सुनसरी / धनकुटाको छथरजोरपाटी गाउँपालिकाले गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थालाई कम्प्युटर, प्रिन्टर लगायतका विद्युतीय सामग्री हस्तान्तरण गरेको छ ।गाउँपालिकाले वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई तथा वडा नम्बर ५ को आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइलाई सामग्री उपलब्ध गराएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिए ।कम्प्यूटर, प्रिन्टर लगायतका विद्युतीय सामग्री उपलब्ध गराए संगै कार्यलयको मासिक रिपोर्टिङ र ईन्टरनेटको माध्यमबाट सेवा प्रबाह गर्नमा कार्यालयलाई सहज हुने विश्वास लिइएको प्रमुख डंगोलले बताए । अन्य स्व
सुनसरी/ सुनसरीका एक युवक पेस्तोलसहित एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।बर्जु गाउँपालिका ६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार आज प्रहरीले पक्राउ गरेको हो ।किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको बताइएको छ ।तत्काल फरार किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका ५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दुवहीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्ध
सुन्दरहरैँचा / राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटिका नवनिर्बाचित अध्यक्ष प्रबिण घिमिरे तथा सुन्दरहरैँचा नगर कमिटि अध्यक्ष भबिन पाण्डे सहित जिल्ला र नगरका नेताहरू सडकमा टागिएका झन्डा ,ब्यानर हटाएर नगर सफाइमा जुटेका छन । जिल्ला अधिबेशनको समयमा टागिएका झन्डा ब्यानर हटाएर जनताको भावना तथा नगरको सुन्दरता कायम राख्दै राजनितिक र समाजिक संस्कार देखाउँने काेसिस गरेको राष्ट्रिय युवा संघका नव निर्वाचित जिल्ला अध्यक्ष प्रबिण घिमिरेले बताए । उनले आफुले गरेको कार्यक्रमको सजिसजाउँले सर्वसाधारणलाई समस्या नहोस भनेर सफाइ अभियान गरिएको प्रतीक्रिया
विराटनगर / विराटनगरमा रहेको सञ्चालन हुदै आएको महेन्द्र मोरङ क्याम्पसका प्रमुखसहित ४ जनालाई विद्यार्थीहरुले कार्यकक्षमै थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएका थिए । स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थीहरूले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्पस प्रमुख शिवराम चौधरी, बीबीएसका कोअर्डिनेटर रामनारायण दास, बीबीएमका कोअर्डिनेटर इन्द्रनारायण देवलाई सोमबार कार्यकक्षमा थुनेका छन् ।इन्टर्नसिप गरेको रिपोर्टको शुल्क घटाउन माग राख्दै विद्यार्थीहरुले अल्टिमेटम दिइसकेा थिए । २४ घण्टाको समयमा पनि शुल्क नघटाइएपछि प्रमुखसहित विभागीय प्रमुख र शिक्षकहरूल
सुनसरी / उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा यहीँ भाद्र १५ गते देखि १७ गते सम्म सञ्चालन गरिने महिला उद्यमशिलता प्रदर्शनी मेलाको तयारी तिव्र पारिएको छ ।उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवर्द्धनमा जोड दिँदै इटहरीमा आयोजना गरिने तीन दिने महिला उद्यमशिलता प्रदर्शनी मेला हुजे भएको हो । इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवमा सञ्चालन गरिने भएको छ ।महिला उद्यमशिलता प्रदर्शनी मेलामा घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रदर्शन
सुनसरी / इटहरी उपमहानगरपालिका कर्मचारीले सरकारी नम्बर प्लेटको मोटरसाइकल हेल्मेटबिनै चलाउने गरिएको देखिएको छ । आइतबार दिउँसो ३ बजेको समयमा इटहरी उपमहानगरपालिकाको गेट अगाडिबाट कर्मचारी दीपेश आचार्य मोटरसाइकलमा निस्किए ।प्रदेश १–०२–००१ प ३३०६ सेतो नम्बर प्लेटको सरकारी मोटरसाइकलमा उपमहानगर गेटबाट निस्किएका आचार्यलाई ‘हेल्मेट किन प्रयोग नगरेको ?’ भनेर सोध्दा उनले गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भए ।यतिसम्म गैरजिम्मेवार र झर्को लाग्दो उत्तर थियो कि, ‘हेल्मेट छैन, किन ?’ उनको झर्को लाग्दो उत्तरले स्थानीय मानिसहरूसमेत उनीतर्फ केन्द्रित भए । उनले हेल्मेट प्रयोग नगरेको मात्रै होइन, मोटरसा
सुन्दरहरैंचा / मोरङको बेलबारी नगरपालिका - २ मा रहेको शिक्षा सन्देश इङलिस स्कुलका तेक्वान्दो खेलमा तेक्वान्दो डोजाङका प्रशिक्षार्थीहरु प्रथम स्थान हासिल गरी विजयी भएका छन् । अक्सिजन फिटनेस सुन्दरहरैँचाको आयोजना निजी तथा सामुदायिक विद्यालयहरुको सहभागितामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका प्रधानध्यापक, प्यावसनका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । आफ्नो छुट्टै पहिचान बनाएको यस विद्यालयले जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरी आफुलाई अब्बल साव
सुनसरी / मोरङको बेलबारी नगरपालिका - ३ स्थित गुरुकुल पाठशालाकको कक्षा १० मा अध्यायनरत विद्यार्थीहरुलाई एक दिने बित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गरिएको छ ।कक्षा १० को सामाजिक शिक्षामा पाठयक्रममै समावेश रहेको बिषयबस्तुलाई अभ्यासका रुपमा बेलबारी ३ मा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा लगेर तालिम प्रदान गरिएको सामाजिक शिक्षक खगेन्द्र भट्टराईले जानकारी दिए ।विद्यार्थीहरुलाई संस्थाका ब्यबस्थापक केशव रुपाखेती लगायतले बित्तिय साक्षरता सम्बन्धि सहजीकरण गरेको बिद्यालयका सहायक प्रिन्सिपल ओम गौतलमे जानकारी दिएका छन् ।
सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर - १६ स्थित सरस्वती जब्दी माध्यामिक विद्यालय नेपाली कांग्रेसका प्रधानाध्यापक नियुक्ति गरेको विषयमा अदिवासी जनजाति महासंघ इटहरीले आपत्ति जनाएको छ ।कार्यपालिका सदस्य प्रमोद शेर्पालाई सदस्यबाट हटाउन इटहरी १६ का वडाध्यक्ष तेज नारायण चौधरीले नेकपा एमाले नगर कमिटीमा सिफारिस गरेको विषयलाई लिएर सोमबार नेपाल अदिवासी जनजाति महासंघ इटहरीले इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेललाई कार्यपालिका सदस्यबाट नहटाउन माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।अल्पसंख्यक आदिवासी जनजाति समुदायतर्फ मनोनित कार्यपालिका सदस्य शेर्पा नेकपा ( एमाले) प्रदेश सचिवालय स
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर - १ स्थित हलगडामा तीन वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका एक व्यक्तिले सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर बेपत्ता भएका छन् ।मोरङको विराटचोक घर भएका दर्शन ढकालले २४ जनाभन्दा धेरै जनाको रकम लिएर फरार भएका छन् । ढकालले दर्शन ट्रेडर्स एण्ड सप्लायर्स नामको किराना पसल सञ्चालन गर्दै आएका थिए ।ढकालले विमला श्रेष्ठको ४ लाख, दुर्गाप्रसाद बोगटीको २ लाख, सीता पोखरेलको १ लाख, पर्शुराम बस्नेतको ३ लाख, फूलकुमारी सुबेदीको २ लाद २२ हजार, शिव लिम्बुको २ लाख तथा अन्य दर्जनभन्दा बढी सर्वसाधारणको पैसा लिएर फरार भएको पीडितले बताएका छन् ।आइतबार सबै पीडितहरुको अभिलेखीकरण ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.