झापा । सर्वाधिक चासोका साथ हेरिएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर रहेको झापाको दमक नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी ६ दलीय गठबन्धनका राम थापाले ७९ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।
काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।स्थानीय ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो । उनी कांग्रेस कार्यकर्ता रहेको बताइएको छ । ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले जानकारी दिएका छन् ।मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा झडप भएको थिया । अरू केही व्यक्ति घाइते भएको प्रजिअ खनालले बताए । घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ ।
काठमाडौं । सुदूरपश्चिममा शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउन थालेको छ। प्रदेशमा सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेले खाता खोलेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहार बीना मगरको निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको लालझाडी गाउँपालिका ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।यो वडाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका हर्क नारायण जोशीको प्यानल विजयी भएको कांग्रेस लालझाडीका नेता छमन्दन रानाले जानकारी दिए। यद्यपी निर्वाचन आयोगले यसको आधिकारिक घोषणा भने गर्न बाँकी छ।
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ। २४ सय मतगणना हुँदा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले अगाडि रहेको हो। अध्यक्षमा एमाले उम्मेदवार राजमति इङ्नामले ९६७ र कांग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ६०७ मत ल्याएका छन्। उपाध्यक्षमा एमाले उम्मेदवार भोलाप्रसाद अधिकारीलाई १०२४ र कांग्रेसकी मनकुमारी गुरुङलार्य ७४८ मत प्राप्त भएको छ। माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सूर्य धिमालले ६६५ र उपाध्यक्षमा माओवादीकी तारा ओझाले ५०२ मत पाएका छन्।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आपत्ती जनाएका हुन्।‘५ जना स्वतन्त्रको एक जना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ। यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शंका उत्पन्न गराउँछ। यसप्रति निर्वाचन आयोग सजग बनोस्। र, हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस्,’ बालेनले लेखेका छन् । उनले निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपि
काठमाडौं / काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ ।यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सहमतिअनुसार नै सबैभन्दा पहिला वडा नम्बर १ र ३२ बाट सुरू गरिएको हो । मतगणना स्थलमा स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट राख्ने प्रतिनिधिको विषयमा सहमति जुट्न नसक्दा मतगणनामा ढिलाई भएको थियो ।पाँच जना स्वतन्त्र उम्मेदवारको तर्फबाट एक जना प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । अहिले एक जना स्वतन्त्र उम्मेदवारको एक जना प्रतिनिधि राख्ने सहमति जुट
काठमाण्डाै / स्थानिय तह निर्वाचनमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।एमाले :मनाङको चामे गाउँपालिकाडोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)नेपाली कांग्रेस :मनाङको नार्पाभूमि गाउँपालिकाएकीकृत समाजवादी :डोल्पाको काइके गाउँपालिका (निर्विरोध)डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
इटहरी / सुनसरीको दुहबी नगरपालिकाकाे ताजा अपडेटदुहबी वडा नम्बर १ बाट मेयरमाकांग्रेस २२०नेकपा एमाले १५९उपमेयरकांग्रेस १८३जसपा ४१राप्रपा ३५माओवादी ३वडाअध्यक्षनेकपा एमाले २१०कांग्रेस १८१
काठमाडौं / शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो ।काठमाडौं / शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो ।
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत उदयपुरमा करिब ५५ प्रतिशत खसेको छ ।मुख्य निर्वाचन अधिकृत दीपक खनालका अनुसार जिल्लामा हालसम्म ५५ प्रतिशत मत खसेको छ । उनले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।जिल्लाका २५८ मतदान केन्द्रबाट मतदान भइरहेको छ । केही मतदान स्थलमा वर्षाले केही मतदान प्रभावित भए पनि मतदान कार्य रोकिएको छैन ।उदयपुरमा २ लाख २३ हजार १३८ मतदाता छन् । जसमध्ये महिला एक लाख १० हजार दुई सय ५१ पुरुष र एक लाख १२ हजार आठ सय ८५ महिला छन् । यसैगरी तेश्रो लिङ्गी (अन्य) मतदाता पनि दुई जना रहेका छन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.