इटहरी। इटहरी उपमहानगरपालिका–८ मा रहेको एक अर्ब रुपियाँभन्दा बढी मूल्यको करिब एक बिघा १५ कट्ठा १० धुर जग्गाको स्वामित्व र मोही हकसम्बन्धी विवाद चर्किएको छ । सर्वोच्च अदालतबाट तत्कालीन प्रधान न्यायाधीशसहितको संयुक्त इजलासले बर्सौंअघि उक्त जग्गामा मोही हक नरहेको ठहर गरिसकेको अवस्थामा भूमि प्रशासन कार्यालय सुनसरीबाट अहिले मोही हक कायम हुने भन्दै जग्गा बाँडफाँटको निर्णय गरेपछि जग्गाधनी पक्षले आपत्ति जनाएका छन् । कुनै पनि मोही नभएको र विवादसमेत नरहेको र २०३५ सालमा आफ्नो बुवा रामेश्वर दयाल गोयलले खरिद गरेको जग्गामा परिवारले २०३६ सालदेखि निरन्तर प्लाइउड उद्योग सञ्चालन गर्दै आएको भनिएको छ । क
इटहरी। सुनसरीको धरानस्थित विजयपुर क्षेत्रमा रहेका पिण्डेश्वर, बुढासुब्बा र दन्तकाली मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । पौराणिक, धार्मिक तथा सांस्कृतिक महìव बोकेका यी मन्दिरमा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारत र भुटानबाट समेत श्रद्धालु आउने गरेका छन् । पर्यटन अभियन्ता वासु बरालका अनुसार पौराणिक तथा धार्मिक महìवका कारण धरानका यी तीन वटै मन्दिरमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढदै गएको छ । उहाँका अनुसार वार्षिक रूपमा पाँचदेखि आठ लाखसम्म मानिस पिण्डेश्वर, बुढासुब्बा र दन्तकाली मन्दिरमा दर्शनका लागि आउने गरेका छन् । पौराणिक धार्मिक
इटहरी। पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको मेची राजमार्गअन्तर्गत माइखोलास्थित राजदुवाली सडकखण्ड बिहीबार र शुक्रबार बन्द हुने भएको छ।सो सडकखण्डमा मर्मतको काम भइरहेको र थप मर्मतका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपर्ने भएकाले असोज १५ र १६ गते बिहानदेखि बेलुकासम्म सडक बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। सो सडकखण्डमा ठुला मेसिनरी उपकरण प्रयोग गरी कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले कामका क्रममा जोखिम हुने भन्दै सडक डिभिजन कार्यालय इलामको आग्रहमा दुई दिनका लागि राजदुवाली खण्ड बन्द गरिएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौड्यालले बताउनुभयो।गएको वैशाखदेखि स
इटहरी। भारतको नयाँ कर व्यवस्थाले नेपालको जुट निर्यात प्रभावित हुने भएको छ । यसअघि जुट र जुटबाट निर्मित सामानको आयातमा एन्टी डम्पिङ ड्युटी ९एडिडी० बढाएको भारतले पछिल्लो समय काउन्टर भ्याली ड्युटी ९सिभिडी० पनि लगाइदिएको छ । यसले नेपाली जुट उद्योगीले भारत र बङ्गलादेशबाट कच्चा आयात गरेर मालवस्तु उत्पादनपछि निर्यात गर्ने बाटो मात्रै नभई नेपाली किसानको जुट खरिद गरेर प्रशोधनमा समेत अवरोध पुग्ने दाबी गरिएको छ । भारतले अघिल्लो साता एडिडीमा ५६ गुणासम्म वृद्धि गरेको थियो । त्यो कार्यान्वयनमा ल्याएको केही दिनमै काउन्टर भ्याली ड्युटीसमेत तोकेको हो । भारतको नियम अनुसार पाँच वर्षका लागि एडिडी तोकिन्थ्यो
सृजना ठाकुर ,इटहरी । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारदाता तथा कामको खोजीमा रहेका युवालाई प्रत्यक्ष सम्पर्कमा जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस मेलाको युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शुभारम्भ गर्नुभएको हो। असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने यस मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाताका ७५ भन्दा बढी स्टलहरू राखिएका छन्। कार्यक्रममा बोल्दै सभामुख अर्यालले युवाहरूल
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ डाँडाखर्कमा रहेको लालीगुराँस दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८२÷८३ मा ३ करोड ५५ लाख २ हजार ८ सय ७ रुपैयाँ बराबरको कारोबार गरेको संस्थाका सचिव डम्बरबहादुर दाहालले जानकारी दिनुभयो । कार्यक्रममा लालीगुराँस नगरपालिकाकी उपप्रमुख तथा प्रमुख अतिथि जमुना मगर कार्कीले सहकारीले दुग्ध उत्पादन तथा किसानको हितमा प्रशंसनीय काम गर्दै आएको बताउनुभयो । उहाँले सहकारीको सम्पूर्ण टिमलाई धन्यवाद दिँदै लालीगुराँस नगरपालिका सदैव किसानको पक्षमा रहेको उल्लेख गर्नुभयो ।साधारण सभा संस्थाका अ
इटहरी । मोरङको सुन्दरहरैँचा–६ स्थित खर्साने चोकमा सिद्धार्थ युवा क्लबको आयोजना तथा कोशी आँखा अस्पताल प्रा.लि. इनरुवाको सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर मार्फत स्थानीय करिब ५ सय जना नागरिकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्। शिविरमा मुख्यतया आँखा परीक्षण, रक्तचाप तथा मधुमेहको जाँच गरिएको थियो। आँखामा समस्या देखिएका बिरामीहरूलाई चिकित्सकीय परामर्शका साथै सहुलियत दरमा चस्मा समेत उपलब्ध गराइएको छ। आर्थिक अवस्था कमजोर भएका र अस्पताल सम्म पुग्न कठिनाइ भोगिरहेका स्थानीयवासीलाई लक्षित गरी घरदैलोमै स्वास्थ्य सेवा पु¥याइएको हो। सिद्धार्थ युवा क्लबका
इटहरी । आगामी चाडबाडलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका पसलहरूमा बजार अनुगमन कार्यलाई तीव्र पारेको छ। खाद्यवस्तुको मूल्यमा एकरूपता नभएको र म्याद नाघेका सामग्री बिक्री भइरहेको जनगुनासो बढेपछि उपभोक्ताको अधिकार सुनिश्चित गर्न नगरपालिकाले यो कदम चालेको हो। नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा खटिएको अनुगमन टोलीले मङ्गलबार बराहक्षेत्र नगरपालिका वडा नं ९ स्थित राजावास बजार र वडा नं ११ को मधुवन क्षेत्रका किराना, होटल, हार्डवेयर तथा फेन्सी पसलहरूको सुक्ष्म निरीक्षण गरेको छ। अनुगमनका क्रममा उपभोक्ताले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाण, पसल दर्ता
इटहरी । एन आई सी एशिया क्यापिटल र बिराट एग्री लिमिटेडबिच सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ। क्यापिटलको ‘आइडिया टु आइपिओ सेवा अन्तर्गत बिराट एग्रीलाई आवश्यक सम्पूर्ण संस्थागत परामर्श सहित बिक्री प्रबन्धक नियुक्त गरिएको हो। इटहरी–१३, सुनसरीमा मुख्य कार्यालय रहेको बिराट एग्रीले मोरङ र सुनसरी जिल्लामा १ सय हेक्टर भन्दा बढी क्षेत्रका १५० वटा पोखरी मार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ । कम्पनीले हाल इटहरी–१३ खनारस्थित उद्योगबाट दैनिक २५ टन उत्पादन क्षमताको अत्याधुनिक प्लान्ट मा
इटहरी । लायन्स क्लब अफ इटहरी पाथीभरा र लियो क्लब अफ इटहरी पाथीभराको संयुक्त आयोजनामा डिजिटल लाइफस्टाइल एन्ड सेक्युरिटी अवेयरनेस ट्रेनिङ कार्यक्रम इटहरीस्थित कस्तुरी कलेजमा सम्पन्न भएको छ । लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुष ढुंगेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कस्तुरी कलेजका प्रिन्सिपल भूपेन्द्र न्यौपाने, लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सीका रिजन चेयरपर्सन अमरदीप पौडेल, साइकोसोसल काउन्सिलर तथा पत्रकार मौसम कोइराला लगायत लियो सदस्य तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कस्तुरी कलेजका प्रिन्सिपल भूपेन्द्र न्यौपानेले यस्ता प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमले विद्या
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.