इटहरी । खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित १० वटा घर जलेर नष्ट भएका छन् । सामुदायीक वनबाट बस्तीमा छिरेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको एउटा विद्यालयको भवन र ९ परिवारका १० वटा घर जलेर नष्ट भएको हो। बाल्छीखोला पाखा सामुदायीक वनको नमेल्खाबाट चैत ३ गतेदेखि सुरु भएको डढेलो दाम्ली खोला पार गरेर ४ गते बस्तीमा छिरेको हो।डढेलोले स्थानीय वालकन्य आधारभूत विद्यालयको काठबाट बनाइएको दुई कोठे भवनको कार्यालय कोठा जलेको छ। यस्तै, डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो। बाल्सीखोला पाखा स
इटहरी । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नव–निर्वाचित समितिको पदस्थापन भएको छ । सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा निर्विरोध निर्वाचित स्ववियु समितिको मङ्गलबार पदस्थापन भएको हो । स्ववियु पदाधिकारीलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ भने निर्वाचन समिति संयोजक युवराज बस्नेतले पदाधिकारीलाई शपथग्रहण गराउनुभएको छ । पदाधिकारीलाई प्रमाणपत्र वितरण र सपथग्रहण गराएपछि स्ववियुको नयाँ समितिको पदस्थापन भएको संयोजक बस्नेतले जानकारी दिनुभयो । पाथीभरा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ, अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्
इटहरी । नमुना कलेज इटहरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिराट टिचिङ अस्पतालको सहकार्यमा इटहरीस्थित ग्रीन पिस लिंकन कलेजको मैदानमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक तथा अन्य व्यक्तिहरूले रक्तदान गरेका थिए। कार्यक्रमबाट ७७ पिन्ट रगत संकलन गरिएको छ। समाजकार्य संकायका विद्यार्थीहरूले स्वयंसेवा प्रदान गर्दै कार्यक्रमलाई प्रभावकारी बनाएका थिए। रक्तदानमा सहभागीहरूलाई बिराट टिचिङ अस्पतालले एक वर्षसम्म रक्तदाताहरू र तिनका परिवारका सदस्यहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको छ। रक्तदान कार्यक्रमले युवाहरूलाई समाजसेवामा प्रेरित गर्दै रक्तदानको महत्त्व उजागर
इटहरी । सुनसरीमा केही वर्षअघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यस पटक कमी आएको छ । विभिन्न रोग र किराको प्रकोप बढेपछि सूर्यमुखी खेतीमा कमी आएको हो । विभिन्न रोग किरा र मौसमले साथ नदिँदा उत्पादन प्रभावित बन्न थालेपछि किसानले सूर्यमुखी खेती गर्न छाडेका छन् । जिल्लाको सदरमुकाम इनरुवासहित दक्षिणी क्षेत्र हरिनगर, देवानगन्ज, बर्जु र गढीमा खेती कम भएको छ भने लगाएको ठाउँमा पनि राम्रो नफलेको किसान नीरज यादवले गुनासो गर्नुभएको छ । त्यसै गरी उत्तरी क्षेत्र वराहक्षेत्र र रामधुनी नगरपालिकाका किसानले सूर्यमुखी खेती गर्न छाडेका भोव्रmाहा नर्सिङका किसान राजेन्द्र मेहताले बताउनुभयो । कृषि ज्ञान के
इटहरी । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गर्नुभयो । नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक आध
इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगरउपप्रमुख विशन राईले बताउनुभयो । पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं ३ बाम्राङमा रु १६ लाख, वडा नं ४ खाल्लेमा रु सात लाख, वडा नं ५ लफ्याङमा रु १२ लाख, वडा नं ७ दोर्पामा रु तीन लाख
इटहरी । धरान उपमहानगरपालिकामा रहेको ४ वटा क्याम्पसमध्ये ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुरु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस पिण्डेश्वर विद्यापीठमा गठबन्धनका सभापति सहित कार्यसमिति नै गठबन्धनबाट निर्विरोध भएको हो । मंगलबार विहान ८ बजेदेखि धरानका अन्य ३ वटा महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसहरुमा भने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी मतदान सुरु भएको छ । महेन्द्र क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार २ जना रहको निर्वाचन अधिकृत लक्ष्मीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म करिव
इटहरी। इलामको फाकफोकथुमस्थित एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत रुपमा स्वतन्त्र विद्यार्थी युनियन चयन भएको छ । क्याम्पसको स्ववियु अध्यक्षमा आईष्मा खड्का चयन हुुनुुभएको हो । उपाध्यक्षमा निशा बजगाईँ, सचिवमा करिष्मा राई, सह–सचिव कमल बराल र कोषाध्यक्षमा प्रकृति परियार चयन हुुनुभएको छ। यस्तै, सदस्यहरुमा जमुना लिम्बू, शर्मिला वर्देवा, ईन्दिरा बस्नेत, आशिष शर्मा, कृषा खनाल र हिमा बस्नेत रहनुुभएको छ।
स्वतन्त्र विद्यार्थी युनियन नेपाली विद्यार्थी आन्दोलनको मेरुदण्ड हो । नेपाली विद्यार्थी आन्दोलनलाई निर्णायक र उपलब्धिमुलक बनाउनका लागी स्ववियु बिना संभव हुदैन । हजारौँ अग्रजहरुको मेहनत र परिश्रम द्धारा स्थापित स्ववियलेु आम विद्यार्थीहरुको शैक्षिक हक-अधिकारहरुलाई सुनिश्चित गर्न सहयोग गरेको छ । हिजो पञ्चायतकालीन समयमा समेत विद्यार्थी आन्दोलन यहि स्ववियु मार्फत अगाडि बढाईएको र हरेक क्याम्पसमा अध्ययन गर्ने दुर-दराजका विद्यार्थीहरुलाई शैक्षिक हक अधिकार सुरक्षित गर्ने निर्वाचित संस्था स्ववियु हो । शैक्षिक क्षेत्रमा देखिएका अनेकन बेतिथीहरुलाई उखेल्न स्ववियुले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।
इटहरी । प्रहरीले उदयपुरको बेलका(२ का २० वर्षीय सुजन खड्कालाई आइतबार विराटनगरमा लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनको साथबाट ११ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबारै इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरोको प्रहरी टोलीले विराटनगर(१५ मोरङ केराबारी(३ का २४ वर्षीय उत्तम याक्खा, सुन्दरहरैंचा(५ का ४५ वर्षीय मातृका सुवेदीलाई ब्राउनसुगर सहित पक्राउ गरेको छ । प्रहरीले जनाए अनुसार उनीहरूको साथबाट २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.