इटहरी। पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद्धिका लागि आधार तथा कोसेढुङ्गा सावित भएको छ ।यातायातका क्षेत्रमा मात्र नभएर स्थानीय जनताको आर्थिक समृद्धि, रोजगारी, व्यापार व्यवसाय, उद्योगधन्दा, कृषि उत्पादन, कृषि उपजको बजारीकरण गर्नमा समेत ठूलो सहयोग पुगेका छ । उदयपुरको ८ पालिका मध्ये ६ वटा पालिकाको सडक यातायातको मुख्य मार्गका रुपमा रहेको मदन भण्डारी लोकमार्गका विभिन्न स्थान अहिले व्यवसायिक तथा व्यापारिक केन्द्रका रुपमा विकसित हुँदै गएको छ । चौदण्डीग
इटहरी। सडक छेउछाउमा रहेका खाली जग्गाको सदुपयोग गर्न धनकुटा नगरपालिकाले बेसार खेती विस्तार सुरु गरेको छ ।स्थानीय किसान र सामुदायिक वन समूहलाई कृषि खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाका सडक छेउमा खाली रहेका जग्गमा बेसार खेती विस्तार गरेको हो । बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउन नमुनाका रूपमाबेसार खेती सुरु थालिएको छ । कोशी राजमार्गअन्तर्गत धनकुटा नगरमा पर्ने सरस्वती चोक–सल्लेरी खण्डको किनारामा बेसार खेती गरिएको छ । धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालका अनुसार नगरभित्रका विभिन्न भित्री सडक किनारमा रहेका खाली ठाउँमासमेत बेसार रोपिएको छ । उहाँका
इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक वर्षको अवधिमा करिव आठ किलोमिटर सडकमा सोलिङ निर्माण गरेको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले पालिका क्षेत्रका सडकहरू सोलिङ गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एक वर्षमा आठ किलोमिटर बढी सडकमा सोलिङ अर्थात स्तरोन्नतिको कार्य गरिएको हो । पालिकाका छ वटै वडाका मुख्य सडकहरू सोलिङ गरिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । हिउँद र बर्खा दुवै मौसममा यातायात सञ्चालन हुनेगरी सडकमा सोलिङ गरिएको उहाँले बताउनुभयो । प्रत्येक वडामा पालिका कार्यालय आउजाउ गर्ने मुख्य सडकहरू स्तरोन्नति अर्थात सलिङ गरिएको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ ।
इटहरी। झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत प्रवाह भई मृत्यु भएको हो । बारा करैयामाई गाउँपालिका(८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् । करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
इटहरी। एक समय घरका भान्सामा पाक्ने स्थानीय उत्पादन पछिल्लो समय हराउँदै गएपछि धनकुटाका रोशन राईले कोदो, फापर र स्थानीय उत्पादनका दाल–गेडागुडीलाई ब्राण्डिङ गरी बजारीकरण गर्न सुरु गर्नु भएको छ । धनकुटाको अमलेटारस्थित औद्योगिक ग्राममा सञ्चालित आनीको खाद्य उद्योगबाट कोदो, फापर, मकै, स्थानीय दाल–गेडागुडी लगायत परम्परागत खाद्यान्न प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्न सुरु गर्नु भएको हो । विदेशी तथा प्रशोधित खाद्यवस्तुको बढ्दो प्रयोगकाबिच स्थानीय रैथाने अन्नलाई पुनः उपभोक्ताको भान्सासम्म पु¥याउन यो अभियान सुरु गरीएको राई बताउनुहुन्छ । अहिले धनकुटासहित कोशी प्रदेशका विभिन्न बजारमा ‘चासुम’ ब्रान्डका
इटहरी स् बुद्धशान्तीमा विद्युत्को माग बढ्दै गए पनि आपूर्ति संरचना भने पुरानै छ। घरायसीसँगै व्यापार, कृषि र उद्योगमा विद्युत् खपत बढेपछि सामान्य प्राविधिक समस्यामा समेत ठूलो क्षेत्र प्रभावित हुने गरेको छ।बुधबारे वितरण उपकेन्द्रअन्तर्गत बुद्धशान्तीका सबै वडा तथा मेचीनगर र अर्जुनधाराका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ। तर उपकेन्द्रमा मेचीनगरको धाइजन सबस्टेसनबाट करिब १५ किलोमिटर लामो ११ केभी लाइनमार्फत विद्युत् आउने गरेको छ। लामो दूरीको एउटै लाइनमा निर्भर हुँदा समस्या आउनासाथ ठूलो क्षेत्रको विद्युत् आपूर्ति प्रभावित हुन्छ। कम भोल्टेज, पटक–पटक लाइन जाने र लामो समय विद्युत् अवरुद्ध
इटहरी । मोरङमा ४० वर्षअघि भएको हत्याका दोषी तीन जना लामो समयपछि पक्राउ परेका छन् । अदालतबाट कैद सजाय तोकिए पनि फरार रहेका बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा बुधबार राति उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । तीनै जनाविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले २०६१ जेठ १० गते कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै मुद्दा सर्वोच्च अदालतस
इटहरी स् सुनकोशीलगायत क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिपछि राहत तथा उद्धार अभियानमा मुस्लिम समुदायको उल्लेखनीय सहभागिता देखिएको छ ।देशभरका मुस्लिम बस्ती, मस्जिद, मदरसा, सामाजिक संस्था, व्यापारी तथा विदेशमा रहेका नेपाली मुस्लिम संघ–संस्थाले आर्थिक सहयोगसँगै प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरिरहेका छन् । विपद्को तेस्रो–चौथो दिनदेखि नै विभिन्न संघ–संस्था, समूह तथा व्यक्तिहरूले खाद्यान्न, लत्ताकपडा, औषधिलगायत आवश्यक सामग्री प्रभावित परिवारसम्म पुर्याइरहेका छन् । यसै क्रममा सुनसरी मुस्लिम समाजले जिल्लाका विभिन्न मुस्लिम बस्ती, मस्जिद, मदरसा, सामाजिक संस्था तथा व्यापारीबाट संकलि
इटहरी । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन हाफ म्याराथन प्रतियोगिताको अवसरमा दुईजना पत्रकार पुरस्कृत हुनुभएको छ । पत्रकारितामार्फत पर्यटन क्षेत्रमा योगदान पु¥याएकोभन्दै आयोजकले ताप्लेजुङ र पाँचथरका एक–एक जना पत्रकारलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा ताप्लेजुङका अग्रज पत्रकार किशोरकुमार राई र पाँचथरका गिरीराज बाँस्कोटा रहनुभएको छ । तिम्बुङ पोखरी पर्यटन विकास समितिले पत्रकार राई र बाँस्कोटालाई जनही ३० हजार रुपियाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । सम्मानित पत्रकार राई र बाँस्कोटालाई प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई लगायतले नगद पुरस्कार र
इटहरी । पाँचथरको सुदूर उत्तरपूर्वी उच्च भेगका नागरिकलाई घरआँगनमै प्रशासनिक सेवा दिने उद्देश्यले स्थापना भएको सीमा प्रशासन कार्यालय, च्याङथापु लामो समयदेखि कार्यालय सहयोगीको भरमा छ । पहिले सरकारले खटाएका कर्मचारी उपस्थित भएर छोटो समय काम गरे पनि पछिल्लो समय यहाँ सरकारले नै कर्मचारी पठाएको छैन । २०७६ सालदेखि यो कार्यालयबाट सम्पादन गर्नुपर्ने काम भएका छैनन् । प्रमुख जिल्ला अधिकारीले अख्तियारी दिएर सीमा प्रशासन कार्यालयबाट नागरिकता वितरणसमेत गरिन्छ । उपल्लो तहका कर्मचारी अभावमा कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्नेबाहेक अन्य सेवा दिन सकेका छैनन् । यो कार्यालय दुर्गमका नागरिकला
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.