सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थित ढिकझोडामा शुक्रबार बेलुका ४ बजे कोसी ग्याँस बिस्फोट हुँदा लाखौंको क्षति भएको छ ।स्थानीय साबित्रा पौडेलले चिया पकाउने क्रममा ग्याँस चुलो बाल्दा अचानक सिलिन्डर ग्याँस बाट आगो निस्किए पछि घर सहित धनमाल जलेर नष्ट भएको थियो भने आमाले छोरीलाई बचाउने क्रममा छोरी र आमा दुबै घाइते भएका छन् ।उनीहरुको हात खुट्टा र अनुहारमा चोट लागेको छ । घर भित्र भएको लत्ताकपडा खाद्यान्न गरगहना नगद पैसा लगायत घर सहित सम्पूर्ण सामाग्री नस्ट भएको स्थानीयहरुले बताएका छन् । घटनाको पुर्ण विवरण आउन बाकि रहेको छ ।
भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर - २ छिनामखुमा छिनामखु कप प्रथम संस्करण खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता हिजो शनिबार बाट सुरु भएको छ ।कात्तिक ११ गते देखि १७ गते सम्म खेल सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिताको उद्घाटन टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले गरेका छन् । अध्यक्ष बस्नेतले रेफ्रीलाई फुटबल प्रदान गरी खेलको उद्घाटन गरेका थिए ।छिनामखु युवा समाजको आयोजनामा भएको उक्त फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ टिम सहभागी रहेका छन् भने महिला तर्फ ४ टिम सहभागी भएका छन् ।उक्त फुटवल प्रतियोगिता छिनामखुमा रहेको कुलुङ सामुदायिक खेलकुद मैदानमा भईरहेको छ । उक्त प्रतियोग
झापा / झापाको गौरीगञ्ज गाउँपालिका -५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।शुक्रबार साँझ ७ बजेतिर दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय कैलाशप्रसाद ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सो क्रममा ६३६४ नम्बरको मोटरसाइकल चालक ताजपुरियाको मृत्यु भएको थियोे ।उनलाई दमकको निम्स हस्पिटलमा उपचारको लागि ल्याइएको थियो ,अस्पताल ल्याउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेको कोशी प्
सोलुखुम्बु / सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ पेल्माङस्थित ५० वर्षीय सितलबहादुर राईको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् ।शुक्रबार राति सवा १० बजे मादक पदार्थ सेवन गरेर विवाद हुँदा भएको झगडामा घाइते भएका सितलबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा अन्य कानूनी प्रकृया भइरहेको छ ।पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।
धनकुटाको पाख्रीवास नगरपालिकाको वडा नम्बर- ४ मा सरकारी ७ रोपनी र व्यक्तिले प्रदान गरेको ४ रोपनी गरी जम्मा ११ रोपनी जग्गा क्षेत्रफलमा बन्दै गरेको बसपार्क ।
सुनसरी / अवैध रुपमा सुनसरी लैजाँदै गरेको करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको कुर्ता सलवार सशस्त्र प्रहरी बलको मोरङ टोलीले बरामद गरेको छ ।बिहीबार बेलुका विशेष सूचनाका आधारमा विराटनगरको कञ्चनवारी चौकबाट प्र १–०४–००१ च ०११० नम्बरको बलेरो पिकअपसहित ८३४ थान कुर्ता सलवार बरामद गरिएकाे सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए ।थापाले १६ पोका बनाएर कुर्ता सलवार सुनसरीको इटहरी लैजाँदै गर्दा कञ्चनबारीबाट बरामद भएको जानकारी दिए । उनले करिब १५ लाख रुपैयाँ बराबरको गाडीसहित ७ लाख ५० हजार ६ सय रुपैयाँको कपडा गरेर कुल २२ लाख ५० हजार ६ सय रुपैयाको समान बरामद भएको बताए । यसक्रममा सशस्त्
दुहबी / सुनसरीको दुहवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।सुनसरीको दुहवी नगरपालिका वडा नम्बर - ११ भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ४प ९१७८ नम्बरको १२५ सिसीको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प १७५८ नम्बरको १२५ सिसीको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । दुर्घटना हुँदा को ४ प ९१७८ नम्बरको चालक दुहबी - न.पा. ११ बस्ने वर्ष ५० को अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । को २४प १७५८ नम्बरको मोटरसाइकल चालक देवानगंज नगरपालिका -२ बस्ने वर्ष २९ को नजामुदीन मियाँ सामान्य घाइत
सुन्दरहरैंचा / मोरङकाे सुन्दरहरैंचा नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वकाे टाेलीले शुक्रबार राति सुन्दरहरैंचा नगरपालिका १० विराटचौक स्थित सुशील कुमार काफ्लेको घरमा छापा हानेकाे थियाे ।जुवाजन्य खलिरहेको अवस्थामा ३ बुक ताससहित ३७ वर्षीय सुशील काफ्ले, ३० वर्षीय सुमन ढकाल, ३४ वर्षीय कृष्णबहादुर कार्की, ३७ वर्षीय भीम कार्की , ४८ वर्षीय सरोज न्यौपाने र केराबारी गाँउपालिकाका ३८ वर्षीय गोविन्द बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।काफ्लेको घरकाे द
काठमाडौं / मुगुस्थित एक गाँउमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । छाँयानाथ रारा नगरपालिका वडा नम्बर- ६ मन्दु गाउकी २६ वर्षिया श्रीदेवि बोहोरा र उनका ११ वर्षिय छोरा मनोज बोहोरा, एक वर्षिया छोरा रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार शुक्रवार विहान ११ बजे खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ थापाको नेतृत्वमा प्रहरी पुगेको थियो ।प्रारम्भिक अनुसन्धान अनुसार मृतक आमा श्री देवि बोहोरा छोरा छोरी सहित ७ गते विहान दशै टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८
मोरङ / मोरङको पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेटको चौथो संस्करण शुकबारबाट सुरु भएको छ ।उदघाटन खेलमा साबिक बिजेता सात बाघ रोयल किङ्ग्ससँग ३४ रनले पराजित भएको छ । टस हारेर ब्याटिङमा उत्रिएको रोयल किङ्सले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । रोयलका लागि शिवम यादबले नट आउट ३७ बनाउँदा महेश कार्कीले २७ रन बनाए । यस्तै संन्जय प्याक्राले १७ रन बनाए । सातबाघ लागि फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ बिकेट लिए ।१३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको सात बाघ १७ ओभर ५ बलमा अल आउट हुँदै १०० रनमा समेटियो । सातबाघका लागि फिर्दोस अन्सारीले २६, अस्विन महतले २५ र पुकार राईले १७ रन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.