सुन्दरहरैँचा / राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटिका नवनिर्बाचित अध्यक्ष प्रबिण घिमिरे तथा सुन्दरहरैँचा नगर कमिटि अध्यक्ष भबिन पाण्डे  सहित जिल्ला र नगरका नेताहरू  सडकमा टागिएका झन्डा ,ब्यानर हटाएर नगर सफाइमा जुटेका छन । 


जिल्ला अधिबेशनको समयमा टागिएका  झन्डा  ब्यानर हटाएर  जनताको भावना तथा नगरको सुन्दरता कायम राख्दै राजनितिक र समाजिक  संस्कार देखाउँने काेसिस गरेको  राष्ट्रिय युवा संघका नव निर्वाचित जिल्ला अध्यक्ष प्रबिण घिमिरेले बताए  । उनले आफुले गरेको कार्यक्रमको सजिसजाउँले सर्वसाधारणलाई समस्या  नहोस भनेर सफाइ अभियान गरिएको प्रतीक्रिया गरे ।


राष्ट्रिय युवा संघ नेपालकाे जिल्ला अधिबेशन सुन्दरहरैँचामा सफलता पूर्वक सम्पन्न भएको साथै सजाएर राखिएका , बाटोमा लगाएका झन्डा ब्यानर कार्यक्रम सम्पन्न गरेपछी सफा गरेर  सुरक्षित राखिएको राष्ट्रिय युवा संघ नेपालका नव निर्वाचित जिल्ला कमिटी सदस्य मनोज दाहालले जानकारी दिए ।