सुनसरी / खोटाङ आएका नेपालसहित १४ देशका ३७ जना कलाकारहरुले जिल्लाका महत्वपुर्ण स्थानहरुलाई क्यानभासमा उतार्न सुरु गरेका छन् । 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागि कलाकार एवं चित्रकारहरुले चित्र कोर्न सुरु गरेका हुन् ।


चित्रकारहरु बिहिबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका - १२ जालपा पुगेका थिए | जालपाबाट उनिहरुले औपचारिकरुपमा लाइभ चित्र कोर्न सुरु गरेका छन् । २१ असोजसम्म सञ्चालन हुने कार्यक्रममा चित्रकारहरु जिल्लाका विभिन्न ठाउँमा पुगेर धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने कार्यक्रम रहेको छ ।1696599216113

1696599225572

बिहिबार (आज) जापासँगै खानीडाँडा विमानस्थलसम्म चित्रकारहरु पुगेका थिए । शुक्रबार बिहान मझुवागढी डाँडामा गएर अवलोकनसँगै चित्र कोर्ने कार्यक्रम रहेको छ । शुक्रबार दिउँसो दिक्तेल बजारको विभिन्न ठाउँमा लाइभ चित्र कोर्ने कार्यक्रम रहेको छ ।


जिल्ला आएका कलाकारहरुलाई बुधबार भब्य स्वागत गरिएको थियो । १४ वटै देशको झण्डा फहराएर, जिल्लाका विभिन्न जातजातीको नाँच देखाएर एवं खानेकुरा खुवाएर कलाकारहरुलाई स्वागत गरिएको हो ।

1696592944-CRK7V 1

जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।


खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोंच, लेकबेंसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको मेयर भट्टराईको भनाइ छ ।169659920302616965991996611696599209697