All Posts By कोशी प्रेस

    Showing ३१-४० of १३,४१७ items.
  • अवैध काठ बोकेका दुई वटा ट्रक नियन्त्रण

    इटहरी। अवैध रूपमा काठका गोलिया ओसारपसार गरिरहेका दुई वटा ट्रक प्रहरीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटार बजारबाट नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्र। १–०२–००२ ख ०७८८ नम्बर र प्र। १–०२–००२ ख ०००३ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो । दुवै ट्रकमा करिब पाँच–पाँच सय क्युफिट गरी एक हजार क्युफिट काठका गोलिया लोड गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभएको छ ।कर्णका अनुसार जाँचका क्रममा ट्रकमा लोड गरिएको काठको गोलिया निकासीका लागि आवश्यक इजाजतपत्र नभएको पाइएपछि दुवै ट्रक नियन्त्रणमा

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ८४ पटक पढिएको
  • महिला अधिकारकर्मी एवम् अधिवक्ता शोभा बजगाईँको निधन

    इटहरी स् महिला तथा बालबालिकाको हक, अधिकार र न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारकर्मी तथा अधिवक्ता शोभा बजगाईँको निधन भएको छ ।बजगाईँको असोज २० गते निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिइन् । महिला तथा बालबालिकामाथि हुने अन्याय र विभेदविरुद्ध निर्भीक रूपमा आवाज उठाउँदै आएकी बजगाईँ सामाजिक न्यायका पक्षमा सक्रिय थिइन् ।  अधिकारकर्मी, न्यायकर्मी तथा समाजसेवीका रूपमा उनले पुर्‍याएको योगदानलाई सामाजिक क्षेत्रका व्यक्तिहरूले स्मरण गरेका छन् ।उनको निधनले महिला तथा बालबालिकाको अधिकार र सामाजिक न्यायका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । मोरङको बेलबारी नगरपालिका वडा नं। ३ स्थायी

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ६२ पटक पढिएको
  • शिवसताक्षीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका खाद्यवस्तु भेटिए

    इटहरी स् शिवसताक्षी नगरपालिकाले बजारमा बिक्री भइरहेका खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर र म्याद जाँचलाई तीव्रता दिएको छ। नगरपालिकाले मंगलबार शिवसताक्षी–१ स्थित धरमपुर बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल नभएका तथा गुणस्तरमा समस्या देखिएका खाद्य सामग्री फेला पारेको हो।अनुगमनका क्रममा धरमपुरस्थित कृष्ण किराना एन्ड फेन्सी पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको कुरमुरे फेला परेको नगरपालिकाले जनाएको छ। पसलमा फेन्टा, ढुसी लागेको चना, पान मसला, लेबल नभएको पापडलगायत सामग्री पनि भेटिएका थिए।त्यस्तै कुलुङ होटल, अनिस किराना पसल तथा साया किराना तथा फलफूल पसलमा पनि म्याद गुज्रिएका खाद्य सामग्री

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ७४ पटक पढिएको
  • झापा, मोरङ र सुनसरीबाट ९ लाख बढीका तस्करीका सामान बरामद

    इटहरी। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी तस्करीमार्फत ल्याइएका करिब ९ लाख ३ हजार ४७० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा यात्रुवाहक बसबाट करिब १ लाख ६२ हजार ६१० रुपैयाँ बराबरका रजनीगन्धा, चकलेट, नरिवल, काजु लगायतका खाद्यान्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बूढीगंगा गाउँपालिका–५ बाट करिब ४ लाख ९ हजार ४६० रुपैयाँ बराबरका कुर्ता सुरुवाल, बच्चाको जामा, भेस्ट र मोजा बरामद गरेको छ।त्यसैगरी, विराटनगर महानगरपालिका–९ बाट बिलबिजक नभएको ५४० किलोग्राम सुपारी बरामद गरिएको प्र

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ४३ पटक पढिएको
  • विभिन्न मुद्दाका २२ फरार प्रतिवादी पक्राउ

    इटहरी। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २२ जना प्रतिवादीलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ ।अपराध नियन्त्रण, कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्ने अभियानअन्तर्गत प्रहरीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मोरङबाट १७ जना, झापाबाट २ जना र धनकुटाबाट २ जनालाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेकाहरूबाट ५ वर्ष ७ महिना २ दिन कैद तथा १ लाख ५७ हजार ४ सय रुपैयाँ जरिबाना असुल गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कैदको फैसला भएकालाई आवश्यक प्रक्रिया पूरा गरी सजाय भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १९ पटक पढिएको
  • आन्तरिक रोजगारीमा आकर्षित गर्ने प्रयास

    इटहरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट तथा छलफल गर्नुभएको छ । युवालाई आन्तरिक रोजगारीप्रति आकर्षित गर्न, श्रमिकको मनोबल उच्च बनाउन तथा स्थानीयस्तरमा रोजगारीका अवसर प्रवर्धन गर्ने उद्देश्यले मन्त्री यादवले विभिन्न क्षेत्रका युवा तथा श्रमिकसँग प्रत्यक्ष भेटघाट र छलफल गर्नुभएको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशको इटहरीमा असोज १४ गतेदेखि २० गतेसम्म आयोजना गरेको सिप तथा रोजगार मेला सम्पन्न भए पनि स्थानीयस्तरमा सिप विकास तथा रोजगारी प्रवर्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरत

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १५ पटक पढिएको
  • लुङ्दरले फेरिँदै पर्यटकीय क्षेत्रको रूप

    इटहरी। केही समयअघिसम्म स्तूप, गुम्बा वा बौद्धमार्गीका घरआँगनमा मात्र देखिने ‘लुङ्दर’ पछिल्लो समय हिमाली क्षेत्रका पर्यटकीय स्थलमा समेत प्रशस्त देखिन थालेको छ । रङ्गीचङ्गी कपडामा बौद्ध धर्मका मन्त्र तथा प्रार्थना अङ्कित लुङ्दर हावाको वेगसँगै फहराउँदा धार्मिक आस्थासँगै पर्यटकीय क्षेत्रको सौन्दर्यसमेत बढ्छ । हिमाली जिल्ला ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रमा पछिल्लो समय लुङ्दर राख्ने व्रmम बढेको छ । विशेष गरी शेर्पा तथा अन्य बौद्धमार्गी समुदायको धार्मिक तथा सांस्कृतिक अभ्यासका रूपमा रहेको लुङ्दर अहिले गुम्बा, स्तूप र घरको शिरमा मात्र सीमित नरही अग्ला डाँडा, पर्यटकीय स्थल, होटेल तथा सार्वजन

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १४ पटक पढिएको
  • बराहक्षेत्रमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न ,जीवन ज्योति पहिला

    इटहरी । बराहक्षेत्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टीस्थित जनहित क्लबको सभाहलमा माध्यमिक विद्यालय (कक्षा ११–१२) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।नगरभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय सहभागी प्रतियोगितामा जीवन ज्योति इङ्लिस स्कुल प्रथम भएको छ। प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने जीवन ज्योतिका बिकेश राउत र कल्पना भट्टराईले नगद  ८ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी राधाकृष्ण संस्कृत माध्यमिक गुरुकुलमका मुकुन्द बस्ती र रोशिश दाहाल द्वितीय भई  ६ हजार, जडेज माध्यमिक विद्यालयका जुना बस्नेत र प्रवेश कटुवाल तृतीय भई 

    • प्रकाशित मितिः असोज २०, २०८३
    • १५९ पटक पढिएको
  • इनरुवा बजारमा सघन अनुगमनः म्याद गुज्रेका सामान नष्ट, केही व्यापारीलाई जरिवाना

    इटहरी । चाडपर्व तथा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै सुनसरीको सदरमुकाम इनरुवास्थित बजारमा सोमबार सघन अनुगमन गरिएको छ । अखाद्य तथा म्याद गुज्रेका सामग्री बिक्री भइरहेको जनगुनासो बढेपछि प्रशासन र स्थानीय निकायको संयुक्त टोलीले यो कदम चालेको हो।  अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत राकेश मण्डल, जिल्ला प्रशासन कार्यालय सुनसरीका ठकिन्द्र राज दाहाल, ईनरुवा नगरपालिकाका तर्फबाट कुमारी भट्टराई र गीता सुवेदीको उपस्थिति रहेको थियो। त्यसैगरी निजी क्षेत्र र उपभोक्ता अधिकारको प्रतिनिधित्व गर्दै ईनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिराज अटल, कोष

    • प्रकाशित मितिः असोज २०, २०८३
    • ६३ पटक पढिएको
  • सृजना राउतले जितिन् ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज

    इटहरी । कोशी प्रदेशका विवाहित महिलाहरू लक्षित प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जित्नुभएको छ । असोज १९ गते सोमबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित ग्रान्ड फिनालेमा प्रदेशभरका १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै पेशाले शिक्षिका तथा सञ्चारकर्मी राउतले उपाधि चुम्नुभएको हो  । मुख्य उपाधिसँगै उहाँले ‘मिसेस ट्यालेन्ट’को सब–टाइटल समेत हात पार्नुभएको छ । प्रतियोगितामा जमुना दाहाल फस्ट रनरअप, यमुना महत सेकेन्ड रनरअप, सोनी थापा थर्ड रनरअप, मनिका चौधरी अर्गनाइजर च्वाइस र धुर्व कुमारी गुरुङ पब्लिक च्वाइस घोषित हुनुभयो । मुख्य व

    • प्रकाशित मितिः असोज २०, २०८३
    • ५३० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]