सुन्दरहरैंचा / सुन्दरहरैंचामा समाजिक बिबाद तथा द्वन्द्व ब्यबस्थापनका लागि एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा - ९ कार्यालयमा एराइज नेपाल सोसाइटीले आयोजना गरेको कार्यक्रममा ३० जना बढी महिलाहरूको सहभागी महिलाको क्षमता विकास र सहजीकरण सीप विकासका लागि अपनाउनुपर्ने विधि, गुण र सीपका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमबाट असन्तुष्ट पक्षहरूको समयमै उचित सम्बोधन गरी समाजमा शान्ति सुव्यवस्थाको अनुभूति आमजनतामा गराउन सकिने बिषयमा जोड दिदै द्वन्द्वको सम्भावना न्यून हुने र विद्यमान द्वन्द्वका विभिन्न स्वरूपहरूको व्यवस्थापन र समाधान हुन गई शान्ति सुव्यवस्था, विकासमा टेवा पुग्ने र आकांक्षालाई मूर्त रूप दिन सकिने वडा नम्बर -९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
सहभागी भगवती अर्याल र मन्दिरा उप्रेतीले सहभागीको तर्फबाट बोल्दै तालिम उपलब्धिमुलक भएको र समय अबधि थोरै भएको बताईन। तालिममा एलएन गच्छदार र सनराइज चौधरीले प्रशिक्षण गरेका थिए ।
तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य तथा सो वडाका जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दल लगायतको उपस्थिति रहेको थियो ।


