इटहरी । इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२र८३ मा छ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् । सङ्घीय सरकारको एक करोड २० लाखको लागतमा छ विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विद्यालय भवन २० लाखको लागतमा तीन कोठे एकतले पक्की भवन निर्माण भएका हुन् । यस वर्ष माङसेबुङ–१ स्थित वरभन्ज्याङ आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय, माङसेबुङ–२ स्थित इभाङ आधारभूत विद्यालय, माङसेबुङ–३ स्थित जनकल्याण आधारभूत विद्यलाय, माङसेबुङ–४ स्थित सरस्वती आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित चन्द्रेश्व
इटहरी । लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो। निरन्तर वर्षाका कारण उक्त सडक खण्डमा साना तथा ठुला कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको छ।राजदुवाली सडक खण्ड बन्द भएपछि इलामवासी चिन्तित बनेका छन्। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोला–तिल्केनी सडकमा पनि हिलो र चिप्लोपनका कारण सवारी सञ्चालन गर्न कठिन भएको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो। उहाँका अनु
इटहरी । धनकुटा बजारमा होटलहरुमा छड्के अनुगमन गरीएको गरिएको छ । बुधबार धनकुटा सदरमुकामस्थित हुलाक टोलमा रहेका होटलहरुमा अनुगमन गरी होटललाई जरिवाना तथा म्यान गुज्रीएका खाद्यन्न र तयारी खानेकुरा जफत गरी नष्ट गरिएको हो । अनुगमन जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार महासंघ धनकुटाको टोलीले संयुक्त रुपमा बजार अनुगम गरिएको थियो । अनुगमनका क्रममा धनकुटामा रहेको काफ्ले होटललाई भान्सा सरसफाई नभएको, पुरानो तेल प्रयोग गरि खानेकुरा बनाएको भन्दै १५ हज
इटहरी । उदयपुरको बेलका नगरपालिका वडा –९ स्थित रामपुर नगरअस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाइँका अनुसार नेपाल विद्युत प्राधिकरण रामपुरमा कार्यरत ४० वर्षका मिलन राईको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको हो। करेन्ट लागेर करिब ४ मिटरमाथिबाट जमिनमा खसेर गम्भीर घाइते हुनुभएका राईलाई तत्काल रामपुर नगरअस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिए पनि अस्पतालका चिकित्सकले उपचारको क्रममा मृत्यु भएको घोषणा गर्नुभयो । उक
इटहरी । सत्तारुढ दलभित्र देखिएको असन्तुष्टिकाबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट पारित गरेको छ । सत्तारुढ दलभित्रको आन्तरिक असन्तुष्टि चिर्दै ‘ह्वीप’ जारी गरेर कोशीको बजेट अनुमोदन गराइएको हो । बजेटका केही व्यवस्था विवादमा परेपछि नेकपा ९एमाले० र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रीहरूका निर्वाचन क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाउँदै हस्ताक्षर अभियान चलाएका थिए । यही विवादका कारण प्रदेशसभा बैठक पटक पटक स्थगित हुन
इटहरी। प्रहरीले सुनसरीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका चार लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले कोशी गाउँपालिका–८, भोक्राहा नरसिंह गाउँपालिका–६, देवानगञ्ज गाउँपालिका–२ र इनरुवा नगरपालिका–९ बाट लत्ताकपडा, किराना सामान तथा एउटा मोटरसाइकलसहितका अवैध सामान बरामद गरेको हो। प्रहरीका अनुसार कोशी गाउँपालिका–८ बाट दुई लाख ३७ हजार ६९४ रुपैयाँ बराबरका लत्ताकपडा र किराना सामान बरामद गरिएको छ।भोक्राहा नरसिंह गाउँपालिका–६ बाट ६३ हजार ७२० रुपैयाँ बराबरका किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ। देवानगञ्ज
इटहरी । जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत एक नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै अस्पतालमा विवाद गरेका छन्।प्रहरीका अनुसार मेरिङदेन गाउँपालिका–५ थुकिम निवासी निमा तेम्बा शेर्पाकी श्रीमती २७ वर्षीया मिना दोमी शेर्पा प्रसूति व्यथापछि असार २२ गते राति १२ः४५ बजे जिल्ला अस्पताल ताप्लेजुङमा भर्ना भएकी थिइन्। सोही दिन राति १ः०३ बजे उनको सामान्य ९नर्मल० प्रसूति भएको थियो र छोरीको जन्म भएको थियो।जन्मपछि अस्पतालमै उपचार तथा निगरानीमा रहेकी नवजात शिशुको असार २४ गते बिहान ३ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। नवजात शिशुको मृत्यु चिकित्सकको लापरवाहीका कार
इटहरी। धनकुटाको जोरपाटी बजारमा सो क्षेत्रको पहिचान स्वरूप जोरपाटीको स्तम्भ निर्माण गरिएको छ । छथरजोरपाटी गाउँपालिकाको प्रशासनिक केन्द्रसमेत रहेको सो बजारमा करिब सात मिटर अग्लो स्तम्भ निर्माण गरी सोमाथि दुईवटा प्रतीकात्मक पाटी, ढाकर र भारी बोकिरहेका भरियाको प्रतिमा राखिएको छ । गाउँपालिकाको करिब १२ लाख रुपैयाँको लागतमा यसै आर्थिक वर्षमा सो स्तम्भ निर्माण गरिएको पालिकाले जनाएको छ ।अघिल्लो वर्ष स्तम्भ निर्माण गरिएको र यस वर्ष जोरपाटी, ढाकर र भरियाको प्रतिमा राखिएको हो । सिँढीसहित निर्माण गरिएको सो स्तम्भमा माथि चढेर अवलोकन गर्न, फोटो, भिडियो खिच्न तथा दृश्यावलोकन गर्न सकिन्छ । कोसी राजमार्ग निर्मा
इटहरी । विराटनगरको कोशी अस्पतालमा उपचाररत पाँचथर कारागारका बन्दी सन्देश राईको बुधबार बिहान मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय राई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।जिल्ला अदालत पाँचथरले २०८२ मंसिर ७ गते उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसपछि जिल्ला कारागार पाँचथरमा रहेका उनी बिरामी परेपछि जिल्ला अस्पताल फिदिममा उपचार गराइएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि विराटनगर रेफर गरी असार १८ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । मोरङ कारागारका प्रशासक राजन घिमिरेका अनुसार उपचारका क्रममा बुधबार बिहा
इटहरी । बिपी प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीलाई निजी स्वास्थ्य संस्थामा लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बिरामीलाई औषधि किनेर ल्याइदिने निहुँमा निजी अस्पतालमा उपचार गराउन लगेको आरोपमा १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–१८ का २७ वर्षिय निखिलकुमार चौधरी, सप्तरी राजविराज–६ की २७ वर्षिय रबिना मण्डल, भोजपुर आमचोक–८ का २५ वर्षिय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षिय सागर पोखरेल, मोरङ लेटाङ–३ का २९ वर्षिय सानिन किराँती रहेका छन् ।यस्तै प्रहरीले धरान–६ का २३ वर्षिय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ का ४० वर्षिय उपेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षिय धिरज निरौलालाई पनि पक्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.