झापा / झापाको गौरीगञ्ज गाउँपालिका -५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ बजेतिर दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय कैलाशप्रसाद ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को  २८ प ३०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सो क्रममा ६३६४ नम्बरको मोटरसाइकल चालक ताजपुरियाको मृत्यु भएको थियोे ।

उनलाई दमकको निम्स हस्पिटलमा उपचारको लागि ल्याइएको थियो ,अस्पताल ल्याउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक ३२ वर्षीय तुलसी ताजपुरिया सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।