All Posts By कोशी प्रेस

    Showing १०,३२१-१०,३३० of १३,७४३ items.
  • आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

    काठमाडौं / सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो। दुई पक्षबीचको वार्तामा सहमति जुटेको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको उनले बताइन्  । साथै उनले सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको र शिक्षकहरूले आन्दोलन स्थगित गर्ने पनि बताइन् ।बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । सरकारले संसदमा दर्ता गरेको विद्य

    • प्रकाशित मितिः असोज ५, २०८०
    • २४४ पटक पढिएको
  • इटहरीमा नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक

    सुनसरी / इटहरीमा नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।शुक्रबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेका दुवैजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका ५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका ६ बस्ने अजय राई रहेका छन् ।उनीहरूको साथबाट प्रहरीले १५ लाख ८७ हजार नक्कली नोट बरामद गरेको इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनले दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।उनीहरुको साथबाट एक हजार रुपैया दरका १ हजार ५८७ वटा नोट बरामद भएको छ । नोटह

    • प्रकाशित मितिः असोज ५, २०८०
    • १२४ पटक पढिएको
  • इटहरीको कर वृद्धिविरुद्ध रास्वपाले २७ हजार बढीको हस्ताक्षर संकलन गर्यो

    इटहरी / इटहरी उपमहानगरपालिका अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीले करको मूल्य वृद्धि विरुद्धमा १७ हजार बढीको हस्ताक्षर संकलन गरेको छ । कर घटाउनका लागि गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएको रास्वपाले २३ गतेदेखि लगातार उपमहानगरपालिका धर्ना तथा हस्ताक्षर संकलन अभियान चलाएको  रास्वपा कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनालीले जानकारी दिए ।हस्ताक्षर गर्ने हरेकको विवरणसहित मेयरलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको मैनालीले जानकारी दिए । कर घटाउने प्रक्रिया अगाडी नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने उनले बताए । यता उपमहानगरपालिकाले भने कर घटाउन कुनै चासो दिएको छैन । व्या

    • प्रकाशित मितिः असोज ५, २०८०
    • १९५ पटक पढिएको
  • एमालेले पार्टी र नेताका नाममा ‘फेक आइडी’ चलाउनेलाई कारबाही गर्ने

    काठमाडौं / नेकपा (एमाले) ले आफ्नाे पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली आइडी बनाएर सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई कारबाहीकाे दायरमा ल्याउने जनाएकाे छ । एमालेले आम नागरिक र पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले हिजाे विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको बताउनु भएकाे ह

    • प्रकाशित मितिः असोज ५, २०८०
    • १७८ पटक पढिएको
  • कृषि अनुसन्धान निर्देशनालय तरहराले मोती खेती थाल्यो

    इटहरी / कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीले मोती उत्पादनका लागि सिपी खेतीको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।कृषि प्रणालीको नाफा बढाउन र नयाँ जल कृषि क्षेत्रको विस्तारको लागि मोती उत्पादन गर्ने सिपी पालन नेपालमा पनि सम्भव रहेको पुष्टि भएपछि कोसी प्रदेशमा पनि यसको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । मत्स्य अनुसन्धान केन्द्र पोखराले गरेको अध्ययनले नेपालमा पनि सिपी खेती गरेर आम्दानी बढाउन सकिने पुष्टि भएपछि यसको बिस्तारको लागि कोसी प्रदेशमा पनि अध्ययन सुरु गरिएको कृषि अनुसन्धान निर्देशनालय तरहराका प्रमुख केशव श्रेष्ठले बताए ।नेपालमा मोती खेती गर्ने प्रविधिको अभाव भए पनि ७ बर्स अघिदेखि यसको अनु

    • प्रकाशित मितिः असोज ५, २०८०
    • १०३ पटक पढिएको
  • नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा तालाबन्दी

    सुनसरी / नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा तालाबन्दी गरिएको छ ।महासंघ मोरङको कार्यबाहक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए ।उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र नक्कली रहेको र कार्यबाहक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ ।पत्रकार महासंघको विधानको दफा २२ ले अध्यक्षको अनुपस्थिति वा देशबाहिर रहेमा दोस्रो बरियताको उ

    • प्रकाशित मितिः असोज ४, २०८०
    • १२८ पटक पढिएको
  • दलहरूको गोप्य बैठक पत्रकारहरूले थाहा पाएन् : रेवतिरमण भण्डारी

    सुनसरी / नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले  होटल तथा प्रदेश सभाहरूमा हुने दलहरूको गोप्य बैठकको समाचारमा पत्रकारहरू चुकेको बताए ।भर्खरै पनि प्रदेश सभा सचिवालयमा रहेको मुख्यमन्त्रीको कार्यकक्षमा असोज १ गते बसेको बैठकका बारेमा पत्रकारले थाहा समेत नपाएको उनले बताए । कतिपय होटलहरुमा बस्ने त्यस्ता गोप्य बैठकको बारेमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूले कतिपय अवस्थामा थाहा नै नपाएको भण्डारीले सुनाए । कोसी प्रदेश संसदीय पत्रकार मञ्चका पत्रकारसँग अन्तर संवाद गर्दै प्रमुख सचेतक भण्डारीले आफ्नो अनुभव यसरी सुनाएका हुन । कोशी प्रदेशमा माननीयसँग संसदीय पत्रकार अ

    • प्रकाशित मितिः असोज ४, २०८०
    • २२३ पटक पढिएको
  • इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी एमालेमै कमब्याक !

    सुनसरी / इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तस्वीर खिचाएर सार्वजनिक गरेका छन् । उनी लामो समयपछि सामाजिक सञ्जालमा देखिएका हुन् । गत वर्षको पुसमा आफ्नो फेसबुकमा प्रोफाइल फोटो परिवर्तन गरेपछि सामाजिक सञ्जालमा सक्रिय नभएका उनले एमाले अध्यक्ष ओलीसँगको तस्वीर सार्वजनिक गरेका हुन् ।ओली निवास बालकोटमा खिँचिएको तस्वीरको क्याप्सनमा उनले लेखेका छन्, ‘श्रद्धेय कमरेड सङ्ग फेरि ।’ लामो समयको अन्तरालपछि सामाजिक सञ्जालमा उनको कमब्याक, त्यो पनि एमाले अध्यक्ष ओलीसँगको तस्वीरबाट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यससँगै एमालेका स्थानीय वृत्तमा चौधरी पु

    • प्रकाशित मितिः असोज ४, २०८०
    • २१३ पटक पढिएको
  • दिक्तेलमा कोशीका मन्त्री मेन्याङ्बोमाथि दुर्व्यवहार

    सुनसरी / कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तिलककुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले आज कालो झन्डा देखाएका छन् ।जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चौकमा उनलाई कालो झन्डा देखाएका हुन् ।कालो झन्डा देखाउने र सुरक्षाकर्मीबीच झडप हुँदा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन् । बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताए ।

    • प्रकाशित मितिः असोज ४, २०८०
    • १९२ पटक पढिएको
  • बुढी खोलाको अवैध उत्खननका बिषयमा इटहरी उपमहानगरकाको ध्यान गएन , उपमहानगरको भूमिका सार्वजनिक गर्न वडाध्यक्षकै माग

    सुनसरी / इटहरी उपमहानगरपालिकाकाले नियम विपरित खोला उत्खनन गरेको बिषय प्रतिदिन पेचिलो बन्दै गएको छ । तर, इटहरी उपमहानगरपालिका भने यस बिषयमा खानका तेल हालेर चुपचास बसेको छ । नियम अनुसार  नेपालका खोला नदीमा साउन १ गतेदेखि असोज मसान्तसम्म उत्खनन गर्न पाइँदैन । लुकी छिपी कसैले उत्खनन गरे कानूनी कार्वाही गर्ने निकायका रुपमा रहेको इटहरी उपमहानगरपालिकाले नै बुढी खोलामा उत्खनन गरेपछि यो बिषय निकै पेचिलो बन्न पुगेको हो । आइतबार बिहानै एमालेबाट निर्वाचित वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाले आफ्नो फेसबुकमा स्टाटस लेख्दै ‘बुढी खोलाको अबैध उत्खननमा इटहरी उपमहानगरपालिकाको भुमिका के हो ? स

    • प्रकाशित मितिः असोज ४, २०८०
    • १२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]