सुनसरी / सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ ।
शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको मात्र फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका- ४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान शरीर बिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयले पुलमुनि शरीर बिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ ।
अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको भर्खरै हत्या भएको जस्तो देखिने प्रहरीले जनाएको छ । ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


