इटहरी । धनकुटा बजारमा होटलहरुमा छड्के अनुगमन गरीएको गरिएको छ । बुधबार धनकुटा सदरमुकामस्थित हुलाक टोलमा रहेका होटलहरुमा अनुगमन गरी होटललाई जरिवाना तथा म्यान गुज्रीएका खाद्यन्न र तयारी खानेकुरा जफत गरी नष्ट गरिएको हो ।
अनुगमन जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार महासंघ धनकुटाको टोलीले संयुक्त रुपमा बजार अनुगम गरिएको थियो । अनुगमनका क्रममा धनकुटामा रहेको काफ्ले होटललाई भान्सा सरसफाई नभएको, पुरानो तेल प्रयोग गरि खानेकुरा बनाएको भन्दै १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यस्तै होटलहरुमा म्याद गुज्रीएका विभिन्न खाद्यन्न भेटिएको थियो । उक्त अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु जफत गरि नष्ट गरिएको थियो। धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीका अनुसार सेवाग्रहीको अत्याधिक गुनासो आएपछि छड्के अनुगमन गरिएको हो। अनुगमनका क्रममा केही होटलमा मूल्य सूचि राखेको नपाइएको, खान अयोग्य खाद्यान्न बनाइ बिक्रि गरिरहेको पाइएको र आगामी दिनमा अखाद्य बस्तु बेचबिखन नगर्न नगराउन सचेत गराइएको रेग्मीले बताउनु भयो। आगामी दिनमा यस्तै गरेका पाइएमा कडा कारबाही गरिने रेग्मीको भनाइ छ । प्रशासनले उपभोक्ताहरु नठगिउन भनेर बजार अनुगनमलाई तिव्रता दिइएको हो।
धनकुटा जिल्ला अस्पताल आसपासका होटलहरूमा स्थानीय प्रशासनले अनुगमन तीव्र पारेको छ। बिरामी तथा कुरुवाहरूको चापको फाइदा उठाउँदै होटलहरूले गुणस्तरहीन खाना खुवाउने गरेको जनगुनासो आएपछि प्रशासनले आकस्मिक निरीक्षण र कारबाही प्रक्रिया अघि बढाएको हो।


