सुनसरी / नेपाल विद्युत् प्राधिकरणको धनकुटा वितरण केन्द्रका सेवाग्राहीहरूबाट झन्डै १८ करोड रुपियाँ बराबरको विद्युत् महसुल उठ्न बाँकी रहेको देखिएको छ ।
केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलका अनुसार औद्योगिकतर्फ १४ करोड ४९ लाख ९३ हजार ९रुपियाँ, सरकारी कार्यालयको १ करोड ३८ लाख १४ हजार ८१ रुपियाँ , घरेलु प्रायोजनको १ करोड २८ लाख २९ हजार ९९१ रुपियाँ, खानेपानी पम्पिङको ६८ लाख १९ हजार २८७ रुपियाँ र आन्तरिक उपभोगको ४० लाख ५९ हजार ५४५ रुपियाँ उठाउन बाँकी रहेको छ ।
यसैगरी व्यावसयिकतर्फको २५ लाख १३ हजार ९५५रुपियाँ, मनोरञ्जनतर्फको ५६ हजार ८१५ रुपियाँ, गैरघरेलुको २७ हजार ३५० रुपियाँ, धार्मिक तथा सांस्कृतिकको १३ हजार ३८८ रुपियाँ र अस्थायी आपूर्तिको ४ हजार ६०३ रुपियाँ नउठेको उनी बताउँछन् ।
यता, निगाले सिमेन्ट उद्योग प्रालिको १५ करोड ७७ लाख २ हजार ५२९ रुपियाँ बक्यौता रहेको छ । गोकुण्डेश्वर बालमन्दिर माविको ६१ हजार १ सय, जिविस भवन भेडेटारको ४० हजार २७२, जिविस क्वाटरको ३२ हजार २६७, यातायात व्यवस्था सेवा कार्यालय धनकुटाको ३० हजार ४८७, पुलिस स्टेशन मुढेबासको २४ हजार ९४ र शिक्षा विकास निर्देशनालयको २१ हजार ३६२ उठाउन बाँकी रहेको छ ।
यसैगरी इलाका हुलाक कार्यालय धनकुटाको २० हजार ६, प्रजिअ आवासको १८ हजार १ सय ७५, आँखिसल्ला स्वास्थ्य चौकीको १८ हजार १४, प्रहरी चौकी छ नं. बुधबारको १६ हजार ६३४, जिविस भ्यूटावर भेडेटारको १५ हजार ५१, जाल्पादेखि प्राविको १४ हजार ८५ र सिद्ध ठाकुर आधारभूत विद्यालयको १२ हजार ८ रुपियाँ महसुल नउठेको प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणले महसुल नतिर्ने सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । तर, लाइन काट्न सुरु नगर्दा बक्यौता तिर्न कोही पनि नआएका हुन् ।


