इटहरी /  मानव कल्याण समाज इटहरीले बिहीबार तीज मिलन तथा दर खाने कार्यक्रमकाे आयाेजना गरेको छ । तीज मिलन तथा दर खाने कार्यक्रममा याैनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वयर) समुदायले तिज गितमा छमछम नाचेर मनोरञ्जन सहित दर खाएर मनाएका थिए ।


क्वयर समुदायका व्यक्तिलाई समाज र घरपरिवार भित्रै लान्छना लगाउने, हेला अपमान गर्ने प्रवृत्ति रहेकाे र त्यसलाई रचनात्मक प्रतिवादका रूपमा तीज मनाउने गरेकाे मानव कल्याण समाजका कार्यक्रम संयोजक देवनारायण चाैधरीले बताए । साथै यस समुदायका महिलाहरूले पनि असल पतिको कामना गरेर तीजको ब्रत बसेर मनाउने तीज गरेको  चाैधरीले बताए ।


मानव कल्याण समाज इटहरीले आयोजना गरेको कार्यक्रममा मानव कल्याण समाज इटहरीकि अध्यक्ष मुस्कान श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत झापा, मोरङ , सुनसरीका सय भन्दा बढी याैनिक तथा लैङ्गिक अल्पसंख्य व्यक्तिको उपस्थिति रहेको थियोे ।IMG_20230914_143135IMG_20230914_151342