इटहरी / नेपालीहरूको महान चार्ड नजिकिँदै गरेकाले इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ ।नेपालीहरूको महान चार्ड बडादसैँ र तिहारलाई लक्षित गरेर कोशी प्रदेश ट्राफिक प्रहरीको पहलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन यात्रु सहायता कक्ष स्थापना गरेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । दसैँ तिहारमा यात्रुको चाप बढी हुने हुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता घटनालाई रोक्न यात्रु सहा
सुनसरी / ईटहरी उपमहानगरपालिका वडा नम्बर १७ का इटहरीका प्रथम जाति थारू समुदायको जितिया पर्व मनाइका छन् थारू कल्याणकारिणी सभा इटहरी - १७ को आयोजनामा ईटहरी उपमहानगरपालिका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् । हरेक वर्षझै यस वर्ष पनि थारु कला, संस्कृती, भेषभुषा तथा थारुहरुको पहिचानको जर्गेणा गर्दै साँस्कृतिक मनोरञ्जनका साथ जितिया पर्व मनाइको हो ।कार्यक्रमका वक्ताहरुले जातिय भेषभुषा, कला संस्कृति संरक्षणका जोड दिएका थिए । थारु समुदायका महिलाहरुले सन्तानको दिघार्यु सुख शान्तिको कामना गर्दै जितमहानको निरहार व्रत बसेर जितिया पर्व मनाउने चलन रहेको छ । सो कार्यक्रममा सांस्कृ
सुनसरी / महिला सीप विकास केन्द्र इटहरीले सेलिब्रेटी वृमनहुड कार्यक्रम अन्तर्गत जना महिलालाई सम्मान गरेको छ ।इटहरीमा नव देवि सम्मान २०८० कोशी प्रदेश प्रथम एपिसोडमा महिला सीप विकास केन्द्र इटहरीले सेलिब्रेटी वृमनहुड कार्यक्रम अन्तर्गत जना महिलालाई सम्मान गरेको छ । जसमा नवदेवी सम्मान कार्यक्रम मार्फत रिना घिमिरे, नजमुल खान, कुन्ती गुरुङ, कृष्णा अधिकारी, सुभद्रा प्याकुरेल, सीता श्रेष्ठ, गंगा गौतम, बालिका खड्का भटराई र झरना न्यौपानेलाई सम्मान गरिएको हो । घिमिरे, खान, गुरुङलाई क्रमशः अन्नपूर्ण, भगवती र भवानी अवार्डबाट सम्मानित गरिएको हो भने अधिकारी, प्याकुरेल र श्रेष्ठलाई दुर्गा, करुणा र ल
काठमाडौं / नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ ।यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जानकारी दिए।कार्यकारी निर्देशक शाक्यका अनुसार सर्वसाधारणले रु। ५, रु। १०, रु। २०। रु। ५० र रु। १०० दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन्। करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही हुने लक्ष्यस्वरूप तयारी भइरहेको उनले जानकारी दिए। गत वर्
सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन । कोशी प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको र कोशी प्रदेशको राजनीतिक स्थायीत्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु को विकल्प नभएको भन्दै उनले एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको धारणा राखे । उनले कोशी प्रदेशको राजनीति जटिल मोडमा पु
इटहरी / इटहरी २ स्थित आपगाछीमा आज देखि १५ दिने सांस्कृतिक पर्यटन महोत्सव सुरू हुने भएको छ ।महोत्सवका प्रमुख अथिति उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष भिम बहादुर पौडेल उद्घाटन गरेका हुन् । विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीका अध्यक्ष बिशुधन राईको अध्यक्षतामा महोत्सव सुरू भएको हो । आजको उद्घाटन कार्यक्रममा सांस्कृतिक नाच, इटहरी २ का जेष्ठ नागरिकलाई सम्मान गरिएको थियोे ।स्थानीय पर्यटन, सांस्कृतिलाई जगेर्ना गर्न ,व्यापार व्यवसायलाई उब्जाउने उद्देश्यसहित आज सुरु हुन लागेको महोत्सवको पहिलो दिन गायिका अस्मिता अधिकारीको प्रस्तुति रहेको छ । असोज २० गते (आज)बाट सुरु हन लागेको महोत्सव कार्तिक ४
सुनसरी / राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन नगर स्तरीय प्रतिभा पहिचान कार्यक्रम २०८० मा बेलबारी ४ को डेल्टा इङलिस स्कुल नगर प्रथम भएको छ । हस्तलेखन(अंग्रेजी र नेपाली), चित्रकला र वक्तृत्वकला तीन वटै विधामा सिनियर र जुनियर २ वटा तहमा प्रतियोगिता भएको थियो । वक्तृत्वकला सिनियरतर्फ देश विकासमा पर्यटनको महत्व” र जुनियरतर्फ विद्यार्थी जीवनमा अनुशासनको महत्व भन्ने शीर्षकमा भएको थियो ।जसमा सहभागी विद्यालयहरुमध्ये सिनियरतर्फ मोरङ ज्ञानोदय प्रथम, डेल्टा इङलिस स्कुल दोस्रो र कसेनी मोडल इङलिस स्कुल तेस्रो भएका थिए । चित्रकलाको सिनियरतर्फ कसेनी मोडल इङलिस स्कुल प्रथ
सुनसरी / दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।
सुनसरी / ईटहरीका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् थारू कल्याणकारिणी सभा इटहरी - २० को आयोजनामा ईटहरी उपमहानगरपालिका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् । हरेक वर्षझै यस वर्ष पनि थारु कला, संस्कृती, भेषभुषा तथा थारुहरुको पहिचानको जर्गेणा गर्दै साँस्कृतिक मनोरञ्जनका साथ “एक दिवसीय जितिया पर्व महोत्सव" मनाइको हो ।“थारु सब के शान, आपन संस्कृति के पहिचान”भन्ने नारा रहेको थियोे । सह-आयोजकमा थारू महिला सभा इटहरी-२० , इटहरी उपमहानगरपालिका रहेको थियोे ।
सुनसरी / खोटाङ आएका नेपालसहित १४ देशका ३७ जना कलाकारहरुले जिल्लाका महत्वपुर्ण स्थानहरुलाई क्यानभासमा उतार्न सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागि कलाकार एवं चित्रकारहरुले चित्र कोर्न सुरु गरेका हुन् ।चित्रकारहरु बिहिबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका - १२ जालपा पुगेका थिए | जालपाबाट उनिहरुले औपचारिकरुपमा लाइभ चित्र कोर्न सुरु गरेका छन् । २१ असोजसम्म सञ्चालन हुने कार्यक्रममा चित्रकारहरु जिल्लाका विभिन्न ठाउँमा पुगेर धार्मिक, साँस्कृति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.