुवात गरेका ऐरीले ७८ रनको सानदार पारी खेले । ३४ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरे । ३४ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ५ चौकाको मदतमा ५३ रन बनाए
इटहरी : इटहरी वडा नं. ५ मा सञ्चालित मकालु इङ्लिस बोर्डिङ स्कुलले शनिबार २४ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार अमर खड्कासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।कार्यक्रममा पत्रकारिता क्षेत्रमा खड्कासहित पूर्व विद्यार्थीबाट डाक्टर उज्जवल पौडेल र इन्जिनियर सुभाष आचार्यलाई सम्मान गरेको हो । यसैगरी विद्यालयका सहायक प्रिन्सिपल मणी पौडेल र शिक्षिका सानु शेर्पालाई सम्मान गरिएको हो ।कार्यक्रममा ७० वर्ष पार गरेका जेष्ठ नागरिक रत्नमाया कार्की, हीरालाल दर्जी, दिलमाया कार्की, पदमबहादुर विष्ट, रत्नमाया ढकाल, रुकमणी दुलाल, हरिमाया अधिकारी, गणेश गिरीलगायतलाई सम्मान गरिएको छ ।विद्
इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ०७ मा रहेको मायादेवी पार्कको प्रवेशद्वार भव्यताका साथ अनावरण भएको छ । शुक्रबार कोशी प्रदेशका सांसद मान बहादुर लिम्बुले बौद्ध परम्परा अनुसार १०८ दीप बालेर र शिलालेख अनावरण गर्नुभएको हो । मायादेवी पार्क संचालक समितिद्वारा आयोजित दोस्रो सञ्चालक समितिको वार्षिक साधारण सभा तथा ’ कृष्णकुमारी राईको जीवन यात्रा ’ पुस्तक लोकार्पण पनि भएको थियो । प्रमुख अतिथि समेत रहनुभएका सांसद लिम्बुले पूर्वी नेपालको एक लोकप्रिय धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय तहका निकायहरूका जिम्मेवार सरोकारवाला जनप्रतिनिधिहरूले राजनीतिक चश्माले नहेरी सबै
इटहरी | इटहरी वडा नम्बर २०, तरहरामा रहेको एप्पल ट्री मन्टेश्वरी स्कूलले भव्य रूपमा अभिभावक दिवस मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कट्वालको अध्यक्षतामा तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमको मुख्य आकर्षण विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न गायन, नृत्य, नाटक तथा कला प्रदर्शनहरू रहे। विद्यार्थीहरूले मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतसम्मका नृत्य प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूलाई विशेष रूपमा मोहित बनायो।विद्यालयकी प्रिन्सिपल चन्द्रकला घिमिरेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.