इटहरी : इटहरी उपमहानगरपालिका भित्र भर्खरै तिन सय प्रतिशत भन्दा बढी कर बढाउन नेतृत्व गर्नु हुने इटहरीका मेयर हेमकर्णपौडेललाई नमस्कार ।

स्थानीय तहको पछिल्लो चुनाव सकिएको वैशाखमा एक वर्ष पुगेर भदौ लागी सक्यो । ट्यांग्रा खोलामा समेत यो अवधि सम्म धेरै पानीबगी सकेको छ । ट्यांग्राकै किनारमा रहेको इटहरी उपमहानगरको 'सिंहदरबार' बाट पनि धेरै मुद्दाहरू बग्दै बाहिर निस्कँदै छन् ।

पछिल्लो पटक हजुरको सिंहदरबारबाट शासकको महिमत्ताको गन्ध सहित निस्किएको करको 'करकरे' हावाले अहिले इटहरीवासीमादुर्गन्ध बढेको थाहा नै होला ।

हुन त तपाईँले इटहरीमा सुगन्ध फैलाउनु हुन्छ होला भन्ने विश्वासमा एक वर्ष केही महिना अगाडीसम्म इटहरीका बहुसङ्ख्यक जनतादेखिएका थिए । त्यही भएर पनि होला इटहरीका २० वटा वडा मध्य १५ वटा वडा एमाले जित्दा समेत काँग्रेसबाट प्रतिनिधित्व गर्नेतपाईँलाई मेयरमा भने पत्याए । इटहरीलाई समृद्ध बनाउनु होइबक्सन्छ भन्ने आस इटहरीका जनतालाई पनि थियो ।

तर, मेयर साप

कुर्सिमा बसेपछि तपाई मात्तिनु भो कि आत्तिनु भयो हौ ? अलि परको विगत तपाईँको जे सुकै होस । त्यसमा म जान चाहान्न । किनकिन्यायालयप्रति मेरो पुरा भरोसा छ । समयको त्यो कालखण्ड छोड्ने हो भने मेयर निर्वाचित हुनु अगाडी सम्मको तपाईँको स्वभाव त ठिकैथियो । लोकतन्त्रमा तपाईँको विश्वास त देखिएकै थियो ।

तर किन एक्कासि अहमता र स्वेच्छाचारी भावना बढ्यो हौ मेयर साप तपाईँमा । सत्ताको राप कि ? शक्तिको आलाप ?

तपाई उपमहानगरको मेयर बन्दै गर्दा करडौको विशाल भवन बन्दै थियो । पुराना मेयर बस्ने सुविधा पर्याप्त टहरोमा तपाईँलाई सहजै बस्नेठाउँ पनि थियो । एसी थियो । शासकहरूले प्रयोग गर्ने गोप्पे कोठा थियो । टेवुल थियो । घुम्ने कुर्सी थियो । थिएन चाहिँ के त्यहाँ ?

तर, तपाईँलाई त्यो ठाउँ त नफाप्ने भो रे हैन ? एउटा तान्त्रिकले अलच्छिन भयो भनेपछि अर्कै टहरो बनाउनु पर्ने भयो रे । हुन त सयौँ गुणाकर बढाएकै छ, सेवाग्राहीले पार्किङ गर्ने ठाउँ मासेर लच्छिनको टहरो बनाउँदा के जान्छ र ? भन्ने नै त होला नि । नत्र भने हुदाखादैकोबस्ने ठाउँ हुँदाहुँदै पार्किङ मासेर टहरो बनाउनु पर्ने के आइलागेको थियो मेयर साप?

कि, इटहरी उपमहानगरको कार्यालय हाता भित्र जनताले पार्किङ गर्ने हैसियत राख्दैनन् ? 'बाटैमा राख गाडी-साडी, यो मेरो इलाका हो' भन्ने सोच हो ? हुन त मैले सोच भनेर लेख्नै पर्दैन थियो । किनकि त्यो सवालमा जनताको नियमितको अनुभूति नै काफी देखिन्छ ।

हुन त, बल्ल बल्ल मेयर बनेको छ । पुरानो टहरोमा के बस्नु । बसेपछि नयाँमा बस्ने हो नि भन्ने लाग्यो पनि होला, होइन ? त्यस्तै त्यस्तैमनमौजी कामको पैसाका बाट तिर्ने भन्ने तनाव तपाईँलाई सायदै भएन । किनकि तपाई सँग त प्रकाण्ड प्रकाण्ड विद्वान छन् । विज्ञले सुझाव दिए होलान् पक्कै । 'कर बढाऔँ मेयर साप, बालै फरर।'

टहरो बनाउने मात्र हैन, सचिवालय पनि आधुनिक डिस्कोमा देखिने बाउन्सरको सङ्ख्या भन्दा कम छैन । हुनत: उपमहानगरकोकार्यास्टाइल सीमित साउँहरूको 'क्लब' भन्दा माथिको त छैन । हुन त कर बढाउने हो, कहाँ खर्च गर्नु भर्ती गराउन आफ्ना मान्छेहरू भन्ने लागेको पनि होला ।

हुन त उपमहानगरलाई निजी कम्पनी जस्तो चलाएको कुरा मेरो आरोपनामा मात्र हैन है मेयर साप । लाखौँ रकमबाट खरिद डस्टबिन, सिएफएलको बत्ती कहाँ गए भनेर कार्यपालिका बैठकमै तपाई माथि तपाईँका सदस्यले उठाएको प्रश्नबाट नै मेरो आरोपको पुष्टि पनि भएको छ ।

मेयर सा'प,

तपाई, आफूलाई लोकतन्त्रको हिमायती भनेर चिनाउने तपाईँले आफ्ना कर्मचारीलाई नगरपालिकाको विषयमा टिप्पणी वा खबरदारीन गर्न चेतावनी दिनु भएको छ रे । ठिकै छ कर्मचारीले काम गर्ने हो सरकारको खुद्रे आलोचना गर्दै बस्ने पनि हैन ।

तर, उपमहानगरको विरोध गर्दा आफ्ना कर्मचारी जनतालाई जथाभाबी भनेको विषय चाहिँ तपाईँले नियमन गर्नु पर्दैन ? कि कार्यालयकोकामको अतिरिक्त विपक्षीलाई काउन्टर गर्नु भनेर तपाईँले नै कर्मचारीहरूलाई आदेश दिएको हो ?

अलि लेख्न पनि डर लाग्छ मेयर साप तपाईँको विरुद्ध त ! आफ्नो बच्चालाई स्कुल पुर्‍याउन ठिक्क पारेको बेला 'आज स्कुल बन्द' भनेरहजुरलाई आक्रोश पोखेपछि ती अभिभावकलाई पुलिस लगाएर थुनाएको विषय सम्झिदा पनि डर लाग्छ ।

तपाई सामाजिक सञ्जालको राम्रो युजर हो नि । किनकि मेरा प्रतिनिधिहरु पनि सूचना प्रविधिमा जानकार छन् भन्नेमा मलाई खुसीलाग्छ यस्ता कुराबाट । तर आफूले सामाजिक सञ्जाल प्रयोग गर्दा विद्वान र अरूले त्यही सामाजिक सञ्जालबाट तपाई प्रति आलोचनात्मक कुरा राख्दा बकवास हुन्छ ? 

अहिले हरेक नागरिकले आफ्ना प्रतिनिधिको कामको वाच गरिरहेको हुन्छन् । प्रतिनिधिले के बोल्दै छन् हेक्का राख्छन् । केही समयअगाडी सामाजिक सञ्जालका प्रयोगकर्तालाई बकवास भन्दा तपाईँले 'ट्याप-ट्याप' गरेको भिडियो भाइरल भएको यादै होला तपाईँलाई ।

हुन त मेयर साप, तपाईँलाई विरोध गर्नु नै नहुने रहेछ भन्ने उदाहरण टोल विकास संस्थाको विरुद्धकै अभिव्यक्ति बाटै देखिन्छ । 'करबढ्यो, घटाइदेऊ सरकार' भनेर टोलका प्रतिनिधिले आफ्नो कुरा राख्दा 'नगरबाट पैसा लाग्ने, नगर लाई गाली गर्ने ?' भनेर दिएकोअभिव्यक्ति त बहुत गैर-जिम्मेवार हो नि हैन र ?    

अन्त्यमा मेयर सा'प ! 

जनताको ढाड सेक्ने गरी गरिएको राजस्व वृद्धि फिर्ता गरेर जनतालाई राहत दिन अहम् भुमिका निर्वाह गर्नु हुन समेत अनुरोध गर्दछु !!! राजस्व वृद्धिको आलोचना तपाईले म माथीको प्रहार हो, यसलाई कुनै हालतमा घटाउदिन भन्ने भन्ने हठ तपाईं गरिरहनु भएको छ, त्योपटक्कै सुहाएन । जनताको सुझाव मान्नु तपाईंको कर्तव्य हो । जनप्रतिनिधिले आफुलाई जनताको सेवक ठान्नुपर्छ । शासक ठान्ने भूलनगर्नुस् ।

यो लेखमा कुनै आवेग कुण्ठा पोखीरहेको छैन।तपाईले गरेका गतिविधि जस्ताको त्यस्तै लिपी मात्रा गरेको हो !!! जय नेपाल !!!