काठमाडौं । सुदूरपश्चिममा शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउन थालेको छ।
प्रदेशमा सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेले खाता खोलेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहार बीना मगरको निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको लालझाडी गाउँपालिका ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
यो वडाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका हर्क नारायण जोशीको प्यानल विजयी भएको कांग्रेस लालझाडीका नेता छमन्दन रानाले जानकारी दिए। यद्यपी निर्वाचन आयोगले यसको आधिकारिक घोषणा भने गर्न बाँकी छ।


