इटहरी। स्याउ उत्पादन हुने क्षेत्रका रुपमा प्रख्यात जुम्ला जिल्लाबाट स्याउ ताप्लेजुङ ल्याएर बिक्री गरिएको छ । जुम्लाको सिँजामा उत्पादन भएको स्याउ व्यवसायीले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा ल्याएर बिक्री गरेका हुन् ।जुम्लाको अर्गानिक स्याउ पहिलोपटक ताप्लेजुङमा ल्याएर बिक्री गरिएको व्यवसायीले बताएका छन् । जुम्लाकै व्यवसायी हिक्मत आचार्य र तीर्थराज हमालले स्याउ ल्याएर बिक्री गर्नुभएको हो । गाडीमा स्याउ लोड गरेर हिँडेको छ दिनपछि ताप्लेजुङ आइपुगेको व्यवसायी आचार्यले बताउनुभयो ।जुम्लाको स्याउ लिएर आइतबार आइपुगेको र सोही दिन करिब दुई हजार ४०० किलोग्राम स्याउ बिक्री गरिएको व्यवसायी आचार्यले जानकारी
इटहरी । इलामको सूर्योदय नगरपालिका–४, अन्तुस्थित टाइम लेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल पर्यटन बोर्डको आयोजनामा तथा होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशको संयोजन र श्रीअन्तु पर्यटन व्यवसायी संघ इलामको व्यवस्थापनमा तालिम सञ्चालन भइरहेको हो। असोज ४ गतेदेखि सुरु भएको तालिम असोज ७ गतेसम्म सञ्चालन हुनेछ। होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष मणिन्द्रबहादुर कट्वालको अध्यक्षता तथा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा स्वागत मन्तव्य जिल्ला होटल
इटहरी । मोरङको कानेपोखरीमा आगामी कात्तिक १३ र १४ गते ‘जिल्लास्तरीय प्रथम वडा अध्यक्ष कप’ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। मोरङ सीएचआईटीएफ तेक्वान्दो संघले शनिबार कानेपोखरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो। कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा कोशी प्रदेशका तीन जिल्लाका खेलाडीहरूको सहभागिता रहनेछ। संघका अध्यक्ष विधानन्द चौधरीका अनुसार स्वास्थ्य, अनुशासन र आत्मरक्षाका लागि खेलकुदको विकास गर्दै स्थानीयस्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। दुईदिने प्रत
इटहरी । मोरङको सुन्दरहरैंचामा आयोजित ‘एनसीसी क्विज म्यानिया–२’ को उपाधि सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुलले जितेको छ। नेपाल कम्प्युटर सेन्टर (एनसीसी) को आयोजनामा सम्पन्न प्रतियोगितामा सुन्दरहरैंचा र इटहरी क्षेत्रका २० भन्दा बढी विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीको सामान्य ज्ञान, सूचना प्रविधि, तार्किक क्षमता तथा तत्काल निर्णय गर्ने क्षमता परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ। समूह ‘ए’ र ‘बी’ गरी सञ्चालन गरिएको प्रतियोगितामा ज्ञानज्योति सेकेण्डरी स्कुल दोस्रो, इटहरीको पूर्वाञ्चल सेकेण्डरी स्कुल तेस्रो र लभ्ली एन्जल्स इङ्लिस स्कुल सान्त्वना भए। विजेता सगरम
इटहरी । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका दुई दाजुभाइ कुलबहादुर कार्की र सुर्जबहादुर कार्कीको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको शव बनाई अन्त्येष्टि गरिएको छ। शिवसताक्षी–१०, टेक्रा निवासी कुलबहादुर कार्कीको सुरुङ्गास्थित माईघाटमा तथा सुन्दरहरैँचा–१२, काफ्ले टोल निवासी सुर्जबहादुर कार्कीको सुन्दरहरैँचास्थित लोहन्द्रा खोलाको बेलबारी घाटमा अन्तिम संस्कार गरिएको हो। उहाँहरू दुवै जना रसुवास्थित २१६ मेगावाटको अप्पर त्रिशूली एक जलविद्युत् आयोजनाको एन–डब्ल्यु–इ–डि–सी अन्तर्गत दुसान कम्पनी र एन्ड्रिट्ज हाइड्रो सँग सम्बन्धित संरचनामा अमास्टा हाइड्रो मार्फत कुकका रूपमा
इटहरी । मोरङको पथरी शनिश्चरे–१ स्थित अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष दुर्गा सुवेदी दंगालको अध्यक्षता तथा प्रमुख सल्लाहकार बीना राईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो। कार्यक्रममा सचिव सिर्जना राईले आर्थिक वर्ष २०८२÷८३ को प्रगति प्रतिवेदन र २०८३÷८४ को भावी कार्ययोजना प्रस्तुत गर्नुभयो। हाल २ हजार १ सय ३१ जना सदस्य रहेको संस्थाको सेयर पूँजी १ करोड ६२ लाख ३१ हजार र बचत १२ करोड ६४ लाख रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ। सभाले शोभा चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा
इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा ग्रामथान संरक्षण ऐन निर्माण तथा कार्यान्वयनका विषयमा बृहत् परामर्श गोष्ठी सम्पन्न भएको छ । रामधुनी नगरपालिका र लाहूर्निपको आयोजनामा भएको गोष्ठीमा ग्रामथानसँग सम्बन्धित गहदार, जेबार लगायतका पदाधिकारी, थारु कल्याणकारिणी सभा, थारु महिला सभा, थारु बुद्धिजीवी तथा संस्कृतिविद्हरूको सहभागिता रहेको थियो। गोष्ठीमा लाहूर्निपका केन्द्रीय सचिव तथा वरिष्ठ अधिवक्ता भीम राईले सांस्कृतिक भूमि तथा यसको कानुनी र संवैधानिक संरक्षणका विषयमा सहजीकरण गर्नुभएको थियो। त्यस्तै, लाहूर्निप सँग सम्बद्ध आइ–पि–एच–आर–डी का क्षेत्रीय प्रमुख गोपाल देवानले आईएलओ महासन्धि १६९ तथा यु–एन–डि–आर
इटहरी , रसुवाको बाढीमा परी बेपत्ता भएको तीन साता बित्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि जुम्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका १० परिवारले शनिबार सामूहिक अन्त्येष्टि गरेका छन्।बेपत्ता भएका आफन्त जिउँदा छन् कि छैनन् भन्ने यकिन हुन नसके पनि परिवारले लामो समयसम्म राज्यको खोजी र उद्धारको प्रतीक्षा गरे। तर तीन साता बितिसक्दा पनि न सासको खबर आयो, न शव नै भेटियो। अन्ततः हिन्दु संस्कारअनुसार कुशलाई शवको प्रतीक बनाएर उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो। गत भदौ १० गते रसुवामा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए। त्यसयता आफन्तले खोजी तथा उद्धारको आशा गर्दै दिन
इटहरी स् कांग्रेस वडा अधिवेशनपछि मोरङको पथरीशनिश्चरेमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड भएको छ।शनिबार राति करिब ११ः५० बजे कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा तोडफोड भएको हो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय तीन जनाको पहिचान खुलेको जनाएको छ। उनीहरू फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भट्टराईको घरको आँगनमा रहेको गेटमा क्षति पुगेको छ। कार्कीको घरको झ्यालको सिसा फुटाइएको छ भ
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेह्रथुमका ४३ वटै वडामा आइतबार अधिवेशन हुँदैछ। वडा अधिवेशनसँगै जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको छ।अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधिसमेत छनोट हुनेछन्। क्रियाशील सदस्यताको आधारमा क्षेत्रीय प्रतिनिधि चयन हुने भएकाले वडा तहबाट छानिने प्रतिनिधिलाई आगामी तहका अधिवेशनमा महत्वपूर्ण मानिएको छ। नेपाली कांग्रेस तेह्रथुमका सचिव डिल्ली नेपालका अनुसार जिल्लाका सबै ४३ वडामा अधिवेशनको तयारी पूरा भएको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया आइतबारदेखि अघि बढ्ने उनले बताए।वडा तहको नेतृत्व चयनसँगै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.