सुनसरी / श्रीमतिको हत्या आरोपमा इटहरी वडा नम्बर - ४ का ३९ बर्षीय दीपेन लिम्बु पक्राउ परेका छन् ।श्रीमति ३५ वर्षीया सीता लिम्बुलाई घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा दीपेनलाई प्रहरीले पक्राउ गरेको हो । साउन ३२ गते इटहरी- ४ स्थित टेंग्रा खोला किनारमा एक महिलाको शव फेला परेकोमा मृतक लिम्बुको माइती पक्षले ३९ वर्षीय पति दीपेनले हत्या गरेको किटानी जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा मृतक सीताकी भाई २७ वर्षीय धनबहादुर लिम्बुले दिदीलाई सिताका पति दीपेन लिम्बूले हत्या गरेको किटानी जाहेरी दिएकाले सोही आधारमा दीपेनलाई
पथरी शनिश्चरे / पथरीशनिश्चरे नगरपालिकामा आज भदौ ०२ गतेसम्म २० हजार २ सय ६५ जना बालबालिका लाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गरिसकेको छ ।नगर स्वास्थ्य कार्यालय पथरीका वरिष्ठ अधिकृत एकराज खत्रीका अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरु ४ हजार ८ सय ८७ जना र ५ वर्षदेखि १५ वर्षका बालबालिकाहरु १५ हजार ३ सय ७८ जनाले खोप लगाइसकेका छन् । यसबाट जम्मा २० हजार २ सय ६५ जनाले खोप लगाएको देखिन्छ । यो संख्या नगरको लक्ष्य अनुसार ९५ प्रतिशत रहेको छ । नगरको लक्ष्य २१ हजार ३ सय २१ जना रहेको छ भने भोलि अन्तिम दिन ५ प्रतिशत प्रगति विवरण हुनेमा नगरपालिका विश्वस्त रहेको छ । दादुरा रुवेला खोप अभियान सञ्चाल
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताए । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा उहाँले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विराटनगरस्थित एक हजार शय्याको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा डेङ्गुुलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्
सुनसरी : रामधुनी नगरपालिका- १ हनुमान मन्दिर स्थितबाट नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनीमा स्थानीय विक्रम चौधौरीले सञ्चालन गरेको थारु कटेजमा खाजा खाएर तिर्न खोज्दा नक्कली नोट दिएपछि प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय रोशन चौधरी रहेका छन् ।उनले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले पाँच सय दरका ३५ वटा नक्कली नोटसहित चौधरीलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी : झापाको अर्जुनधारा नगरपालिका- ६ की ३० वर्षीया कमला मुर्मु इराकमा तीन वर्षदेखि बन्धक छिन्। उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन्।तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको आमा लखी मुर्मुले बताइन्। ‘ओमान लाने भनेर इराक पुर्याएछन्’, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन्, ‘छ महिनासम्म कुनै सम्पर्क हुन सकेन। त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्यो आमामात्र भनिरहेकी छन्।’तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि कमलाको उद्धारका लागि सरक
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधारणसभा तथा सातौँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशमा २० हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने विश्वास व्यक्त गर्दै त्यसको सदुपयोग गर्ने टिप्पणी गरे ।मुख्यमन्त्री थापाले निजी क्षेत्र जलविद्युत्मा लगानी गर्न तयार रहेको आफूले पाएको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने विश्वास दिलाए ।क
सुनसरी / नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणको छानविनका लागि सिआइवीलाई ढुक्कसँग काम गर्ने वातावरण बनाइदिनु पर्ने बताए ।कार्यकर्ता प्रशिक्षणका कार्यक्रमा धनकुटामा बोल्दै नेता शर्माले भूटानी शरणर्थी र ललिता निवास जग्गा प्रकरणमा जस्तै सुन काण्डको छानविनका नेपाल प्रहरी सक्षम रहेको बताए ।राज्य र संविधानले चिनेको निकाय लाई काम गर्न नदिएर अन्य कसैले गर्छु भन्नु उचित नहुने समेत उनको भनाई थियो । कसैले आफ्ना मान्छे जोगाउँन कुनै किसिमको समिति बनाउनु पर्छ भन्ने आशय राख्न नहुने भन्दै नेता शर्माले नेकपा एमालेले भनेझै कुनै पनि उच्चस्तरिय समिति आवश्यक नपर्ने समेत टिप्पणी गरे ।
इटहरी : इटहरी उपमहानगरपालिका भित्र भर्खरै तिन सय प्रतिशत भन्दा बढी कर बढाउन नेतृत्व गर्नु हुने इटहरीका मेयर हेमकर्णपौडेललाई नमस्कार ।स्थानीय तहको पछिल्लो चुनाव सकिएको वैशाखमा एक वर्ष पुगेर भदौ लागी सक्यो । ट्यांग्रा खोलामा समेत यो अवधि सम्म धेरै पानीबगी सकेको छ । ट्यांग्राकै किनारमा रहेको इटहरी उपमहानगरको 'सिंहदरबार' बाट पनि धेरै मुद्दाहरू बग्दै बाहिर निस्कँदै छन् ।पछिल्लो पटक हजुरको सिंहदरबारबाट शासकको महिमत्ताको गन्ध सहित निस्किएको करको 'करकरे' हावाले अहिले इटहरीवासीमादुर्गन्ध बढेको थाहा नै होला ।हुन त तपाईँले इटहरीमा सुगन्ध फैलाउनु हुन्छ होला भन्ने विश्वासमा एक वर्ष केही महिना अगाडीसम्म इटह
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिनको टुंगो भएसँगै प्रदेश सभा सदस्य मनाउन सत्ता गठबन्धन दलका नेताहरुले चलखेल सुरुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त,’– लिङ्देनले लेखेका छन् ।कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ । कोशीमा मुख्यमन्त्री थापालाई विश्वास
सुनसरी / आज श्रावण शुक्ल तृतियाको दिन, भगवान विष्णुको तेश्रो अवतार वराहको पूजा अर्चना गरी सुनसरीको बराहक्षेत्र वराह जयन्ती मनाइएको छ ।विभिन्न पुराणहरुका अनुसार आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतारको रूपमा वराह अवतार लिएका थिए र हिरण्याक्ष दैत्यको वध गरेर उसको अत्याचारबाट लोकको उद्धार गरेका थिए ।आजकै दिनलाई भगवान बिष्णुको जन्म जयन्तीको रुपमा पनि लिने गरिएको छ । वराह अर्थात बँदेल विष्णुपुराण लगायत विभिन्न धार्मिक ग्रन्थहरुले वराहलाई विष्णुको बँदेल रुपमा बयान गरेको पाइन्छ । मन्दिरमा गीता पाठ, बराह चरित्र पाठ, बराह भगवानको अर्चना गरेर विशेष पूजा गरेर भगवान बराहको जन्म उत्सव मनाइएक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.