सुनसरी / भोजपेरको अरुण गाउँपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा जनश्रमदान मार्फत विद्यालय सरसफाई गरिएको छ ।


अरुण गाउँपालिका वडा नं. ७ का जनप्रतिनिधी ७ वडाका कर्मचारी, सामुदायिक स्वास्थ्य इकाईका कर्मचारी, शिक्षक , कर्मचारी, समाजसेवी नागरिकहरू लगाएतहरूले जनश्रमदान मार्फत विद्यालय सरसफाई गरेका हुन् ।


सगरमाथा मा.वि. सिक्रेटार, साकेवा प्रा.वि. खाल्ले जनश्रम वालकल्याण प्रा.वि. चिउरीडाडा गरी ३ वटै विद्यालयमा एकसाथ विद्यालय परिसर सरसफाई र लामखुट्टे नियन्त्रणका लागि किटनाशक विषादी छिट्ने कार्य गरेका हुन् ।IMG-20230810-WA0000