सुनसरी / भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गरेका छन् । नेपाल–भारत विकास सहयोगअन्तर्गत रु तीन अर्ब ७४ करोडको लागतमा भवन निर्माण गरिएको हो । तीन तले भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हललगायतको व्यवस्था छ ।परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्याउँदै आएको बताए । उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीह
सुनसरी / मानव धर्म सेवा समितिको आयोजना मा श्री सतपालजी महाराजको उपस्थितिमा बिराट सत्सङ्ग समारोह हुने भएको छ।समितीले आइतबार एक विज्ञप्ती जारी गर्दै विराट सत्संग समारोह आगामी असोज १९ र २० गते इटहरीको डि.भि.एम स्कूल प्राङ्गणमा अपरान्ह ४ बजेदेखि ८ बजे सम्म हुने भएको छ । मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको उपस्थितीमा हुने दुई दिवसीय समारोहका लागि तयारी सुरु भैसकेको समितिले जनाएको छ ।मानव–मानव बिचको प्रेम, सद्भाव, सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया” को प्रेरणा जागृत गराउने उद्देश्यले समारोह आयोजना ग
सुनसरी / भाेजपुर नगरपालिका १२ टक्सार स्थित श्री कृष्ण जन्मष्टमीकाेअवसरमा भएको निशुल्क जलपान तथा रक्तचाप परिक्षण सेवा राष्ट्रिय युवा सघं नेपाल नगर कमिटी भाेजपुरले गरेको छ ।नेपाल रेडक्रस साेसाइटि रक्तसंचार सेवा केन्द्र भाेजपुरकाे प्राविधिक सहयाेगमा १ हजार १ सय ११ जनालाई जलपान दिएको साथै ९७ जनाई लाई रक्तचाप परिक्षण कार्यक्रम राष्ट्रिय युवा सघ नेपाल नगर कमिटी भाेजपुरका अध्यक्ष दिपेन दर्नालले बताए ।राष्ट्रिय युवा सघ नेपाल नगस कमिटी भाेजपुरका अध्यक्ष दिपेन दर्नालको अध्यक्षतामा युवा सघं नेपाल केन्द्रीय सदस्य बिमल रणपहेली बिमल रणपहेलीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । पार्टीका वि
सुनसरी / ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ ।आर्थिक वर्ष २०७९–८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो। नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८ रुपैयाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।समितिका कायकारी निर्देशक मनमणि काफ्लेले अघिल्लो आर्थिक वर्षमा दुई करोड १४ लाख रुपैयाँ भेटी संकलन भएको जानकारी दिए । समितिको कोषमा सात करोड ८८ लाख १०
काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान निधन भएको हो । डेंगीबाट संक्रमित भएपछि उनी उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका थिए । फोक्सोमा समस्या देखिएपछि रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन्। निधन भएका रिजाको पार्थिब शरीर अहिले बिहान ११ बजे देखि अन्तिम श्रद्धान्जलीका लागि राष्ट्रिय सभा गृहमा राखिने भएको छ । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । पाँच दिनको उपचार अवधिमध्ये दुईदिन आइसीयू र दुईदिन
सुनसरी / इटहरी वडा नम्बर १८ को भान्से पोखरीमा रहेको शिव पार्वती मन्दिर समउद्घाटन गरिएको छ । गोदावारी कृतन मण्डली र स्थानीय बासीहरुको संयुक्त सहयोगमा २०७५ साल फाल्गुण २० गते शिवरात्रीको दिन शिलान्यास भएको शिव–पार्वती मन्दिर इटहरी उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष राम कुमार चौधरीले आज समुउद्घाटन गरेका छन् ।कार्यक्रममा इटहरी उपमहानगरपालिका रामधुनी नगरपालिका, गोदावारी कृतन मण्डली, भान्सेपोखरी समाज सेवा समुह, विभिन्न संघ सस्था तथा स्थानीय बासीहरुको आर्थिक सहयोगमा मन्दिर निर्माण कार्य सम्पन्न भएको हो । मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने दिनेश थापा,चन्द्र बहादुर अधिकारी , गोमा
सुनसरी / संस्कार, संस्कृतिको जगेर्ना गर्दै विद्यार्थीहरूलाई त्यसतर्फ उत्प्रेरित गर्ने लक्ष्यका साथ धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कूलमा श्रीकृष्ण जन्माष्टमी मनाईएको छ ।धनकुटा नगरपालिका वडा नं ५ बालमन्दिरमा अवस्थित यस विद्यालयमा वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत मंगलवार एक कार्यक्रमको आयोजना गरि श्रीकृष्ण जन्माष्टमी मनाइएको विद्यालयले जनाएको छ ।कार्यक्रममा विद्यालयका संस्थापक, प्रिन्सिपल राजन पौडेलले शुभकामना सन्देश दिदै सस्कार, संस्कृतिको जगेर्ना र संरक्षण गर्नु सबैको साझा कर्तव्य भएको भन्दै यो विद्यालय त्यस तर्फ सधैं लागि परेको बताए ।कार्यक्रमकै अवरसमा विद्यार्थीहरुले समाजमा विद्यमान विभ
सुनसरी / नेपाल विद्युत् प्राधिकरणको धनकुटा वितरण केन्द्रका सेवाग्राहीहरूबाट झन्डै १८ करोड रुपियाँ बराबरको विद्युत् महसुल उठ्न बाँकी रहेको देखिएको छ ।केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलका अनुसार औद्योगिकतर्फ १४ करोड ४९ लाख ९३ हजार ९रुपियाँ, सरकारी कार्यालयको १ करोड ३८ लाख १४ हजार ८१ रुपियाँ , घरेलु प्रायोजनको १ करोड २८ लाख २९ हजार ९९१ रुपियाँ, खानेपानी पम्पिङको ६८ लाख १९ हजार २८७ रुपियाँ र आन्तरिक उपभोगको ४० लाख ५९ हजार ५४५ रुपियाँ उठाउन बाँकी रहेको छ ।यसैगरी व्यावसयिकतर्फको २५ लाख १३ हजार ९५५रुपियाँ, मनोरञ्जनतर्फको ५६ हजार ८१५ रुपियाँ, गैरघरेलुको २७ हजार ३५० रुपियाँ, धार्मिक तथा सांस्कृतिकको १३
इटहरी / इटहरी उपमहानगरपालिकाले तीन सय प्रतिशतभन्दा बढी कर वृद्वि गरेको विरोधमा नागरिक समाज इटहरीले चरणवद्व आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।पत्रकार सम्मेलन गर्दै नागरिक समाज इटहरीले मौन धर्नादेखि नो ट्याक्स सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । उपमहानगरलाई कर वृद्विको विषयमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण बाध्य भएर चरणवद्व आन्दोलन जानु परेको नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराईले बताइन् ।उनले आन्दोलनको पहिलो दिन भाद्र २० गते जनप्रतिनिधिहरूलाई एसएमएस पठाउने, भाद्र २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी सेयर गर्ने कार्यक्रम रहेको छ ।यस्
सप्तरीः सप्तरीको बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेपछि बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख सिंह निलम्बनमा परेका हुन् । सञ्चालन नै नभएको कार्यक्रमको स्थलगत अनुगमन गरेर योजनाको स्थिति पनि राम्रो रहेको भन्दै सोहीबमोजिम गलत प्रतिवेदन दिएर भ्रष्टाचार गरेकोले नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा चलेको छ । आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रम नै नगरी सम्पन्न भएको भनी १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.