इटहरी। भारी वर्षाको सम्भावना तथा बाढी, पहिरो, कटान, गेग्रान बहाव र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार असोज ७ देखि ११ गतेसम्म राति ९ देखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो। प्रशासनका अनुसार भेडेटारदेखि रवि–राँके सडकखण्ड, मुलघाटदेखि पाँचथरको सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, सङ्खुवासभा, भोजपुर र पाँचथरतर्फ जाने–आउने सवारीसाधन र जोखिमयुक्त भित्री सडकमा रातिको समयमा आवागमन रोक लगाइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख प्रशासकीय अ
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरका आठवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै जिल्लाको कांग्रेस राजनीति अब क्षेत्रीय तहको शक्ति परीक्षणतर्फ केन्द्रित भएको छ।पालिका तहमा नेतृत्व चयनको प्रक्रिया सकिए पनि उदयपुर कांग्रेसभित्रको राजनीतिक प्रतिस्पर्धा भने सकिएको छैन। बरु पालिका तहमा निर्वाचित सभापति, पदाधिकारी र प्रतिनिधिहरूले आगामी क्षेत्रीय तथा माथिल्लो तहमा बनाउने समीकरणले जिल्लाको कांग्रेस राजनीतिलाई थप रोचक बनाउने देखिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पालिका अधिवेशन असोज ७ गते र प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १०
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनलाई लिएर पार्टीभित्रको प्रतिस्पर्धा थप पेचिलो बनेको छ।नगर सभापतिका आकांक्षीमध्ये केहीले उम्मेदवारी फिर्ता लिएर कुलप्रसाद संग्रौलालाई समर्थन गर्ने सहमति गरेपछि त्यसको प्रतिरोधमा अर्को समूह पनि प्यानलसहित मैदानमा उत्रिने तयारीमा जुटेको हो। संग्रौलालाई समर्थन गर्ने सहमति बनेपछि नगर सभापतिको दौडबाट बाहिरिएका सूर्यप्रसाद कन्दङवा र सचिव पदका आकांक्षी उत्तम कटुवालसहितको समूहले छुट्टै प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेको बताइएको छ। कन्दङवाको नेतृत्वमा तयार भएको प्यानलबाट सभापतिमा सूर्यप्रसाद क
इटहरी स् झापामा हिंसापीडितका लागि सञ्चालनमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी० बाट एक वर्षमा १६२ जनाले सेवा लिएका छन्।भद्रपुरस्थित प्रादेशिक अस्पतालमा सञ्चालित केन्द्रबाट आर्थिक वर्ष २०८रर८३ मा सेवा लिनेमा १५९ महिला, दुई पुरुष र एक जना अन्य रहेको केन्द्रले जनाएको छ। केन्द्रमा पुगेका पीडितमध्ये सबैभन्दा ठूलो संख्या १५ देखि १८ वर्ष उमेर समूहको छ। यो उमेर समूहका ५७ जनाले सेवा लिएका छन्। त्यस्तै १९ देखि ४९ वर्ष उमेर समूहका ५१ जना र १० देखि १४ वर्ष उमेर समूहका ३६ जना छन्। १० वर्षभन्दा कम उमेरका १५ जना बालबालिकाले समेत हिंसापछि केन्द्रबाट सेवा लिएका छन्। ५० देखि ६० वर्ष उमेर समूहका एक
इटहरी स् लगातार वर्षा हुने पूर्वानुमानसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि पाँचथर जिल्लाका सबै विद्यालय दुई दिन बन्द हुने भएका छन्।जिल्ला प्रशासन कार्यालय पाँचथरले मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते वर्षाको उच्च जोखिम रहने प्रक्षेपण गरेपछि जिल्लाका शैक्षिक संस्था बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार मौसम विभागको पूर्वानुमानलाई आधार बनाएर बिहीबार र शुक्रबार जिल्लाका विद्यालयमा आकस्मिक बिदा दिन भनिएको छ। उनका अनुसार सम्भावित वर्षा, डुबान तथा अन्य प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। प्रशासनको आग्
इटहरी स् झापामा विपन्न, असहाय तथा बेवारिसे बिरामीले उपचार नपाउने अवस्था अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्पतालहरूलाई लक्षित गर्दै सेवा कार्यान्वयनमा कडाइ थालेको छ।जिल्लामा सञ्चालनमा रहेका सरकारी, निजी तथा सामुदायिक अस्पतालका कुल शय्यामध्ये १० प्रतिशत विपन्न तथा लक्षित वर्गका बिरामीका लागि छुट्याएर निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रशासनले सबै अस्पताललाई लिखित निर्देशन दिएको हो। झापाका ४० अस्पतालमा कुल १ हजार ७ सय ९० शय्या सञ्चालनमा रहेका छन्। यसको १० प्रतिशत अर्थात् १७९ शय्या विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न प्रशासनले अस्पतालहरूलाई
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार भएको पालिकास्तरीय अधिवेशनमा ओखलढुंगाका आठमध्ये सात पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाबाहेक सबै वडा तथा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । मानेभञ्ज्याङमा भने नेतृत्व चयनका विषयमा विवाद भएको छ । जिल्लाकै शीर्ष नेतृत्वमा रहेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद रामहरि खतिवडाको गृहपालिका मानेभञ्ज्याङमा खतिवडाले आफ्नै स्वकीय सचिव हुकुम राईलाई उम्मेदवार बनाएका छन् । अर्का उम्मेदवार वडा नम्बर ७ टोक्सेलका वडाध्यक्ष विष्णु गौतमले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । गौतम गत निर्वाचनमा उ
इटहरी : जापानको चियोदा इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमीका प्राध्यापक ओहाता रियोनको नेपाल भ्रमणका क्रममा इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ।नेपाल भ्रमणमा रहेका प्राध्यापक ओहाता रियोनसँगै अनुपा खवासलाई पनि भरोसा एजुकेसनले स्वागत गरेको हो। भेटका क्रममा नेपाल र जापानबीचको शैक्षिक सम्बन्ध, विद्यार्थी आदानप्रदान तथा जापानमा उच्च शिक्षा अध्ययनका अवसरबारे छलफल भएको बताइएको छ। भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक धनबहादुर पुरीले प्राध्यापक ओहाता रियोनलाई स्वागत गर्दै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता प्रत्यक्ष भेटघाट र सहकार्य महत्वपूर्ण हुने
इटहरी स् भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ। नियमित शनिबार र आइतबारको बिदासमेत जोडिएपछि विराटनगरका विद्यालय लगातार चार दिन बन्द हुने भएका छन्। महानगरपालिकाले असोज ८ र ९ गते बिहीबार र शुक्रबार पठनपाठन नगर्न सबै विद्यालयलाई निर्देशन दिएको हो। जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि असोज ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। वर्षाका कारण खोलानाला तथा
इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी सर्वसम्मत चयन भएका छन्।बुधबार दिनभर सभापतिका उम्मेदवार बालकृष्ण बिष्ट र विकास केसीबीच सहमति गराउने प्रयास भए पनि सहमति जुट्न नसकेपछि बिहीबार मतदान गर्ने तालिका सार्वजनिक भइसकेको थियो। तर बिहीबार बिहानैदेखि सर्वसम्मत नेतृत्व चयनका लागि नेतृत्व तहले दुवै उम्मेदवारलाई राखेर पटक–पटक छलफल गरेपछि दुई जनाबीच सहमति जुटेको नेतृत्व चयन समितिका सदस्य रमेश पोखरेलले बताए।१३औँ र १४औँ महाधिवेशनमा सभापति पदमा पराजित विकास केसी तेस्रोपटक सभापति पदका उम्मेदवार बनेका थिए। उनीसँग प्रतिस्पर्धा गर्न १४औँ महाधिवेशनमा केसीकै टिमबाट इटहरी नगरको उपसभापत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.