इटहरी, सुनसरी / गण्डकी प्रदेश सभाबाट तमु (गुरुङ) भाषा र मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्वीकृत गरिएको महत्वपूर्ण निर्णयप्रति खुसी व्यक्त गर्दै इटहरीमा विशेष दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।
यो ऐतिहासिक निर्णयले आदिवासी जनजातिको भाषा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ। गण्डकी प्रदेश सरकारलाई उक्त निर्णयको बधाई तथा सम्मान प्रकट गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने जनाइएको छ।

कार्यक्रम विवरणः
???? मिति: २०८२ असार २६ गते, बिहिबार
???? समय: साँझ ६:३० बजे
???? स्थान: इटहरी चौक, सुनसरी
कार्यक्रममा सहभागी सबै तमु समुदायका सदस्यहरूलाई गुरुङ परम्परागत भेषभूषामा उपस्थित हुन आयोजकहरूले विशेष अनुरोध गरेका छन्।
कार्यक्रमका आयोजकहरूः
✅ तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद, जिल्ला कार्यसमिति सुनसरी
✅ तमुश्यो ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद, जिल्ला कार्यसमिति सुनसरी
✅ तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद, इटहरी उपमहानगर समिति
✅ श्री बुद्ध गुम्बा, तमु सेवा समिति, इटहरी
✅ श्री बौद्ध गुम्बा, तमु सेवा समिति, तरहरा इटहरी
सम्पूर्ण इटहरीवासी तमु तमुश्योहरूलाई यस ऐतिहासिक अवसरमा एकजुट भई कार्यक्रममा उपस्थित भई दिने हार्दिक अनुरोध गरिएको छ।

