सुनसरी / ईटहरी उपमहानगरपालिका वडा नम्बर १७ का इटहरीका प्रथम जाति थारू समुदायको जितिया पर्व मनाइका छन्
थारू कल्याणकारिणी सभा इटहरी - १७ को आयोजनामा ईटहरी उपमहानगरपालिका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् । हरेक वर्षझै यस वर्ष पनि थारु कला, संस्कृती, भेषभुषा तथा थारुहरुको पहिचानको जर्गेणा गर्दै साँस्कृतिक मनोरञ्जनका साथ जितिया पर्व मनाइको हो ।
कार्यक्रमका वक्ताहरुले जातिय भेषभुषा, कला संस्कृति संरक्षणका जोड दिएका थिए । थारु समुदायका महिलाहरुले सन्तानको दिघार्यु सुख शान्तिको कामना गर्दै जितमहानको निरहार व्रत बसेर जितिया पर्व मनाउने चलन रहेको छ । सो कार्यक्रममा सांस्कृतिक कार्यक्रम , सम्मान कार्यक्रम समेत गरिएको थियोे ।
इटहरी उपमहानगरपालिकाका उप-प्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथि रहेको थियोे । विशिष्ट अतिथिमा इटहरी वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्य , इटहरी वडा नम्बर १७ का वडा अध्यक्ष तेज नारायण चौधरी , इटहरी उपमहानगरपालिकाका पुर्व नगर प्रमुख द्वारिकलाल चौधरी ,अतिथिमा राम कुमार चौधरी , इटहरी १७ का पुर्व वडा सदस्य जीवन राई , विभिन्न संघसंस्थाका प्रतिनिधि , स्थानीय थारू जातीहरू लगाएतको उपस्थिति रहेको थियोे ।


