All Posts By कोशी प्रेस

    Showing १०,३६१-१०,३७० of १३,७४३ items.
  • एकिकृत ग्रामिण विकास समाजको साधारण सभा सम्पन्न

    महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीको २९ औं वार्षिक साधारण सभा आज भाद्र २८ गते एक कार्यक्रमका बीच बर्दिबासमा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा बोल्नु हुँदै संघीय सभासद् माननीय श्याम कुमार घिमिरेले भौतिक विकास भन्दा मानवीय विकास महत्वपूर्ण भएको बताउनुभयो ।समुदायको विकास र सशक्तिकरणमा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु हुँदै घिमिरेले भन्नुभयो “अति विपन्न वर्ग र पहुँच बाहिर रहेका समुदाय, वर्गको उत्थान गरी राष्ट्रको समग्र विकासमा योगदान गर्नुपर्छ ।”सोही अवसरमा बोल्नु हुँदै इलाका प्रशासन कार्यालय बर्दिबासका कार्यालय प्रमुख सुनिल शर्मा पौडेलले गैरसरकारी संस्थाहरु सरकारको सहयोगी

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • १४४ पटक पढिएको
  • बेलबारी जेसिजले एकैपटक हेर्यो सयौँ बुबाआमाको मुख

    सुनसरी / कुशै औँसी अर्थात बुबाको मुख हेर्न दिनका अबसरमा बिहिबार बेलबारी जेसिजले सयौँ बुबा आमाको मुख हेरेको छ ।बेलबारी १ स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित ज्येष्ठ नागरिक सँग बेलबारी जेसिज नामक कार्यक्रम आयोजना गरेर बृद्धबृद्धाहरुको मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको बेलबारी जेसिजका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन) ले बताए ।कार्यक्रम संयोजक जनम नेपालको संयोजकत्व र महासचिब पुष्पक सुवेदी (सियोम) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधवराज थापा,शेषराज घिमिरे,बेलबारी वडा नम्बर १ का अध्यक्ष मणि पुलामी मगर लगायतले शुभकामना मनतब्य  राखेका थिए

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • १२० पटक पढिएको
  • इटहरीमा याैनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए तीज

    इटहरी /  मानव कल्याण समाज इटहरीले बिहीबार तीज मिलन तथा दर खाने कार्यक्रमकाे आयाेजना गरेको छ । तीज मिलन तथा दर खाने कार्यक्रममा याैनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वयर) समुदायले तिज गितमा छमछम नाचेर मनोरञ्जन सहित दर खाएर मनाएका थिए ।क्वयर समुदायका व्यक्तिलाई समाज र घरपरिवार भित्रै लान्छना लगाउने, हेला अपमान गर्ने प्रवृत्ति रहेकाे र त्यसलाई रचनात्मक प्रतिवादका रूपमा तीज मनाउने गरेकाे मानव कल्याण समाजका कार्यक्रम संयोजक देवनारायण चाैधरीले बताए । साथै यस समुदायका महिलाहरूले पनि असल पतिको कामना गरेर तीजको ब्रत बसेर मनाउने तीज गरेको  चाैधरीले बताए ।मानव कल्याण समाज इटहरीले आयोजना गरेको कार्यक

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • २५३ पटक पढिएको
  • उवासंघ बेलबारीको आयोजनामा भएको रत्तदानमा ७५ पिन्ट रगत संकलन

    सुनसरी / उद्योग बाणिज्य संघ बेलबारीको आयोजनामा बिहिबार बिहान भएको रत्तदानमा ७५ पिन्ट रगत संकलन भएको छ ।बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा नेपाल रेडक्रस सोसाईटी मोरंगको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) सहित ७५ जनाले रत्तदान गरेका छन । पछिल्लो समय रगतको अभाव भईरहेका बेला अभाव टार्न थोरै भएपनि सहयोग पुर्याउने लक्ष्यका साथ रत्तदान आयोजना गरिएको उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताए ।कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख कोईरालाले बिभिन्न अस्पतालहरुमा रगतको अभाव भई बिरामीहरुले ज्यान नै गुमाउनु परिरहेको अबस्थामा उवासंघ बेलबारीले

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • २२३ पटक पढिएको
  • हतुवागढी गाउँपालिकाद्धारा ‘पालिका गान/गीत’ रचनाको लागि आह्वान

    सुनसरी / भोजपुरको हतुवागढी गाउँपालिकाले “पालिका गान/गीत” रचनाको लागि आह्वान गरेको छ । यहाँको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, परम्परा, रितरिवाज, मौलिकता, जाती, भाषा, भौगोलिक क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय लगायतको विषय समेटेर पालिका गानको रचना गर्नको लागि आह्वान गरेको हो ।एक सूचना जारी गर्दैै गाउँपालिकाले ३० भित्र आफ्नो रचनाको प्रतिलिपि गाउँपालिकाको इमेलमा पठाउनसमेत गाउँपालिकाले अनुरोध गरेको हो । रचना ४- ७ मिनेट भित्र संगीत भर्न र गाउन सकिने गरी १२-१६ लाईनको सुचनामा उल्लेख गरिएको छ ।तोकिएको मितिमा रचनाहरु प्राप्त भए पछि रचना

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • २७४ पटक पढिएको
  • युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै

    सुनसरी / नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औं जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।विसं १९२३ भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ११५ पटक पढिएको
  • सुवास नेम्वाङको आज दाहसंस्कार गरिने

    काठमाडौं / संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाहसंस्कार गरिने भएको छ । पार्टी मुख्यालयबाट हिजो पार्थिव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाए पछि आजै अपरान्ह १२ बजे अन्तिम संस्कार गरिन लागिएको हो ।गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबारदेखि राखिएको थियो । र, हिजो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।नेम्वाङको अन्त्येष्टि बिहीबार पुशपति आर्यघाटमा गर्ने कार्यक्रम छ भ

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ९४ पटक पढिएको
  • विश्वका सय उदीयमान नेताको सूचीमा काठमाडौं महानगरपालिकाका ३३ बर्षका मेयर बालेन शाह

    काठमाडौं / प्रतिष्ठित टाइम म्यागजिनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई यसवर्षका सय उदयीमान व्यक्तिको सूचीमा छनोट गरेको छ । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ ।सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ ।सहरका गैरकानूनी संरचना भत्काएर आफ्ना प्रतिबद्धताको कार्यान्वयनमा बालेन अघि बढेको भन्दै म्यागजिनले प्रशंसा समेत गरेको छ । ‘शक्तिमा पुगेदेखि शाहले ल्यान्

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ९८ पटक पढिएको
  • आज कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन

    काठमाडौं / भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजक

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • १०९ पटक पढिएको
  • गाई काटेको विरोधमा काठमाडौंमा राप्रपाको प्रदर्शन

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको बिरोधमा प्रदर्शन गरेको छ।बुधबार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो।सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरूप सरकारविरुद्ध प्रदर्शन गरेको छ। भृकुटीमण्डपबाट शुरु भएको बिरोध र्‍याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]