इटहरी। विराटनगरमा परिवार बस्ने भन्दै घरको कोठा भाडामा लिएर तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गोदाम बनाएको पाइएको छ ।विराटनगर महानगरपालिका–८ मधुमारास्थित एक घरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएको रेडिमेड कपडा बरामद गरेपछि यस्तो तथ्य खुलेको हो । सशस्त्र प्रहरीका अनुसार घरको कोठाबाट ११ बोरा कपडा बरामद भएको छ । बरामद कपडामा कुर्ता, टप्सलगायतका रेडिमेड कपडा छन् । बरामद भएको कपडाको मूल्य ५ देखि ६ लाख रुपैयाँभन्दा बढी हुन सक्ने प्रारम्भिक अनुमान सशस्त्र प्रहरीले गरेको छ । कपडासँगै एउटा इन्भर्टरसमेत बरामद गरिएको छ । प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अन
इटहरी : आठ वर्षीया आस्वानालाई गोमन सर्पले डस्यो । परिवारले समय खेर नफाली उनलाई उपचारका लागि दौडायो ।इटहरी–५ का आश्विन चौहानकी छोरी आस्वानालाई बुधबार साँझ करिब ५ः३० बजे सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएको करिब १५ मिनेटमै परिवारले उनलाई सेनाको सर्पदंश उपचार केन्द्र इटहरी पु¥यायो । तर, त्यहाँ १२ वर्षमुनिका बालबालिकाको उपचार नहुने जानकारी पाएपछि परिवारले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥यायो । धरान पुगेपछि पनि उपचारका लागि आवश्यक पीआईसीयू खाली नभएको भन्दै उनलाई अन्यत्र लैजान भनियो । त्यसपछि परिवारले आस्वानालाई विराटनगरतर्फ दौडायो ।इटहरीबाट धरान र धरानबाट विराटनग
इटहरी। ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी अमिर राईलाई पर्यटन दूत घोषणा गरेको छ ।सिदिङवा गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गाउँपालिकाले राईलाई नगद ५५ हजार ५५५ रुपियाँसहित सम्मान गर्दै पर्यटन दूत घोषणा गरेको हो । तिम्बुङ पोखरी क्षेत्रमा आयोजित तिम्बुङ अन्तराष्ट्रिय ट्रेल रनका अवसरमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर राई र प्रमुख प्रशासकीय अधिकृत प्रमेश शिवासहितले संयुक्त रूपमा राईलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।सिदिङवा गाउँपालिकाका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र राष्ट्र
इटहरी। उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार गाउँको माथिबाट जमिन नै धसिएर आएको पहिरोले मेहेरमान राई, वीरसिंह राई र बमप्रसाद राईका घर बगाएको हो । पीडितमध्येका मेहेरमान राईलाई राति नै पहिरोले घरसँगै करिब चार सय मिटर तल बगाएर लगे पनि उहाँ शनिबार बिहान सकुशल सम्पर्कमा आउनुभएको नगरप्रमुख कार्कीले बताउनुभयो ।पहिरोमा तीनवटा घर बग्नुका साथै अन्य सातवटा घरसमेत जोखिममा रहेकाले ती घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको नगरप्रमुख कार्कीले बताउनुभयो ।
इटहरी। भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता हुनुभएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरेको कुशको शव बनाएर हिन्दू धर्म परम्पराअनुसार स्थानीय त्रियुगा नदी किनारको घाटमा दाहसंस्कार गरिएको छ ।बाढीमा बेपत्ता भएको १८ दिन बितिसक्दा पनि छोरा सम्पर्कमा नआएको र खोजतलास गर्दा पनि कतै फेला नपरेपछि सनातन धर्म परम्पराअनुसार कुशको शव बनाएर त्रियुगा नदीको घाटमा अन्तिम संस्कार गरिएको घिमिरेका बुवा उद्धव घिमिरेले बताउनुभयो । उहाँका अनुसार शनिबारदेखि १३ दिने काजक्रिया सुरु गरिएको छ । कुशबाट बनाइएको स्वर्गीय घिमिरेको पार्थिव शरीरमा उहाँका छोरा उज्ज्वल घिमिरेले दागबत्ती द
इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालयले बाल दिवस तथा बुबाको मुख हेर्ने दिनको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना बुवालाई ढाका टोपी लगाइदिँदै सम्मान गर्नुका साथै बुबाको मुख हेर्ने संस्कारलाई संरक्षण र प्रवद्र्धन गरेका हुन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा नाटक प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमको वातावरण थप उल्लासमय बनेको थियो। विद्यालयका क्याप्टेन नवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पथरी शन
इटहरी । भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका पीडितहरूको पुनस्र्थापना तथा राहतका लागि इटहरी उपमहानगरपालिका वडा नं. २० मा ७ लाख ४८ हजार ९ सय ५१ संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी उपमहानगरपालिका वडा नं. २० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक संस्था, जातीय संस्था, टोल विकास संस्था, क्लब तथा सामाजिक व्यक्तित्वहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो। शुक्रबार आयोजित धन्यवाद तथा पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिनुभएको थियो। संकलित र
इटहरी । बराहक्षेत्र नगरपालिका–१०, गडेरिटोलस्थित राम नक्षदीपाल आधारभूत विद्यालयमा वक्तृत्वकला, सांस्कृतिक तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनमाया कट्वालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी खनाल तथा महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रमुख विक्रम भट्टराईको विशेष उपस्थिति रहेको थियो। सपना पालले कुशलतापूर्वक सञ्चालन गर्नुभएको सो कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता र विभिन्न सां
इटहरी। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० को वडा कार्यालयबाट ७ लाख ४८ हजार ९ सय ५१ रुपियाँ संकलन गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी–२० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक तथा जातीय संस्था, टोल विकास संस्था, क्लब र सामाजिक व्यक्तित्वको सहयोगमा उक्त रकम संकलन गरिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी रेडक्रस हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिनुभयो । आफूहरूले व्यक्ति तथा संस्थाबाट प्राप्त गरेको सहयोग रकम स्पष्ट रूपमा राखिएको उहाँले जानकारी दिनुभयो ।&
इटहरी । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटामा सहयोग संकलन धमाधम भइरहेको छ । धनकुटामा हाल सम्म स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निर्माण व्यवसायी, विद्यालय तथा स्थानीयवासीबाट १ करोड १६ लाख ४८ हजार ६ सय २७ रुपैयाँ संकलन भएको छ । धनकुटाका ७ स्थानीय तहमध्ये हालसम्म पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठक मार्फत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेका छन् । अन्य ४ वटा स्थानीय तहले पनि चाँडै बैठक बसेर सहयोग गर्ने जनाएका छन् ।महालक्ष्मी नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.