सुनसरी / गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" बोलको गीत सार्वजनिक भएको छ । भोलामान गुरुङको शब्द दीपेन्द्र राई तथा गणेश रिजालकाे सङ्गीत रहेको उक्त गीतमा दीपेन्द्र राई तथा रुद्र श्रेष्ठको ऐरेन्ज रहेको छ । गीत भोलामान गुरुङ अफिसल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।पूर्वी पहाडी जिल्ला सङ्खुवासभा चिचिला गाउँपालिका वाड नम्बर -२ आहालेमा जन्मिएका गुरुङ हाल सुनसरी इनरुवा नगरपालिका - ६ मधेशामा बसोबास गर्दै आफ्नो कला क्षेत्रलाई अगाडी बढाई रहेका छन् । उनी नेपाली सेनामा रहँदा समेत गीत सङ्गीत लाई निरन्तरता दिएका उनले रिटायर भएपश्चात् उनी हाल इटहरी
सुनसरी / सुनसरी बर्जुमा आएर सांसद भगबती चौधरीले बालबालिका देशको कर्णधार भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न शिक्षालय हुनुपर्ने बताएकी छन् ।निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिका वडा नं. १ मा गत माघ १७ गते आफैंले शिलान्याश गरेको नवदुर्गा माध्यामिक विद्यालयको भवन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेकी भगवती चौधरीले सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारले विशेष जोड दिनुपर्ने बताउँदै चौधरीले विद्यालयको पूर्वाधार, शिक्षकहरुको गुणस्तर राम्रो भए विद्यार्थीहरुले पढ्न सक्ने पनि बताइन् ।भवन निर्माणमा संलग्न विद्यालय व्यवस्थापन समिति, स्थानीय, प्रदे
सुन्दरहरैंचा / सुन्दरहरैंचामा समाजिक बिबाद तथा द्वन्द्व ब्यबस्थापनका लागि एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।मोरङको सुन्दरहरैंचा नगरपालिका वडा - ९ कार्यालयमा एराइज नेपाल सोसाइटीले आयोजना गरेको कार्यक्रममा ३० जना बढी महिलाहरूको सहभागी महिलाको क्षमता विकास र सहजीकरण सीप विकासका लागि अपनाउनुपर्ने विधि, गुण र सीपका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमबाट असन्तुष्ट पक्षहरूको समयमै उचित सम्बोधन गरी समाजमा शान्ति सुव्यवस्थाको अनुभूति आमजनतामा गराउन सकिने बिषयमा जोड दिदै द्वन्द्वको सम्भावना न्यून हुने र विद्यमान द्वन्द्वका विभिन्न स्वरूपहरूको व्यवस्थापन र समाधान हुन गई शान्ति
सुन्दरहरैंचा / सुन्दरहरैँचा नगरपालिकाको -१२ औ नगरसभाबाट पारित आर्थिक ऐन २०८० मा उल्लेखित सम्पत्ति करमा भएको हेरफेर तथा विस्तारलाई लिएर स्थानीय नागरिकहरुले व्यक्त गरेको गुनासा र असन्तोषका सम्बन्धमा जनताप्रति पूर्ण जवाफदेही रहेको यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा संविधानले दिएको एकल अधिकार र सो को कार्यान्वयन गर्न कानुन बनाउने अधिकार तथा भूउपयोग ऐन २०७६ तथा नियमावली २०७९ ले दिएको अधिकारहरु प्रयोग गरी सुन्दरहरैँचा नगरपालिकालाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, सुशासन र विकासशील नगरको रुपमा अगाडि बढाउन आन्तरिक तथा बाहय स्रोतहरुको पहिचान गर्ने, स्रोतको समयानुकूल परिमार्जन एवं व
सुनसरी / इटहरी उपमहानगरपालिकाले जनता बहुमुखी क्याम्पस जाने सडक बनाइदिने जनता कलेज बस दिने इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले घोषणा गरेका छन् ।क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिले मंगलबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेट गर्दै शैक्षिक सहयोगका लागि माग पत्र पेस गरेको थियो । क्याम्पसलाई बस अनुदान दिने भएको हो । उपमहानगरपालिकाले नियमित रूपमा प्रदान गर्ने शैक्षिक अनुदानमा जनता बहुमुखी क्याम्पसलाई पनि अनुदान दिने प्रतिबद्धता जनाएको छ । कलेज जाने बाटोमा पर्ने कलभर्ट निर्माणका लागि १८ लाख बजेट दिने, क्याम्पस भित्र ब्लक लगाइदिने र बाटोमा तत्काल २० ट्रिप
सुनसरी / कोशी प्रदेशकै अब्बल मानिने इटहरीको जनता माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरेका छन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुले विभिन्न गीतमा सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । स्वागत कार्यक्रममा कक्षा ११ का १५ जना विद्यार्थी सम्मान गरिएको थियोे । जसमा ३ जनालाई सर्वोकृष्ट सम्मान गरिको थियोे ।विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई माथिल्लो तह कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा स्वागत, सम्मान र सांस्कृतिक कार्यक्रम गर्ने परिपाटीलाई निरन्तर
सुनसरी / सुनसरीको रामधुनीमा एक महिलामाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । रामधुनी नगरपालिका वडा नम्बरञ- ८ स्थित पौडेल चौकमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट भएको हो । चार जना वयस्क व्यक्ति र एक जना नाबालकसमेत मिलेर महिलामाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।स्थानीय सन्तोष साह र उनको परिवार मिलेर यादव समुदाय की एक महिलामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । घटना मङ्गलवार दिउँसो ११ बजेको भएको स्थानीयको भनाई छ ।पीडित महिलालाई घरमा एक्लै भएको बेलामा घरभित्रै कुटपिट गरेर बाहिर ल्याएर समेत कुटपिट गर्न थालेपछि छिमेकीले भिडियो खिचेको भिडियोमा
सुनसरी / मोरङको उर्लाबारीमा आज बिहान ट्रिपरले ठक्कर दिँदा सप्तरी घर भएका एक डाक्टरको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी ४ स्थित ट्रिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर एकापसमा ठक्कर हुँदा मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए ।उपचारका लागि तत्काल उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भएपनि अस्पताल पुर्याएको केही समयपछि
सुनसरी / अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटि वैठकले ४५ वुदे इटहरी घोषणा पत्र सार्वजनिक गरेको छ ।सुनसरीको इटहरीमा हिजो र आज भएको दुइ दिने प्रदेश स्तरिय भएको कार्याशालाले इटहरीको कृषि अनुसन्धान केन्द्रको भवनमा आज पत्रकार सम्मेलन गर्दै ४५ वुदे घोषणापत्र सार्वजनिक गरेको हो ।घोषणापत्रमा मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न किसानहरुले माग गरेका छन् । उक्त रोगका कारण ५५ हजार पशु मरिसकेको र करिब ६० अर्ब रुपैयाँको क्षति भइसकेको बताउँदै नियन्त्रण नभएमा एक अर्बभन्दा बढीको क्षति हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको अखिल नेपाल किसान महासघं कोशी प्रदेशका अध्यक्ष द
राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्र नगरपालीका वार्ड न .१० मा बृक्षरोपण गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीको आयोजनामा गरिने बृक्षारोपण कार्यक्रम निरन्तरता दिदै अभियान अगाडि बढाइएको युवा संघ बराहक्षेत्र नगर कमिटीको अध्यक्षता सन्तोष ओख्रबुले बताउनुभयो ।राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङ साथै विशेष अतिथिमा नेकपा एमाले बराहक्षेत्रकि उपाध्याक्ष सीता भन्डारी पौडेल, नगर सचीव राजेन्द्र कार्की लगाएत रा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.