सुनसरी/ सुनसरीका एक युवक  पेस्तोलसहित एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।


बर्जु गाउँपालिका ६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार आज प्रहरीले पक्राउ गरेको हो ।


किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको बताइएको छ ।


तत्काल फरार किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका ५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको  इलाका प्रहरी कार्यालय दुवहीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।