All Posts By कोशी प्रेस

    Showing ४११-४२० of १३,४२४ items.
  • झापाको बिर्तामोडमा ‘इक्यान लिडर्स मिट ३।०’ हुँदै

    इटहरी स्  नेपाल शैक्षिक परामर्श संघ इक्यानले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाको नेतृत्व क्षमता, संस्थागत सुदृढीकरण र राष्ट्रिय भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले बिर्तामोडमा ‘इक्यान लिडर्स मिट ३।०’ आयोजना गर्ने भएको छ।इक्यान झापा शाखाको आतिथ्यमा असोज २ देखि ४ गतेसम्म बिर्तामोडमा कार्यक्रम आयोजना हुने इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए। इक्यानको देशव्यापी नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो। यसअघि पहिलो संस्करण इक्यान चितवन शाखाको आतिथ्यमा र दोस्रो संस्करण इक्यान मकवानप

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ६८ पटक पढिएको
  • प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

    इटहरी। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तलाखेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका रूपमा अपनाउन थालेका हुन् । केही वर्षअघिसम्म सामान्य घरायसी प्रयोजनका लागि मात्रै सीमित रहेको सुन्तलाखेती अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । गाउँका धेरै किसानले आफ्नो खाली तथा कम उपयोगमा आएका जमिनलाई व्यवस्थित रूपमा उपयोग गर्दै सुन्तला बगैँचा विस्तार गरेका छन् । स्थानीय किसान सुन्तला खेतीप्रति उत्साहित देखिएका छन् । कृषक चण्डालकुमार राईले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दा अन्

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ५७ पटक पढिएको
  • इलामको माङसेबुङमा उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

    इटहरी। इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ । माङसेबुङ –३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो ।किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका फाल्गुनन्दको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले सालिक निर्माण थालिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । त्यहाँ निर्माणाधीन फाल्गुनन्दको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ । माङसेबुङ

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • १०३ पटक पढिएको
  • २५ वर्षमै सुनसरी कांग्रेसको नेतृत्वमा दाबी, पुस्तान्तरणको बहसमा सुमन रेग्मी

    इटहरी स् नेपाली कांग्रेसको संगठनभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला सुनसरीमा २५ वर्षीय युवा नेता सुमन रेग्मीले आफूलाई पुस्तान्तरणको अभियानसँग जोड्दै सक्रिय राजनीतिक यात्रा अघि बढाएका छन्।युवा पुस्ताको आवाज पार्टीको निर्णय प्रक्रियामा स्थापित हुनुपर्ने धारणा राख्दै रेग्मीले सुनसरी क्षेत्र नं। २ को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। सानै उमेरमा पार्टी संगठन र लोकतान्त्रिक गतिविधिमा सक्रिय हुँदै आएका रेग्मी पछिल्लो समय सुनसरी कांग्रेसमा नयाँ पुस्ताको प्रतिनिधिका रूपमा चर्चामा छन्। उनी डेमोक्रेटिक जेन्जी सुनसरी क्षेत्र नं। २९क० का संयोजकसमेत हुन्। जेन्जी प

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ३१५ पटक पढिएको
  • हात्तीको आक्रमणबाट सन्तानब्बे जनाको मृत्यु

    इटहरी । पूर्वी नेपालमा जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो दुई दशकमा ९७ जनाको मृत्यु भएका छन् । यही अवधिमा विभिन्न कारणले ४५ वटा जङ्गली हात्तीसमेत मरेको तथ्याङ्कले देखाएको छ । यसले मानव बस्ती विस्तारसँगै हात्तीको परम्परागत आवागमन क्षेत्र खुम्चिँदै जाँदा दुवैतर्फ जोखिम बढेको बताइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार आर्थिक वर्ष २०६२र६३ देखि हालसम्म कोशी प्रदेशमा ४५ वटा जङ्गली हात्ती मरेका छन् । तीमध्ये सबैभन्दा धेरै २५ वटा हात्ती झापामा मरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष तथा आसपासको क्षेत्रमा छ वटा हात्तीको मृत्यु भएका छन् । तीमध्ये च

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ९१ पटक पढिएको
  • उचाइमा केःलाङ नाच

    इटहरी । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइ रहेको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ प्रस्तुत गरिएको छ । पर्यटनसँगै विविध संस्कृतिको उजागर र प्रवर्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ ९च्याब्रुङ नाच० प्रस्तुत गरिएको हो ।तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन ९हाफ म्याराथन० प्रतियोगिताका अवसरमा लिम्बू ९याक्थुङ० जातिको मौलिक संस्कृतिमा आधारित केःलाङ प्रस्तुत गरिएको हो । चार हजारभन्दा बढी उचाइ रहेको भूभागमा पहिलो पटक केःलाङ प्रदर्शन भएको तिम्बुङ पोखरी पर्यटन विकास समितिका अध्यक्ष अमिर राईले दाबी गर्नुभयो । मौलिक संस्कृतिको प्रदर्शनले पनि पर्यटन

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ७५ पटक पढिएको
  • फक्ताङ्लुङद्वारा बाढीपीडितलाई २६ लाखभन्दा बढी सहयोग

    इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई उक्त रकम सहयोग गरेको हो ।गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका पीडित तथा प्रभावित परिवारका लागि कुल २६ लाख १५ हजार ७४२ रुपियाँ सहयोग गरिएको जनाएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरी बाढी पीडित परिवारलाई सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्त

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ६५ पटक पढिएको
  • कामले बनाएको पहिचान, नेतृत्वको तयारीमा देवराज तामाङ, सुन्दरहरैंचाको भावी नेतृत्वमा चर्चित नाम

    सुन्दरहरैंचा  : कुनै पनि क्षेत्रको विकास केवल ठूला नारा, भाषण र चुनावी आश्वासनले सम्भव हुँदैन। विकासका लागि स्थानीय आवश्यकता बुझेको, जनताको समस्या नजिकबाट महसुस गरेको र कठिन परिस्थितिमा समेत समुदायसँगै उभिन सक्ने नेतृत्व आवश्यक हुन्छ। पूर्वी मोरङको तीव्र गतिमा विकास भइरहेको सुन्दरहरैंचा नगरपालिकामा सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय रहँदै आएका नाममध्ये देवराज तामाङ पनि एक हुन्।व्यवसाय, राजनीति र समाजसेवालाई समानान्तर रूपमा अघि बढाउँदै आएका तामाङ पछिल्लो समय स्थानीय तहको नेतृत्वका विषयमा चर्चामा आउन थालेका छन्। व्यवसायिक क्षेत्रमा हासिल गरेको अनुभवसँगै सामाजिक गतिविधिमा देखाउँदै आएको स

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • १९३ पटक पढिएको
  • इटहरीको एटिन डी पाथिभरा इन्टरटेनमेन्टमा तीज विशेष कार्यक्रम

    इटहरी । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा इटहरीको एटिन डी पाथिभरा इन्टरटेनमेन्टले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । केही समयअघि इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको एटिन डी पाथिभरा इन्टरटेनमेन्टले आफ्नै कार्यालय परिसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा मार्केटिङ म्यानेजर विकास घिमिरेले केक काटेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा महिलाहरूको सहभागिता रहेको थियो भने उनीहरूले तीजका गीतमा नाचगान गर्दै रमाइलो गरेका थिए । एटिन डी पाथिभरा इन्टरटेनमेन्टले दृश्य सँगै वास्तविक गतिशीलता, हावाको प्रभाव, पानीका छिटा, कम्पन तथा सराउन्ड साउन्ड

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • १३६ पटक पढिएको
  • इटहरी–१४ मा राष्ट्रिय बाल दिवस विशेष कार्यक्रम सम्पन्न

    इटहरी । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा इटहरी उपमहानगरपालिका–१४ मा बालबालिकाको अधिकार, प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन्।वडा नम्बर १४ सहित छिमेकी वडाका विभिन्न विद्यालय तथा विद्यार्थीहरूको उल्लेख्य सहभागितामा सामूहिक नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला तथा पिठ्यूँमा किताब राखी तोकिएको दूरी पार गर्ने लगायतका प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो प्रतिभा तथा सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए।नृत्य प्रतियोगिताअन्तर्गत सिनियरतर्फ श्री पार्वती माध्यमिक विद्यालय इटहरी–१४ प्रथम, मिनिल

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • २४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]