All Posts By कोशी प्रेस

    Showing ५,९११-५,९२० of १३,५८३ items.
  • हेवाखोलामा डाइभर्सन मर्मत गरी खुलाउने तयारी

    इटहरी । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ र फिदिमलाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पु(याएपछि सडक अवरुद्ध भएको छ । मङ्गलबार अपराह्नदेखिको अविरल वर्षासँगै आएको बाढीले हेवाखोलामा निर्मित डाइभर्सनमा क्षति पुगेको थियो । जसका कारण मङ्गलबार साँझदेखि मेची राजमार्गको पाँचथर–ताप्लेजुङ खण्डमा यातायात अवरुद्व भएको छ । पानीको सतहले डाइभर्सन पार गरेर दुई वटा ह्युमपाइप हल्लाउनका साथै ह्युमपाइप थिचेका ढुङ्गा, बालुवा बगाएका कारण सडक अवरुद्व भएको सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमले बताउनुभयो । उहाँका अनुसार खोलामा पानीको सतह घटेकाले बिहानैदेखि डाइभर्सन मर्म

    • प्रकाशित मितिः असार २६, २०८२
    • २६२ पटक पढिएको
  • दुई फरक ठाउँमा बेवारिसे शव फेला

    इटहरी । पाँचथरका दुई फरक ठाउँमा बेवारिसे शव फेला परेका छन् । जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ स्थित कुरुम्बाको लप्सिबोटे खर्क जङ्गलमा सडेको अवस्थामा महिलाको र फाल्गुनन्द गाउँपालिका–५ सुलुङ्खीमा भीरबाट लडेको अवस्थामा पुरुषको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार दुबै शव बुधबार साँझ फेला परेका थिए । स्थानीयले शव फेला परेको जानकारी गराएलगत्तै खटेको प्रहरी टोलीले  पठाइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको पहिचानका लागि आफ्नो परिवारमा जो कोहि सम्पर्कविहीन भएको भए सम्पर्कमा आउन खबर गरिएको प्रहरी निरीक्षक तामाङको भनाइ छ ।

    • प्रकाशित मितिः असार २६, २०८२
    • १३७ पटक पढिएको
  • चार लाख लगानीमा सुरु गरेको पुष्प व्यवसाय

     इटहरी । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई कसजू पनि फूलको सौखिन हुनुहुन्थ्यो । घर आँगन सजाउने रहरले एउटा, दुईवटा बोट रोप्दारोप्दै घर आसपास फूलले ढाक्यो । अन्ततः त्यही सौख व्यवसायमा परिणत भयो । उहाँको नर्सरीमा हाल १०० बढी प्रजातिका फूलका बिरुवा छन् । प्रति बिरुवा रु १५० देखि रु दुई हजार ५०० सम्मका फूलका बिरुवा उहाँको नर्सरीमा पाइन्छ । बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डललगायत प्रजातिका फूलका बिरुव

    • प्रकाशित मितिः असार २६, २०८२
    • १९० पटक पढिएको
  • सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    इटहरी । झापामा सवारी दुर्घटना हुँदा एक बालकसहित तीन जनाको ज्यान गएको छ । झापाको बाह्रदशीमा बुधबार अपराह्न भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा भारतीय बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।स्कुटर चालक कचनकवल–३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशीको बुधबार नै ज्यान गएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते रहनुभएका उहाँका सात वर्षीय नाति आयुष राजवंशीको बुधबार राति उपचारको क्रममा ज्यान गएक

    • प्रकाशित मितिः असार २६, २०८२
    • १९५ पटक पढिएको
  • तमु र मगर भाषा सरकारी कामकाजको भाषाका रूपमा स्वीकृत भएकोमा गण्डकी सरकारलाई बधाई, इटहरीमा दीप प्रज्वलन हुने

    इटहरी, सुनसरी  /  गण्डकी प्रदेश सभाबाट तमु (गुरुङ) भाषा र मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्वीकृत गरिएको महत्वपूर्ण निर्णयप्रति खुसी व्यक्त गर्दै इटहरीमा विशेष दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।यो ऐतिहासिक निर्णयले आदिवासी जनजातिको भाषा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ। गण्डकी प्रदेश सरकारलाई उक्त निर्णयको बधाई तथा सम्मान प्रकट गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने जनाइएको छ।कार्यक्रम विवरणः???? मिति: २०८२ असार २६ गते, बिहिबार???? समय: साँझ ६:३० बजे???? स्थान: इटहरी चौक, सुनसरीकार्यक्रममा सहभागी सबै तमु समुदायका सद

    • प्रकाशित मितिः असार २६, २०८२
    • ४७१ पटक पढिएको
  • मन्त्री रेवति रमण भण्डारीद्वारा विराटनगर यातायात व्यवस्थापन कार्यालयको अनुगमन, सेवा प्रवाह सुधारमा जोड

    विराटनगर  – कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले बुधबार विराटनगरस्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गरेका छन्। नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं अनुगमनमा निस्किएका हुन्।मन्त्री भण्डारीको सचिवालयसहितको टोलीले कार्यालयको विभिन्न शाखाहरू अवलोकन गर्दै कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग छलफल गरेका थिए। अनुगमनको क्रममा मन्त्री भण्डारीले नागरिकले दैनिक रूपमा सेवा लिने यातायात कार्यालयमा व्याप्त समस्याहरूलाई

    • प्रकाशित मितिः असार २५, २०८२
    • ६६० पटक पढिएको
  • नेपाल तरुण दलको अगुवाइमा इटहरी–धरान राजमार्गमा घाँस काट्ने सरसफाइ अभियान

    इटहरी | नेपाल तरुण दल, प्रदेशसभा क्षेत्र नं. २(क) कार्य समितिको आयोजनामा इटहरी–धरान राजमार्गको डिभाइडर क्षेत्रमा घाँस काट्ने सरसफाइ अभियान सुरु गरिएको छ।इटहरीदेखि तरहरा सम्मको बीचभागमा रहेको डिभाइडरमा बाक्लो र अग्लो घाँस उम्रिएर सडक पार गर्ने यात्रु तथा सवारीसाधनका लागि असहज र असुरक्षित स्थिति सिर्जना भएको जनगुनासो आएपछि "आपगाछि देखि हडगडासम्म" सरसफाइ अभियान सुरु गरिएको हो।प्रदेश समिति अध्यक्ष विवश बिष्टका अनुसार यस अभियानले समुदायमा स्वस्फूर्त सेवा भावना र वातावरणप्रतिको उत्तरदायित्व झल्काउँछ । सहभागीहरूले डिभाइडरमा उम्रिएको झारपात हटाउने, मलखाद हाल्ने, गमलामा बिरुवा राख्ने जस्ता कार्यमा सक्र

    • प्रकाशित मितिः असार २५, २०८२
    • ५८४ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    इटहरी । उदयपुरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार युवती घाइते भएकी छन् । प्रहरीका अनुसार बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बेलका नगरपालिका–८ मा साँझ ५ः४५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगास्थित टंकीसिनवारी घर भएका ३२ वर्षीय अनिल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा राति ८ः१० बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भोजपुरको षडानन्द नगरप

    • प्रकाशित मितिः असार २५, २०८२
    • ३३४ पटक पढिएको
  • झापाको सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु

    इटहरी । झापाको अर्जुनधारा नगरपालिका–८ मा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पतिको अर्की युवतीको कोठामा गएको कुराले आक्रोशित भएकी पत्नीले साथीहरूको सहयोगमा आक्रमण गराउँदा २२ वर्षीया गङ्गा राईको ज्यान गएको हो । मृतक गङ्गा अर्जुनधारा नगरपालिका–४ भाङवारीकी स्थायी बासिन्दा हुन्। उनी शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्दै आएकी थिइन् । घटना मङ्गलवार राति करिब ११ः३० बजेतिर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ मा बस्दै आएकी ३२ वर्षीया सुस्मिता भुसालले आफ्ना पति रमेश भुसाल गङ्गाको कोठामा गएको थाहा पाएप

    • प्रकाशित मितिः असार २५, २०८२
    • ३२९ पटक पढिएको
  • विराटनगरमा कोरोना भाइरसको खोप अभियान सुरु

    इटहरी । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न थालेपछि  विराटनगर महानगरपालिकाले बुधबारदेखि विशेष खोप अभियान सुरु गरेको छ । दीर्घरोगी र ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको  महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ । खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवले बताउनुभयो । पछिल्लो विवरणअनुसार महानगरपालिका क्षेत्रका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । जसले सङ्क्रमणको लहर पुनः सक्रिय हुने सङ्केत गरेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • ४१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]