झापा । सर्वाधिक चासोका साथ हेरिएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर रहेको झापाको दमक नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ ।
दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी ६ दलीय गठबन्धनका राम थापाले ७९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।


