इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको आदर्श टोल विकास संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभासँगै संस्थाले जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम र नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा अधिवेशन कार्यक्रमसमेत सम्पन्न गरेको हो।कार्यक्रम आदर्श टोल विकास संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद रोइलाको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।संस्थाले टोलमा बसोबास गर्ने १० जना जेष्ठ नागरिक, १५ जना एकल महिला तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्ने १० जनालाई नगद, प्रमाणपत्र र खादामालाले सम्मान गरेक
इटहरी / वैशाख ६ – इटहरी उपमहानगरपालिका–१० स्थित राजस्व टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा अमर श्रेष्ठको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य तारा ढकालको उपस्थिति रहेको थियो।उद्घाटन सत्र सचिव जयप्रसाद लुइटेलको संचालनमा सम्पन्न भएको थियो। सभामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।नयाँ चयन गरिएको ९ सदस्यीय कार्यसमिति यस प्रकार रहेको छ:अध्यक्ष: अमर श्रेष्ठ, उपाध्यक्ष: गोपाल श्रेष्ठ, सचिव: जयप्रसाद लुइटेल, सहसचिव: सूर्य खत्री, कोषाध्यक्ष: सबिना मादेन, सदस्यहरू: रेखा ढकाल तिम्सिना, अम्बिका ब
इटहरी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो चयन हुनुभएको छ। संघको चौथो जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो। यस्तै संघको उपाध्यक्षद्वयमा समिर प्रधान र सीता गुरुङ यक्सो चयन हुनुभएको छ। सचिवमा जगदिश घिमिरे, उपसचिवमा मनकुमारी खुदाङ लिम्बू र कोषाध्यक्षमा नरमाया रेग्मी चयन हुनुभएको छ। साथै सदस्यमा प्रकाश शेर्पा, प्रेम प्रसाईं, राधिका लिम्बू, युम्पी राई र सविना सारा तुम्बाहाम्फे चयन हुनु भएको छ। नवनिर्वाचित संघका पदाधिकारी तथा सदस्यलाई संघका केन्द्रीय प्रतिनिधि लक्ष्मीमाया वनेमले पद तथा गोपनियताको
इटहरी । सुनसरीमा नेकपा एमालेले आफ्नो जरा अभियानअन्तर्गत ज्येष्ठ नागरिकलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । इनरुवा नगरपालिका ५ बलाहामा सम्पन्न भएको कार्यक्रममा १०५ वर्षीया कृष्णमाया देवी कोइरालालगायत ८० वर्षभन्दा माथि उमेर समूहका ६८ जना ज्येष्ठ नागरिकलाई जरा अभियानअन्तर्गत सम्मान गरिएको हो । पार्टीमा योगदना गरेको लामो अनुभव भएका जिउँदो इतिहास रहनुभएका ज्येष्ठ नागरिकलाई सम्मान गरेको एमालेले जनाएको छ । कार्यक्रममा जरा अभियानका प्रमुख अभियन्ता नेकपा एमाले , कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले इनरुवा–५, बलाहामा ज्येष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दि
इटहरी । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो । वराहपोखरी गाउँपालिका–६, मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइँसराइ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्षपछि उनीहरू पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएको छ । गाउँ छाडेर जानेको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिनाअघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष श
इटहरी । झापामा स्थानीय तहहरुले बजार अनुगमन गर्दै लापरवाही गर्नेहरुलाई कारबाही गर्न सुरु गरेका छन् । यसै क्रममा मेचीनगर नगरपालिकाले वडा नं। ९ स्थित पूजा फुड प्रोडक्सन उद्योगकलाई ५० हजार जरिवाना गराइएको छ । पास्ता र सुजीमा म्याद नाघेको र मैदामा कफियत भेटिएपछि जरिवाना गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् स्थानीय उपभोक्ता हित संरक्षण विभागले तोकेको निरीक्षण अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार अनुगमन टोलीले अनुगमन गरेर उद्योगमा ताला लगाएको थियो । नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीका अनुसार शुक्रबार जरिवाना तिरेकाले आइतबार उद्योगमा लगाएको ताला खोलिनेछ
इटहरी । जिल्ला अस्पताल सङ्खुवासभामा आङ पाठेघर खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् । यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिए । आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उनले बताए । यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपाल
काठमाडौं । सरकारी कोषबाट पारिश्रमिक पाउने तर निवृत्तिभरण नपाउने व्यक्ति अब सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्ने भएको छ । नेपाल राजपत्रमा सोमबार (वैशाख १) मा प्रकाशित सूचनाअनुसार सरकारी कोषबाट पारिश्रमिक पाउने (निवृत्तिभरण नपाउने) व्यक्ति कोषमा योगदानकर्ताको रुपमा अनिवार्य सूचीकृत हुनुपर्ने भएको हो ।सूचनाअनुसार सरकारी कोष भन्नाले प्रदेश सरकार वा स्थानीय सरकारको सञ्चित कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै निकायको कोष भन्ने बुझिन्छ ।राजपत्रमा सूचना प्रकाशित भएसँगै सरकारी कोषबाट पारिश्रमिक
काठमाडौं । इङ्गल्याण्डको न्युक्यासल क्राउन कोर्टमा एउटा अनौठो मुद्दाको सुनुवाइ भयो। अदालतमा एक २६ वर्षीय पुरुषलाई आफ्नै घरमा आगो लगाएको आरोपमा प्रस्तुत गरियो। ती व्यक्तिले दमकल हेर्नको लागि आफ्नो घरमा आगो लगाएको स्वीकार गरे। जेम्स ब्राउन नाम गरेका एक युवकले दमकल हेर्नको लागि जानाजानी दुई पटक आफ्नो घरमा आगो लगाएका थिए। उनले आफू सधैं अग्नि नियन्त्रण सेवाको हिस्सा बन्न चाहेको बताए। जेम्स ब्राउनले आफ्नो फ्यूज बक्समा आगलागी भएको रिपोर्ट गरेपछि एकै रातमा दुई पटक उनको घरमा अग्निनियन्त्रकहरू पठाइएको थियो।न्युक्यासल क्राउन कोर्टमा ती युवकले एक वर्षमा ८० पटक दमकललाई फोन गरेको बताए । हरेक पटक उनको फोन बे
इटहरी । झापा जिल्लाको चालु आर्थिक वर्षको नौ महिनामा पुँजीगत खर्च ३७।५ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । समग्रमा जिल्लामा १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ रुपैयाँ राजस्व संकलन भएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.