सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर- २ शान्तिनगरमा जंगली हातीले रातभर दुःख दिन थालेपछि उपमहानगरापलिकाले हात्ती भगाउने चारवटा साइरन जडान गरिदिएको हो ।


चारकोसे नजिक वस्ती रहेका कारण इटहरी २ नं. वडाको शान्तिनगरमा दैनिकजसो हात्तीका बथानहरू आउन थालेपछि उपमहानगरले साइरन जडान गरिदिएको जनाएको छ ।


स्थानीय रोशन अधिकारीले रातभर आउने हात्तीले आँफूहरू जागै बस्नुपरेको बताए । उनले पटकपटक इटहरी उपमहानगरलाई जानकारी गराएपछि साइरन उपलब्ध भएको जनाए ।


इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको भनाइ उदृत गर्दै अधिकारीले जंगलसँग शान्तिनगर जोडिएकाले उज्यालो बनाउनका लागि २५ थान बत्तीसमेत दिन लागेको बताए ।


केही साताअघि इटहरी २ बूढासुब्बा मन्दिर नजिकै आएका एक स्थानीयको घरसमेत हात्तीले भत्काएको थियो ।