सुनसरी / भोजपेरको अरुण गाउँपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा जनश्रमदान मार्फत विद्यालय सरसफाई गरिएको छ ।अरुण गाउँपालिका वडा नं. ७ का जनप्रतिनिधी ७ वडाका कर्मचारी, सामुदायिक स्वास्थ्य इकाईका कर्मचारी, शिक्षक , कर्मचारी, समाजसेवी नागरिकहरू लगाएतहरूले जनश्रमदान मार्फत विद्यालय सरसफाई गरेका हुन् ।सगरमाथा मा.वि. सिक्रेटार, साकेवा प्रा.वि. खाल्ले जनश्रम वालकल्याण प्रा.वि. चिउरीडाडा गरी ३ वटै विद्यालयमा एकसाथ विद्यालय परिसर सरसफाई र लामखुट्टे नियन्त्रणका लागि किटनाशक विषादी छिट्ने कार्य गरेका हुन् ।
सुनसरी / सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा हिजो बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न मानेका छैनन् ।कारागारमा रहेका मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका- ७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए ।कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहर
सुनसरी / सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ ।शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको मात्र फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका- ४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान शरीर बिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।स्थानीयले पुलमुनि शरीर बिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ ।अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको भर्खरै हत्या भएको जस्तो देखिने प्रहरीले जनाएको छ । ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्र
सुनसरी / मोरङको केराबारी गाउँपालिका - ६ मा नेपाल आदिवासी जनजाति महासंघद्धारा निर्माण गरिएको भएको छ । नेपाल आदिवासी जनजाति महासंघ केराबारीले २९ औं विश्व आदिवासी दिवसको अवशर पारेर भवनको उद्घाटन गरेको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वुले नव निर्मित भवनको उद्घाटन गरेका हुन् । केराबारी गाउँपालिका, प्रदेश सरकार र स्थानीय आदिवासी समुदायको आर्थिक सहयोगमा भवनको निर्माण गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले सबै जाति समुदायको पहिचानको सुनिश्चित हुनुपर्ने बताए । कार्यक्रममा १ नम्वर प्रदेशका पूर्वमन्त्री उपेन्द्र घिमिरे, गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर,आदिवासी अगुवा दोर्पध्
सुनसरी / सुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिसकेको छ । कोशी प्रदेशका १३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । संखुवासभामा भने हालसम्म संक्रमित भेटिएका छैनन् । संखुवासभा बाहेक कोशी प्रदेशका १३ जिल्लामा हिजोसम्म ७ हजार २७३ जना संक्रमित भएका छन् ।सुनसरीमा सबैभन्दा बढी ४ हजार ८७४ जना संक्रमित छन् । सुनसरीपछि झापामा ५६४, उदयपुरमा १९४, भोजपुरमा ९८, संखुवासभामा ९७ र तेह्रथुममा ६७ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
विराटनगर / प्रस्तावित शिक्षा ऐनको दफा संसोधनको माग गर्दै निजी शिक्षण संस्थाकाहरुले आन्दोलनको घोषणा गरेका छन् । ऐनको प्रस्तावित मस्यौदामा समावेश भएका दफा संसोधनको माग गर्दै साउन २८ गतेबाट अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् । सरकारले ५२ वर्षअघि जारी भएको शिक्षा २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्ने तयारी गरेको छ । विधेयकको मस्यौदा संसोेधनको माग गर्दै प्याब्सन, नेसनल प्याब्सन, हिसानले विद्यालय बन्दसम्मको आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका हुन् । विराटनगरमा बुधबार नेसनल प्
सुनसरी / सामुदायिक विद्यालयमा शैक्षिकसुधारको माग राख्दै ब्यानर लिएर प्रदर्शन गर्ने विराटनगर- ५ निवासी इन्दिरा चापागाईंलाई थुनामै राख्न म्याद थप भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका सह–प्रवक्ता इन्सपेक्टर पप्पु नायकले दिएको जानकारीअनुसार थुनामै राखेर अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत मोरङबाट आठ दिन म्याद थप भएको हो ।यही साउन १५ गते महानगरपालिका कार्यालयले चापागाईंविरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा विराटनगर महागनरपालिकाले उजुरी दिएको थियो ।सामुदायिक विद्यालयमा शैक्षिक सुधारको माग गर्दै गएको जेठदेखि चापागाईं महानगरपालिका कार्यालयअगाडि धर्नामा ब
सुनसरी / संखुवासभा जिल्ला कारागारमा दुईजना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका- ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका -७ का २८ वर्षिय आकाश वलामी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।गएराति १ बजे कारागारको ट्वाइलेटबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए । उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा मृत्यु भएको थियोे ।उनीहरुको जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको थियोे । उनीहरुको श
सुनसरी / इटहरी २ मा रहेको माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले तीन जना महिलालाई इ–रिक्सा प्रदान गरेको छ ।जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाएर आज बुधबार एक कार्यक्रम गरि ३ जनालाई इ–रिक्सा प्रदान गरेको हो । माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै आएको बताइन् । कार्यक्रमा इटहरी उपमहानगरपालिकाका उप- प्रमुख संगिता कुमारी चौधरीले महिलाहरूको उद्दार कार्य आएकोमा प्रसंसा गरेकी हुन् । सो क्रममा इटहरी वडा नम्बर २ का वडाध्यक्ष माधव कोइराला, नागरीक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई लगाए
काठमाडौं / आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस हो । आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ भने नेपाल भरि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.