All Posts By कोशी प्रेस

    Showing १०,२६१-१०,२७० of १३,७४३ items.
  • बेलबारी जेसिजको आयोजनामा युवा लक्षित तालिम

    सुन्दरहरैंचा / बेलबारी जेसिजको आयोजनामा शुक्रबार युवालक्षित तालिम  UNLEASH YOUR PROTENTIAL नामक कार्यक्रम सम्पन्न भएको छ ।बेलबारी नगरपालिका - १ स्थित क्रिमसन एजुकेशन हवको सभाहलमा भएको कार्यक्रममा ५० बढी युवाहरुको सहभागिता रहेको थियो  । तालिममा बेतना दैनिकका सम्पादक नरेन्द्र बूनेत र गछिया जेसिजका अध्यक्ष प्रदिप बिष्टले सहजीकरण गरेका थिए । बेलबारी जेसिजका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन) को अध्यक्षता इृन्द्रपुर जेसिजका पुर्व अध्यक्ष कृष्णप्रसाद ओझाको प्रमुख आतिथ्य र बेलबारी जेसिजका महासचिब पुष्कल सुवेदी (सियोम) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    • प्रकाशित मितिः असोज १९, २०८०
    • १३४ पटक पढिएको
  • इटहरीमा हात्तीले दुःख दिएपछि उपमहानगरले साइरन दियो

    सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर- २ शान्तिनगरमा जंगली हातीले रातभर दुःख दिन थालेपछि उपमहानगरापलिकाले हात्ती भगाउने चारवटा साइरन जडान गरिदिएको हो ।चारकोसे नजिक वस्ती रहेका कारण इटहरी २ नं. वडाको शान्तिनगरमा दैनिकजसो हात्तीका बथानहरू आउन थालेपछि उपमहानगरले साइरन जडान गरिदिएको जनाएको छ ।स्थानीय रोशन अधिकारीले रातभर आउने हात्तीले आँफूहरू जागै बस्नुपरेको बताए । उनले पटकपटक इटहरी उपमहानगरलाई जानकारी गराएपछि साइरन उपलब्ध भएको जनाए ।इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको भनाइ उदृत गर्दै अधिकारीले जंगलसँग शान्तिनगर जोडिएकाले उज्यालो बनाउनका लागि २५ थान बत्तीसमेत दिन लागेको बताए ।केही

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २२२ पटक पढिएको
  • धरानमा ट्रक र स्कुटर एकापसमा ठक्कर भइ दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु

    सुनसरी / धरान ८ स्थित लांघाली चोकमा भएको सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ । शुक्रबार तीव्र गतिमा आएको स्कुटर र ट्रक एकआपसमा ठोक्किंदा स्कुटर चालक आशबहादुर राईको मृत्यु  भएको हो । भोजपुरको हतुवागढी गाउँपालिका- २ घर भ इटहरीको वडा नम्बर -९ स्थित बस्दै आएका आशबहादुर होलसेल किराना पसल सञ्चालन गर्दै आएका थिए । लांघाली चोकस्थित कोशी लोकमार्गमा उतरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ४०६३ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १०२०४५ प ३७४ नं को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक इटहरी ९ का आशबहादुर राई र स्कुटरमा सवार धनकुटा साँगुरीगढी (९ का टेकबहादुर राई&n

    • प्रकाशित मितिः असोज १९, २०८०
    • १८७ पटक पढिएको
  • झापामा हाफ पाइन्ट र मिनिस्कट लाउनेलाई कार्यलय प्रवेशमा रोक लगाउने

    सुनसरी / जिल्ला प्रशासन कार्यलय झापाले स्वभाविक सभ्य पोशाकमा आउन सेवाग्राहीलाई अनुरोध गरेको छ । प्रशासन कार्यालयले असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयमा आउँदा अनिवार्यरुपमा स्वाभाविक र सभ्य देखिने पोशाक लगाएर आउन आग्रह गरेको छ ।प्रशासन शाखाबाट जारी सूचनामा पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनी स्कर्टजस्ता भड्किला, असभ्य र अस्वाभाविक देखिने पोशाक लगाएर आएको खण्डमा कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको व्यहोरा उल्लेख छ ।दैनिकजसो हाफ पाइन्टमा र मिनी स्कर्टमा आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले सम्झाइ बुझाइ बाहिर पठाउने गरेका छन् । कतिपयले सूचनाका बारेम

    • प्रकाशित मितिः असोज १९, २०८०
    • १३४ पटक पढिएको
  • इटहरीमा भोलि सार्वजनिक विदा हुने

    इटहरी / इटहरी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ ।शुक्रबार भोलि थारु जातिको पर्व जितिया पर्वको अवसर पारेर सार्वजनिक विदा दिएको हो । थारु जातिलाई प्रथम नागरिक घोषणा गरेको उपमहानगरपालिकाले शुक्रबार नै सार्वजनिक बिदा दिएको हो ।उपमहानगरले बिहीबार एक सुचना जारी गर्दै इटहरी अस्पताल बाहेक इटहरी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यलय र अन्तर्गतका सम्पूर्ण कार्यलयहरु तथा नगर क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरु बिदा रहने जनाएको हो । 

    • प्रकाशित मितिः असोज १८, २०८०
    • १५४ पटक पढिएको
  • जितिया पर्वको अवसरमा देवानगञ्ज गाउँपालिकामा सार्वजनिक बिदा

    सुनसरी / सुनसरीको देवानगञ्ज गाउँपालिकाले भोलि शुक्रवार नेपालको तराई क्षेत्रमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व जितियाको अवसरमा स्थानिय बिदा दिएको छ । मिथिला क्षेत्रका महिलाहरुले बिशेषगरी विवाहित हिन्दु नारीहरुले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म निहार ब्रत बसी मनाउने जितिया पावैन (पर्व) मा स्थानिय बिदा दिने निर्णय गरेको गउँपालिकाका प्रशासकीय अधिकृत मचिन्द्र थलङ (लिम्बु) ले जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः असोज १८, २०८०
    • १३३ पटक पढिएको
  • राष्ट्रिय युवा संघ इटहरी द्वारा स्व. नेम्वाङको स्मृतिमा फुटसल आयोजना

    इटहरी/ संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज १९ र २०  गते राष्ट्रिय युवा संघ इटहरीले फुटसल आयोजना गर्ने भएको छ । असोज १९ गते पाथिभरा फुटसल काव्यबाटिकामा बिहान सात बजे बाट सुरु हुने " स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" खेल १९ र २० गते २ दिन चल्ने र खेलमा इटहरी उपमहानगरपालिका भित्रका २८ ओटा टिमले प्रतिस्पर्धा गर्ने र प्रतियोगितामा प्रथम हुनेले ५१ हजार सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ३१हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय युवा संघ इटहरीका अध्यक्ष कमल जङ्ग दाहाल ले बताए ।स्व.सुवासचन्द्र नेम्वाङ स्मृत

    • प्रकाशित मितिः असोज १८, २०८०
    • १,६०३ पटक पढिएको
  • सुन्दरहरैंचाको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले अभिभावक शिक्षा कार्यक्रम गर्यो

    सुनसरी / मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले बुधबार अभिभावक शिक्षा कार्यक्रम  गरेको छ । प्लेग्रुप र युकेजिमा अध्यरत बालबालिका बिद्यार्थी, उनिहरुका अभिभावक तथा शिक्षकलाई सहजीकरण गरेको हो । वालवालिका वा विद्यार्थीका लागि अभिभावकको भूमिका कति अमूल्य छ भन्ने प्रष्ट पार्न अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिएको प्रधानध्यापक टिकाराम ढकालले बताए । शिक्षामा गुस्तर कायम गर्नका लागि तिन वटा पिल्लर अभिभावक, शिक्षक र विद्यार्थी मध्ये यसलाई एउटा पिल्लरका रुपमा लिन सकिने कुरामा प्रिन्सिपल ढकालको जोड थियो ।विद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्

    • प्रकाशित मितिः असोज १८, २०८०
    • २०९ पटक पढिएको
  • गछिया नकआउट फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लबले

    सुनसरी /  गछिया नकआउट फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लबले हात परेको छ । असोज ३ गते देखि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -७ मा गछिया फुटबल क्लबले आयोजना गरेको खेलमा  इटहरी फुटबल  क्लबले पहिलो पुरस्कार हात पारेको हो   । इटहरीले पेनाल्टीमा ९ गोल प्रहार गरेर पहिलो पुरस्कार  २० हजार  नगद सहित प्रमाण पत्र , मेडण  हात पारेको हो । दोस्रोमा दुलारी फुटबल क्लबले  मेणड प्रमाण पत्र सहित १२ हजार हजार पुरस्कार पाएको थियो  । १४ टिमको सहभागीमता खेल भएको थियोे ।खेलको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका 

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ५१३ पटक पढिएको
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरूले उदयपुरगढी भ्रमण

    इटहरी / ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् ।इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो ।बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए ।उक्त भ्रमणमा सहभागी कक्षा

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ६९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]