इटहरी। झापाको मेचीनगर नगरपालिका–३ स्थित धानबारीमा बुधबार बिहान एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । स्थानीयले हात्ती मृत देखेपछि सम्बन्धित निकायलाई खबर गरेका थिए । मृत हात्तीको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापा र प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा परीक्षणसहितको प्रक्रिया सुरू गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ हात्तीको मृत्युको कारणबारे अनुसन्धान सुरू भएको छ । करिब ७ वर्षको भाले हात्ती मेचीनगर–३ मा हात्ती मृत भेटिएसँगै झापामा हालसम्म विभिन्न कारणले मरेका हात्तीको संख्या ३० पुगेको बताइएको छ ।झापाको
इटहरी । राष्ट्रिय बाल दिवस २०८३ तथा तीज विशेष कार्यक्रम इटहरी उपमहानगरपालिका–११ मा सम्पन्न भएको छ। बालबालिकाको प्रतिभा प्रस्फुटन, सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवद्र्धन र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को सहकार्य तथा कोसिस युवा क्लबको आयोजनामा भएको कार्यक्रममा बालबालिकाले कविता, नाटक, नृत्य तथा गायन लगायतका विभिन्न प्रस्तुति दिएका थिए । त्यस्तै, तीजको अवसरमा शुभकामना आदानप्रदान गर्दै महिलाहरूले एकल तथा संयुक्त नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा बालबालिका तथा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको
इटहरी। देशकै सबैभन्दा ठूलो नदी सप्तकोशीको ब्यारेज पुलमा असोज १ गते मनाइने विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा कोशी ब्यारेज क्षेत्रलाई झिलिमिली बत्तीले झकिझकाउ बनाइएको छ । तीनदिन अघि कोशी ब्यारेज क्षेत्रलाई विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा लक्षित गरेर कोशी ब्यारेज क्षेत्रलाई थप आकर्षक, मनोरम र झिलिमिली बत्तीले झकिझकाउ पारिएको हो । ब्यारेजको पुल र नहर क्षेत्रमा सजावटका लागि विशेष रङ्गीचङ्गी विद्युतीय बत्तीहरू जडान गरिएको जनाएको छ । विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा कोशी ब्यारेजमा बत्तीले झकिझकाउ गर्दा रातको समयमा कोशी ब्यारेजको दृश्य निकै मनमोहक र उत्सवमय देखिएको स्थानीय देवरा
इटहरी । कोशी राजमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित सेल्फिडाँडामा दुई सवारी साधन एकापसमा ठोकिएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।मङ्गलबार बिहान करिब ११ः३० बजेतिर धरानबाट धनकुटातर्फ आउँदै गरेको प्र। १–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट जाँदै गरको को १ ख ७५२० नम्बरको ट्याङ्र एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा इभी गाडीका चालक तेह्रथुम फेदाप गाँउपालिका–१ बस्ने अन्दाजी ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुर पौवादुम्मा गाँउपालिका–३, स्थित चम्ताम बस्ने अन्दाजी ३८ वर्षीय कुलप्रसाद थापा मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता,
इटहरी । मोरङको बूढीगंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १(०४(००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवल्दार बूढीगंगा–४ घर भएका ३६ वर्षीय सुदीप खड्काको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पत
इटहरी। कुनै समय मानिसको धेरै चहलपहल हुने धनकुटाका मुगा गाउँ अहिले सुनसान छ । घर छन्, इतिहास छ, सम्भावना छ । तर गाउँमा मानिसहरू भने कम छन् ।पूर्व प्रधानमन्त्री स्व। सूर्यबहादुर थापाको गाउँ मुगा पछिल्लो अढाई दशक यता गुमनामझैँ छ । यो गाउँ तब सुनसान बन्न थाल्यो जब थापाहरू सँगै स्थानीय बसाइँ सर्न थाले । द्वन्द्वले थप विथोलिएको मुगा अहिलेसम्म सुनसान छ । स्थानीय विदुर थापाका अनुसार त्यो बेला मुगाको रौनक नै बेग्लै हुन्थ्यो । मुगाका थापा देशको प्रधानमन्त्री देखि अन्य उच्च ओहोदामा हुनुहुन्थ्यो । थापा बाहेक घिमिरेहरू, राई आदिको पनि बाहुल्यता थियो । अर्का स्थानीय थामबहादुर राईका अनुसार मुगाले त
इटहरी। सप्तकोशी नदीको जलसतह मंगलबार बिहान ११स्१५ बजेसम्म पनि खतराको बिन्दुमा रहेको छ।कोशी परियोजनाले जारी गरेको सूचनाअनुसार बिहान ११स्१५ बजे सप्तकोशीमा १ लाख ६६ हजार २६५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो परिमाण गएरातिको तुलनामा कम हो।हाल सप्तकोशी ब्यारेजबाट बिहारतर्फ पानीको बहाव सहज बनाउन २० वटा ढोका खुला राखिएको छ। यसअघि ब्यारेजका २६ वटासम्म ढोका खोलिएको थियो।जलसतह खतराको बिन्दुमा रहेकाले कोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
इटहरी स् म्याद गुज्रिएको पशु दाना बिक्री गर्ने र बजार मूल्यभन्दा दोब्बर बढीमा काँडेतार बिक्री गर्ने झापाका दुई व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ।कारबाहीमा पर्नेमा मेचीनगर–९ स्थित दास किराना पसल र बुद्धशान्ति–३, बुधवारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्स रहेका छन्। भदौ २२ गते उपभोक्ता जागरण अभियान नेपालमार्फत दास किराना पसलमा म्याद गुज्रिएको गाईभैंसीको दाना बिक्री भइरहेको गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा अनुगमन गरिएको थियो। अनुगमन टोलीमा खाद्य प्रविधि कार्यालय, इलाका प्रहरी कार्यालय र सम्बन्धित वडा कार्यालयका प्रतिनिधि
इटहरी स् जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली एक वर्षपछि झ्यासघारीमा बेवारिसे अवस्थामा फेला परेको छ । लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ती गोली फेला पारेको हो ।इलाका प्रहरी कार्यालय दमकबाट लागूऔषध नियन्त्रणका लागि खटिएको स्वीप अपरेसन टोलीले लागूऔषध सेवनकर्ताहरू बस्ने गोप्य अखडाको खोजी गर्ने क्रममा दमक नगरपालिका–५ स्थित खरखरे खोलानजिक पैनीको डिलमा रहेको झ्यासघारीमा कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा गोली फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ‘ओएफबी १३ ९५।५६० एमएम’ लेखिएका इन्सास राइफलमा प्रयोग हुने ३१ राउ
इटहरी स् झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेको ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा क्षेत्रबाट मंगलबार दिउँसो २ः३० बजे स्पोर्ट सुज, कुर्ता र जामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय काँकडभिट्टाबाट सशस्त्र प्रहरी नायब निरीक्षक महेन्द्र गुरुङको नेतृत्वमा खटिएको चार सदस्यीय बीआईटी टोली र मेची भन्सार कार्यालयका भन्सार अधिकृत पृथीराम राईसहितको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।बरामद सामानमा ६ लाख २० हजार रुपैयाँ बर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.