सुनसरी / इटहरी वडा नम्बर १८ को भान्से पोखरीमा रहेको शिव पार्वती मन्दिर समउद्घाटन गरिएको छ ।
गोदावारी कृतन मण्डली र स्थानीय बासीहरुको संयुक्त सहयोगमा २०७५ साल फाल्गुण २० गते शिवरात्रीको दिन शिलान्यास भएको शिव–पार्वती मन्दिर इटहरी उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष राम कुमार चौधरीले आज समुउद्घाटन गरेका छन् ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका रामधुनी नगरपालिका, गोदावारी कृतन मण्डली, भान्सेपोखरी समाज सेवा समुह, विभिन्न संघ सस्था तथा स्थानीय बासीहरुको आर्थिक सहयोगमा मन्दिर निर्माण कार्य सम्पन्न भएको हो ।
मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने दिनेश थापा,चन्द्र बहादुर अधिकारी , गोमा अधिकारी ,दिनेश खड्का, बबिता खड्का, उमेश खड्का, हरिनारायण चौधरी , लङ्क बहादुर खत्री दाहाल, धरान र रामधुनीका आर्थिक सहयोग गर्ने दाता लगाएत एक सय वढी दाताहरुलाई सम्मान गरिएको थियो ।
विष्णु कुमार कटुवालको सक्रियतामा कार्यक्रम सञ्चालन गरिएको थियो भने कार्यक्रमको अध्यक्ष्ता शुरवीर बुढाथोकीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष राम कुमार चौधरी, विशिष्ट अतिथि रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापा, अथिति दिनेश थापा,राजन अधिकारी , पूर्ण अधिकारी, तिर्थ अधिकारी , प्रकाश अधिकारी , आर्थिक सहयोग गर्ने दाताहरू स्थानीय व्यक्ति लगाएतको उपस्थिति रहेको थियोे ।



