इटहरी । निर्माणाधीन सिद्धिखोला जलविद्युत् आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् । रोङ गाउँपालिका–६ र सूर्योदय नगरपालिका–५ को सिमाना भएर बग्ने सिद्धिखोलामा निर्माणाधीन १० मेघावाट क्षमताको विद्युत् योजनाको पाइप लाइन विस्तारका व्रmममा रोङ–६ का आधा दर्जन घर जोखिममा परेका हुन् । आयोजनाका कारण स्थानीय विव्रmम राई, गणेश राई, मैतसिङ राईको घर पहिरोको जोखिममा परेका छन् । आयोजना निर्माणका कारण यी घरभन्दा तलका घर पहिरोको जोखिममा परेको भन्दै स्थानीयवासी त्रसित बनेको स्थानीय गोविन्द्र पौडेलले जानकारी दिनुभयो । स्थानीय विव्रmम राईले आयोजनाका कारण घर जोखिममा पर्दा आफूहरूको
इटहरी। माझी समुदायले सप्तकोसी नदीमा सामूहिक रूपमा लदी पूजा मनाएका छन्। सीमान्तकृत माझी समुदायले प्रत्येक वर्ष फागुनको तेस्रो मङ्गलबार मनाउने लदी अर्थात् पानीको पूजा सप्तकोसी नदीमा भेला भएका माझी समुदायले सामुहिक रूपमा मनाएका छन् । माझीहरूले जलदेवी, सेतीदेवीको आराधना गरी कोशी नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा, परेवाको पञ्चवली दिने परम्परा अनुसारै सप्तकोसी नदीको शिशौली घाट किनारमा ढुङ्गाको देउता, बास, सिमली गाडेर डुङ्गा, माछा मार्ने जाल, फुरुंगोलाई पूजा गरेका छन् । सुनसरीको वराहक्षेत्र ७ र २ को सीमानामा रहेको सप्तकोसी नदीको शिशौली घाटमा भेला भएका माझीहरूले लदीमा पञ्चवली दिएर सामुहिक रूपमा कोसीको
सुनसरी | सुनसरीको झुम्कामा रहेको युनिक एकेडेमी स्कुलको २५ औं वार्षिकोत्सब एवम् रजत जयन्ती समारोह सम्पन्न भएको छ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुखको आथित्यता तथा युनिक एकेडेमी स्कुलका प्रिन्सिपल उमेश थापाको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।सो अवसरमा विद्यालयको विकास, शैक्षिक गुणस्तर वृद्धि, तथा संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउने प्याब्सन केन्द्रिय कार्यसमितिका पूर्व उपाध्यक्ष तथा सल्लाहकारदिल कुमार बन, प्याब्सन केन्द्रिय कार्यसमितिका पूर्व उपाध्यक्ष तथा प्राज्ञिक सल्लाहकार शंकर थापा,पूर्व प्याब्सन कोशी प्रदेश सदस्य तथा सुनसरी जिल्ला क
विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ ।विराटनगरमा सोमबारदेखि सुरू भएको गोल्डकपको पहिलो खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै मोरङ क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।विराटनगरको सहिद रंगशालामा सोमबार राति सम्पन्न खेलमा पाहुना टोलीमाथि आयोजकले संघर्षपूर्ण जित निकालेको छ ।आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए । साउथन समिति कोलकाताले १३ मिनेटमा बराबरी गोल फर्कायो । कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।खेलको ३४ मिनेटमा कोलकाताले
इटहरी । नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यसहित कोशी मिनी यन्त्र ३.० यस वर्षको संस्करण फुजिसन सगरमाथा बोडिङ स्कुल भवनीपुरमा समापन भएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्ट द्वारा आयोजित २ दिने कोशी यन्त्र ३.० कार्यक्रम फुजिसन सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गणमा सपन्न भएको हो । कार्यक्रमको अध्यक्षता रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारले गर्नुभएकोे भने प्रमुख अतिथिका रूपमा पुर्वा अञ्चल विश्व विधालयका रजिस्टार निल मनि पोखरेलको उपस्थिती रहेको थियो । कार्यक्रमका विचमा नेपालकै पहिलो रोबोट साइबरडगको
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(६ हमुनाम चौकमा भएको आगलागीबाट पीडित भएका परिवारलाई राहत वितरण गरेको छ । आईतवार साँझ लागेको आगोले चार परिवारको पाँच वटा घर जलेर नष्ट भएपछि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद सहितको टोलीले तत्काल एक महिना पुग्ने खाध्यान, त्रिपाल, कपडा र भाडाकुडा राहत उपलब्ध गराएको हो । स्थानीय शिक्षक प्रदिप मेहताले दिनुभएको जानकारी अनुसार भोक्राहा नर्सिङ ६ स्थित उराँव टोलमा आगलगी हुदाँ बन्धु उराँव, बुधराम उराँव, गोपाल उराँव र सवो उराव लगायतको चार परिवारको घर पूर्णरुपमा जलेर नष्ट भएकाले गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।
इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीको सुकेपानीमा बेलिब्रिज अर्थात् मोटर गुड्ने पुल निर्माणको काम सुरु भएको छ । भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय सडक सञ्जालका रुपमा रहेको तमोर कोरिडोर जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको हो । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको सुकेपानीस्थित तमोर नदीमा शनिबारदेखि बेलिब्रिज निर्माणको काम सुरु भएको हो । तमोर कोरिडोर ९सुभाङखोला–दोभान–ओलाङ्चुङगोला० सडक योजनाका अनुसार बेलिब्रिज निर्माणको जिम्मा पाएको निर्माण कम्पनी शक्तिकुण्ड सुष्मा जेभीले काम सुरु गरेको हो । सडक योजनाका प्रमुख सिंहबहादुर बिष्टका अनुसार तमोर कोरिडोर सडकको इलाडाँडा–स
इटहरी । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाको टोलीले जितेको छ । विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथरको टोलीलाई ३ – ० को अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो । खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापा टोलीले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक–एक गोल थप्दै झापाको जित सुनिश्चित गर्नु भएको थियो । प्रतियोगिताको फाईनल खेलको ‘ वुमन अफ द म्याच ‘ झापाकी मन
इटहरी । सुनसरीको चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा आइतबार दुर्घटना भएको थियो । घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शव पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहे
इटहरी । उदयपुरको चौदण्डीगढी नपा(७ का १९ वर्षीय सागर विश्वकर्मा, २१ वर्षीय सन्जोक राई र २१ वर्षीय निशान मगरलाई प्रहरीले आइतबार लागुऔषध सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूबाट ट्रामाडोल १२०, स्पास्पेन १०० ट्याब्लेट प्रहरीले बरामद गरेको छ । मोरङ उर्लाबारी(७ का २१ वर्षीय विजय शर्मा, २० वर्षीय पुजन गिरी र १८ वर्षीय सुजन सिवालाई झापाको अस्थायी प्रहरी पोस्ट ताराबारीको गस्ति टोलीले लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले उनिहरुको साथबाट ट्रामाडोल ७३ चक्की, स्पास्पेन ८० चक्की बरामद गरेको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.