इटहरी। मोरङको रङ्गेली अस्पतालले यही चैत ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिरहेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य कार्यालय मोरङ आयोजना र रङ्गेली अस्पतालको सहकार्यमा चैत ३ गतेदेखि सुरु गरेको सेवाबाट हालसम्म ८० जनाले सेवा लिइसकेका छन् । अस्पतालमा रङ्गेली, सुनवर्षी, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, झापाको गौरिगञ्ज गाउँपालिकाका बिरामीले सेवा लिएका छन् । २० वर्षदेखि ६७ वर्षसम्मका बिरामीको उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका स्वास्थ्यकर्मी अनील देवले बताउनुभयो । रङ्गेली ५ शिवा मण्डलले निःशुल्क रुपमा उपचार पाउँदा खुसी प्रकट गर्नुभयो
इटहरी | इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्टर प्लाजामा भीषण आगलागीमा फेसका ११ जनाको उद्धार गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आगलागीमा फेसका भोजपुरकी मेरिका राई, कैलालीका लक्ष्मी श्रेष्ठ,सुनसरी, वराहक्षेत्रका विजय धामी,काभ्रेका विष्णु तामाङ,बङ्गलादेशी नागरिक एमडी जय,धनुषाका सञ्जय जैसवाल,मोरङ, विराटनगर-१५का दिया राय, दिया रायका श्रीमान विशाल सिंह र सुनसरी, रामधुनीका आशिष चौधरीको उद्धार गरिएको बताए। अन्य दुई जनाको भने परिचय खुल्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी मिश्रकाले बताए। उनीहरु मध्य दिया राय, दिया रायका श्रीमान र आशिषको इटहरी अस
धरान । २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा १८ नं. वडा र ११ नं. वडा विजयी भएका छन् । धरानमा भइरहेको रात्रिकालिन प्रतियोगितामा १९ नं. वडा १८ नं. वडासँग स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । २–१ ले अघि रहेको अवस्थामा अन्तिम मिनेटमा गोल खादै १९ नं. वडा विजयी हुनाबाट बञ्चित भयो । प्रबल राईले खेलको २३ औं मिनेटमा गोल गर्दै १८ नं. वडालाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा प्रमेश राईको गोल मार्फत् वडा नं. १९ ले खेललाई बराबरीमा ल्यायो । खेलको ६१ औं मिनेटमा गोल अतित राईले १९ नं. वडाकालागी गोल गर्दै टोलीलाई २–१ गोल अन्तरको अग्रता बन
इटहरी । युवा साहित्यकार मणि निरौलाले नवसर्जक साहित्य चौतारी नेपाल, हेटौंडाले प्रदान गर्दै आएको ‘योग-हरि पौडेल स्मृति नवसर्जक प्रतिभा सम्मान, २०८१’ प्राप्त गरेका छन् ।मकवानपुरको हेटौंडामा आयोजित ‘दोस्रो राष्ट्रिय नवसर्जक उत्सव एवम् प्रथम केन्द्रीय अधिवेशन, २०८१’ का अवसरमा प्रादेशिक प्रतिभा सम्मान (कोशी प्रदेश) को रूपमा निरौलालाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र पुरस्कार संस्थापक हेटौंडाकी साहित्यसेवी प्रभा पौडेलले साहित्यकार निरौलालाई खादा ओढाएर नगद राशि र सम्मानपत्रले सम्मान गरेका थिए ।किशोरवयमै कृति प्रकाशनका मा
सुनसरी । भेडा पालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्र अभावको कारण सुनसरीका किसान चिन्तामा परेका छन् । भेडा पालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको देखिन्छ । चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडा पालक कृषक प्रमोद पालले बताए । चरन क्षेत्रको अभावको कारण भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।‘चरन क्षेत्रको अभावमा भेडा पालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्था छ’, किसान पालले भने, ‘भेडा पाल्न समस्या छ । सहजरुपमा चराउन सक्ने अवस्था छैन । खाली चौर ,मैदान क्षेत्रको अभावको कारण भेडा पालन व्यव
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको साझा फुलबारी टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको १० औं वार्षिक साधारणसभाले विष्णु कुमार धमलालाई पुनः अध्यक्षमा चयन गरेको हो । साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष धमला सँगै उपाध्यक्षमा दल बहादुर कार्की, सचिवमा गोविन्द भट्टराई, कोषाध्यक्षमा साबित्रा श्रेष्ठ चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा तोयानाथ तिम्सिना, सबिता थापा, भीम बहादुर खत्री, लिलाभक्त कार्की, भक्तबहादुर कटवाल, र लक्ष्मी श्रेष्ठ रहेका छन् । संस्थाका नव–निर्वाचित अध्यक्ष विष्णु कुमार धमलाले समुदायको विकास र समृद्धिका लागि प्रभावकारी कार्यक्रम अघि बढाउन
इटहरी । उद्यमशीलता प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले रामधुनी नगरपालिकामा बहुमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ । कोशी प्रदेश सरकार, रामधुनी नगरपालिका, र दायित्व संस्थाको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमले स्थानीय नागरिकलाई स्वरोजगार बनाउन तथा साना उद्योग व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ । प्रबन्धक संजय पोखरेलको अध्यक्षता तथा रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । कार्यक्रमले साना उद्योग व्यवसाय गर्नेलाई सहज हुने छ । उद्यमीहरूलाई व्यवसाय क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कार्
इटहरी । रामधुनीमा स्त्री तथा महिला रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । रामधुनी नगरपालिकाको आयोजना तथा नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा निर्माणाधीन झुम्का आधारभूत अस्पतालमा भएको उक्त शिविरबाट १ सय २२ जनाले सेवा लिएका थिए । शिविरमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा बाँझोपन भएका महिलाहरूका लागि प्रारम्भिक परीक्षण तथा रोकथाम व्यवस्थापन गरिएको थियो । रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नगेन्द्र पौडेलका अनुसार, स्थानीय महिलाहरूलाई लक्षित गरी स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । महिलाहरूका लागि नियमित स्वास्थ
इटहरी । साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा वैशाख १७ गतेदेखि साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक डाँडाबजार फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख १७ देखि २० गते सम्म साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप हुन लागेको जानकारी दिएको हो। डाँडाबजार खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ३ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद १ लाख ५५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक डाँडाबजार फुटबल क्लबले जनाएको छ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र विधाग
इटहरी । बन्द भएको तीन महिनापछि भोजपुर नगरपालिका १२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ । वि।सं।२०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए । निगमक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.