इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी सर्वसम्मत चयन भएका छन्।

बुधबार दिनभर सभापतिका उम्मेदवार बालकृष्ण बिष्ट र विकास केसीबीच सहमति गराउने प्रयास भए पनि सहमति जुट्न नसकेपछि बिहीबार मतदान गर्ने तालिका सार्वजनिक भइसकेको थियो। तर बिहीबार बिहानैदेखि सर्वसम्मत नेतृत्व चयनका लागि नेतृत्व तहले दुवै उम्मेदवारलाई राखेर पटक–पटक छलफल गरेपछि दुई जनाबीच सहमति जुटेको नेतृत्व चयन समितिका सदस्य रमेश पोखरेलले बताए।

१३औँ र १४औँ महाधिवेशनमा सभापति पदमा पराजित विकास केसी तेस्रोपटक सभापति पदका उम्मेदवार बनेका थिए। उनीसँग प्रतिस्पर्धा गर्न १४औँ महाधिवेशनमा केसीकै टिमबाट इटहरी नगरको उपसभापति पदमा चुनाव लडेर विजयी भएका बालकृष्ण बिष्ट चुनावी मैदानमा उत्रिएका थिए।

दुई जनाबीच भएको सहमतिमा बिष्टलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिसहित जिल्लाको पदाधिकारीमा लैजाने सहमति भएपछि उनले सभापति पद केसीलाई छाडेको बताइएको छ।लाई केन्द्रीय महाधिवेशन प्रतिनिधिसहित जिल्लाको पदाधिकारीमा लैजाने सहमति भएपछि उनले सभापति पद केसीलाई छाडेको बताइएको छ।