सुनसरी / भोजपुरको हतुवागढी गाउँपालिकाले “पालिका गान/गीत” रचनाको लागि आह्वान गरेको छ । 


यहाँको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, परम्परा, रितरिवाज, मौलिकता, जाती, भाषा, भौगोलिक क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय लगायतको विषय समेटेर पालिका गानको रचना गर्नको लागि आह्वान गरेको हो ।


एक सूचना जारी गर्दैै गाउँपालिकाले ३० भित्र आफ्नो रचनाको प्रतिलिपि गाउँपालिकाको इमेलमा पठाउनसमेत गाउँपालिकाले अनुरोध गरेको हो । रचना ४- ७ मिनेट भित्र संगीत भर्न र गाउन सकिने गरी १२-१६ लाईनको सुचनामा उल्लेख गरिएको छ ।


तोकिएको मितिमा रचनाहरु प्राप्त भए पछि रचना छनौट समिति मार्फत सर्वोत्कृष्ट रचना छनौट गरी गाउँपालिका मित्रका संगीतकार संगीतकारहरु बाट संगीतबद्ध , गायकहरु, गायिकाहरु बाट स्वरबद्ध गर्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ ।


प्राप्त रचनाहरुको रचनाकारहरुलाई प्रशंसापत्रले सम्मान गरिनेछ । सर्वोउत्कृष्ट रचनाका रचनाकार, गायक तथा संगीतकारलाई प्रशंसापत्र र कदरपत्र सहित विशेष सम्मान गरिने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राइले जानकारी दिए ।


रचना उपलब्ध गर्ने ईमेल आईडि hatuwagadhi.rural [email protected] मा पठाउन सकिने छ  ।